• सञ्जय मित्र

हो, अयोध्या तीनपटक पुगेको छु । अहिले चर्चाको उत्कर्षमा रहेको भारतको उत्तर प्रदेशको अयोध्या भूमिमा सौभाग्यले तीनपटक पदार्पण गर्ने अवसर प्राप्त गरेको छु ।

अयोध्या जानकै लागि भने त्यहाँ पुगेको होइन । भन्नुको तात्पर्य अयोध्या जाने भनेर घरबाट हिंडेको होइन, तर अयोध्या पुगेको भने अवश्य छु । तीनैपटक यस्तो संयोग भयो कि फर्कने बेला अयोध्या नगरीमा प्रवेश गरेको छु ।

अहिले तिथिमिति सम्झना भएन, पहिलोपटक अयोध्या पुग्दाको । साउन महीना थियो, कम्तीमा दश वर्ष पहिलेको । त्यत्ति बेला अयोध्याको नाम उत्तर प्रदेशकै धेरैलाई सोध्दा बताउँदैनथे ।

हाम्रो टोली भारतको झारखण्ड प्रदेशमा रहेको बाबाधाम दर्शनपछि बासुकीनाथको दर्शन गरेर बनारस जाने योजनामा थियो । पहिलोचोटी बनारस पुग्दा नै लागिरहेको थियो कि अत्यन्तै पवित्र भूमिमा आएका छौं । साँच्ची, बनारसको त्यो गल्ली र त्यहाँबाट अयोध्या हुँदै फर्किने कुरा ज्यादै कठिन थियो । बनारसमा भगवान् विश्वनाथको दर्शन गर्न गएको गल्ली अब इतिहास भइसकेको छ । यसपटक बनारस पुग्दा पहिलेको बनारसले रूप बदलिसकेको रहेछ ।

पहिलोचोटी बनारसबाट अयोध्या जाँदा बनारसमा नै धार्मिक प्रकृतिका मानिसहरूबाट अयोध्या कता पर्छ र कसरी जानुपर्छ भन्ने जानकारी लिएका थियौं । कतिपयले सुझाव दिएका थिए – यहाँबाट अयोध्या होइन, फैजाबाद सोध्दै जानू, अयोध्या पुगिन्छ ।

हाम्रो राम र अयोध्याबारे यत्तिको धेरै सम्मान छ, तर अयोध्याको नाम पनि लिन नचाहने वा अयोध्या भन्ने शब्द नै बिसाउनेगरी नामोच्चारण गर्ने सन्दर्भमा हाम्रो टोलीबीच लामै छलफल चलेको थियो । कसरी अयोध्यालाई फैजाबाद भनेर बोलाउने ? यात्राको क्रममा हुने सानोतिनो विश्राम र अन्य मानिसहरूसितको सोधखोजको क्रममा यथार्थहरू जानकारी हुँदै गए ।

फैजाबाद जिल्लाको नाम थियो । फैजाबादको एउटा सानो बस्ती थियो अयोध्या । हाम्रो पुण्य तीर्थभूमि अयोध्याको भूमिमा दिउँसो टेक्न पाउँदा साँच्चीकै श्रद्धाले त्यहाँको माटोको स्पर्श–वन्दना गरेको थिएँ । त्यस वन्दनास्पर्शमा मेरो असीम श्रद्धा थियो । मैले आपूmलाई धन्य ठानेको थिएँ ।
भत्काइएका भग्नावशेषहरू हेर्दै भगवान् रामलाई जुन टेन्टमा राखिएको थियो, त्यसको निकै परबाट दर्शन गर्न पाइएको थियो । दर्शनले मनमा अनन्त आनन्दको अनुभूति भएको थियो र साँच्चीकै गर्वको अपूर्व अनुभूति पनि । अनि, एउटा क्षोभ पनि । आप्mनो आराध्य आस्थालाई निकै धेरै घेराबन्दीमा राखिएको थियो । जहाँ डर थियो सर्वत्र व्याप्त । फेरि, अपरिचयको अँध्यारो थियो, निकै टाढासम्म विस्तार भएको ।

दोस्रोपटक त परार नै हो । परार साल हाम्रो लक्ष्य थियो दिल्लीसम्म पुग्ने । बाबाधामबाट आगरासम्म पुग्दा विद्यालय खुलेको खबर पाइहाल्यौं अनि दिल्ली जाने बाटो रोकियो । विद्यालय खुल्ने खबरसे यात्रालाई आगराबाटै फिर्ता लिएर आउनुप¥यो । दिल्ली पुग्ने लक्ष्य चुम्न नसकेपछि फर्कंदा उत्तर प्रदेशको राजधानी लखनऊमा एक रात नबाब बनेर बस्यौं । रेलवे स्टेशनको छेउमा रातको बसाइ खासै सम्झनालायक हुन सकेन । त्यहाँको खानाले चित्त बुझाउने काम मात्र ग¥यो । म त शाकाहारी खाना खाएको थिएँ र यस्तो यात्रामा यस्तै शाकाहारी खाँदै आएको पनि छु । कतिपय साथीहरूलाई मेरो शाकाहारी खाना देखेर माछाहारी बन्न मन लागेछ । उनीहरू झन् बढी पछुतो माने । बिहान एक छिन लखनऊ रेलवे स्टेशन अनि मेट्रो स्टेशन डुल्न पाउँदा कुनै ठाउँ डुलेको अनुभूति भयो । वास्तवमा मेट्रोमा भएको लगानी र त्यसको व्यवस्थापन देखेर हामी आप्mनो ठाउँबाट अझै कल्पना गर्न नसकिने रहेछ भन्ने लागेको थियो । वास्तवमैं दुर्ई तल्ले मेट्रो स्टेशन अद्भूत थियो । आकाशे पुल, आकाशे स्टेशन र आकाशे सडकको विशाल सञ्जाल रहेको छ लखनऊ ।

त्यहाँको सुरक्षा व्यवस्था अत्यन्त कडा थियो । जताततै प्रहरी । प्रहरीको निकै बाक्लो उपस्थितिले सडक यात्रालाई केही असहज बनाएको थियो । बिस्तारै थाहा भयो – भारतका सम्मानित राष्ट्रपति लखनऊ आएका रहेछन् ।

लखनऊमा धेरै डुल्न पाएनौं । यताको लागि हतार भइसकेको थियो । हतारले गर्दा, फर्किने यात्रालाई गति दियौं । अयोध्या भएरै फर्किने सल्लाह भयो । कुद्यौं अयोध्यातिर । एक ठाउँमा खाना पकायौं बाटोमा । भोजनले तृप्ति दिएपछि अयोध्यातिर रमाना भयौं । अयोध्या पुग्दा लाग्यो – अयोध्या नाकाबन्दीमा परेको छ । जुन बाटो भएर पस्न खोज्दा पनि रोक्ने । बहुत गज्जब लाग्यो – रोकिरहेछ किन ? अनि एक सुरक्षाकर्मीबाट थाहा भयो – सम्मानीय राष्ट्रपति अयोध्या आइपुगेका रहेछन् । लखनऊमा हुँदा नै जानकारी प्राप्त भइसकेको थियो– भारतका राष्ट्रपति अयोध्या दर्शनमा जाँदैछन् । तर यसरी हामी आइपुग्नुभन्दा पहिले नै अयोध्या करीब नाकाबन्दीको अवस्थामा होला भन्ने कल्पनासम्म गर्न सकेका थिएनौं । अयोध्या नगरीमा भित्र पस्न नपाएपछि फक्र्यौं ।

तेस्रो अयोध्या यात्रा गत साउनको हो । यसपटक, बाबाधामबाट उज्जैन जानु थियो । मध्यप्रदेशको प्रसिद्ध नगरी उज्जैनमा दर्शन गरी अयोध्या दर्शन गर्न आइपुगेको दिन भने ३ अगस्त २०२३ अर्थात् १८ साउन २०८० हो । यस दिन दिउँसो हामी अयोध्या पुग्यौं र केही घण्टापछि गोरखपुरतिर प्रस्थान ग-यौं ।

अयोध्या पुगेपछि सधैं त्यहाँका लोकल टुरिस्ट गाइडले सताउने गरेका छन् । जसबाट हामी जोगिन चाहन्छौँ, तिनीहरूले नै सताउने गरेका छन् । यसपटक पनि त्यहीं भयो तर उनीहरूले अपेक्षा गरेजस्तो केही पनि पाएनन् । बरु तिनीहरूले दुःख पाए ।

साँच्चीकै यसपटक अयोध्यामा धेरै परिवर्तन भइसकेको छ । जसरी केही वर्षमा बनारस बदलिइसकेको अनुभूति हुन्छ, त्यसभन्दा पनि बदलिएको अनुभव अयोध्यामा हुन्छ । गत साउनमा पुग्दा अयोध्यामा जताततै केवल निर्माण भइरहेको थियो । यदि नकारात्मक दृष्टि दिने हो भने सबैतिर सडक तोडिएको, भवन भत्काइएको र स्वाभाविकताको क्रमभङ्ग देख्न सकिन्थ्यो तर वास्तवमा निर्माण भनेको निर्माण नै हो । निर्माणको बेला केही स्वाभाविक कठिनाइ हुने गर्छ । त्यो भयो, तर निर्माणको स्वाभाविक कठिनताले मनभित्रै उत्साह र आनन्द दिंदोरहेछ ।

राम मन्दिर जाने मूल बाटो चिन्नै नसकिनेगरी परिवर्तन भइसकेको रहेछ । निकै फराकिलो र दुर्ईतर्फी दुर्ई बाटो भएको । पर्याप्त मात्रामा पैदल हिंड्न सकिने मार्ग पनि । अत्यन्त आकर्षक किसिमले सजाइँदै थियो । मुख्य मार्गसित जोडिएको राम मन्दिरको मार्ग करीब अन्तिम चरणमा थियो निर्माणको । यसै गरी मुख्य मार्ग चाहिं पूरै भत्काएर निर्माण भइरहेको थियो, फराकिलो । अन्य मार्गहरूमा पनि विस्तारको विशाल साम्राज्य कायम भइरहेको थियो । नगर भित्रका जुन पहिले कुनै न कुनै मन्दिर जाने मार्गमा थिए । कता कता घुमेर यो गल्ली हुँदै अर्को साँघुरो गल्लीमा प्रवेश गर्नुपथ्र्यो, ती सबै गल्लीहरू वास्तवमा हराइसकेका थिए । गल्लीको ठाउँमा फराकिलो दुर्ईतर्फी गाडी चल्ने मार्ग आइसकेका थिए । कस्तो गज्जब परिवर्तन मार्गहरूमा ।

पहिले देखिसकेको, भोगिसकेको र घुमिसकेको अयोध्या नगरी नै होइन जस्तो लाग्ने । ती मन्दिर तथा सार्वजनिक भवनहरूमा पुग्दा मात्र ओहो, आल्हादित पार्ने अनुभूति हुन्थ्यो । साँच्चै पहिले पुग्दा जुन लघुताभास भएको थियो, अहिलेसम्मको अन्तिमपटक गत साउनमा जसरी पुगियो, लाग्दथ्यो, अयोध्या पूरै बदलिंदैछ । शायद पाँच छ महीनाको यो अवधिमा अयोध्या कुनै दुलहीभन्दा पनि बढी सिंगारिएको होला ।

पहिलोचोटी अयोध्या पुग्दा कतिपयमा अदम्य साहस देखेका थियौं । जसरी पनि राम मन्दिर बन्नेमा अकल्पनीय विश्वास देखिएको थियो । त्यहाँ राम मन्दिरको निर्माणको लागि तयारी चलिरहेको थियो । ढुङ्गामा कुँद्ने काम भइरहेको थियो । साँच्चीकै त्यहाँका धेरै मानिसलाई यो विश्वास थियो कि राम मन्दिरसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन नभएको भए बनाइसक्ने थियौं । सुन्दा त विश्वास लागिरहेको थिएन, केवल तिनीहरूको बोलीमा देखिएको पूर्ण विश्वासप्रति श्रद्धा उम्रन्थ्यो ।

यसपटक जब साउनमा अयोध्या पुग्यौं र केही घण्टामैं अयोध्याको दर्शन ग-यौं । राम मन्दिर कार्यशाली घुम्यौं । राम मन्दिर निर्माण भइरहेको आप्mनै आँखाले देख्यौं । लाग्यो, हामी मन्दिरको इतिहास निर्माणको साँच्चीकै साक्ष्य बन्ने सौभाग्य पाएका छौं । बिरानो भग्नावशेष देख्ने र भव्य भवन निर्माण भइरहेको देख्ने हाम्रो मनभित्र मन्दिर निर्माणपछि पनि दर्शन गर्ने परिक्ल्पना उम्रिनु अत्यन्त स्वाभाविक छ । कैयौं पुस्ताले देख्न नपाएको राम मन्दिरको प्राण प्रतिष्ठा पनि देख्न पाउने छौं । यसपटक, पहिलोचोटीको लघुताभासको ठाउँमा बाटोमा खासै सोध्नै नपर्नेगरी गर्वबोध भरिएको पाइएको थियो । पहिले जुन जिल्लाको नाम फैजाबाद थियो, अब जिल्लाको नाम नै अयोध्या भइसकेको छ । हृदयमा गुमनाम अयोध्याको पुनरोदयको जुन सदीच्छा थियो त्यो हेर्दाहेर्दै पूरा हुँदैछ । अयोध्याको कायापलट भइरहँदा यस्तो अनुभूति हुन्छ – यस युगको दर्शन गर्न पाउनेहरू पनि धन्य छन् ।

तेस्रोपटक, अयोध्यामा राम दर्शनपछि हामी गोरखपुरमा आएर वास बस्यौं तर बाटोमा भने बदलिएको र अझ तीव्र गतिमा बदलिंदै गरेको अयोध्याको चर्चाले भने हाम्रो यात्रामा ठाउँ लिइरह्यो । अझै पनि, अयोध्याको सन्दर्भ आउनासाथ हामी सगर्व भन्ने गर्दछौं – हामी पनि साक्षी छौं, विकासको यस उत्कर्षको ।

मित्रनगर, गरूडा ४, रौतहट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here