कोरोना महामारीपछि मानिसको दिनचर्यामा परिवर्तन भएको छ । घर र कार्यालयको काममा सन्तुलन नहुँदा धेरैजना तनावमा रहेका छन्् तसर्थ कार्यालयको तनाव कम गर्नको लागि केही उपायहरू अवलम्बन गर्नुपर्छ ।

आफ्नो सीमा सुदृढ गरौंः वाशिंगटन पोस्टको रिपोर्ट अनुसार पछिल्लो २३ सालदेखि कोरोना महामारीले मानिसको निजी जीवन र कार्यालयको कामको बीच तालमेल मिलेको छैन । अमेरिकी कम्पनी वेबएक्सका भाइस प्रेसिडेन्ट जोनो लुक भन्छन्– अब समय आइसकेको छ, तपाईलें आप्mनो सीमा पुनः सुदृढ गर्नुपर्छ । अफिसमा आप्mनो लक्ष्य र यसको सीमालाई रिसेड्युल गरौं । यसका लागि तालिका बनाऔं र कार्यालयको कामप्रति समर्पणको भावना देखाऔं । तालिका निर्धारित गर्नाले कामको लक्ष्य र सीमा दुवै प्रभावकारी साबित हुन सक्छ ।

स्पष्ट लक्ष्य– टेक कम्पनी मिसिंकाना सिइओ अखिला सतिश भन्छिन् – कामप्रति तपाईंको लक्ष्य स्पष्ट हुनुपर्छ । यसको एउटा तरीका यो पनि हो कि तपाईंले अहिलेसम्म के हासिल गर्नुभयो र भविष्यमा तपाईं के हासिल गर्न चाहनुहुन्छ ? यसको स्पष्ट खाका बनाउनुस् । त्यसपछि यस लक्ष्यलाई कम समयमा प्राप्त गर्नको लागि स्पष्ट योजना बनाउनुस् । फिडब्याक निकै जरूरी हुन्छ । फिडब्याकप्रति तपाईं अरूको सहयोग पनि लिन सक्नुहुन्छ ।

स्पष्ट प्राथमिकता– कार्निजी मेलोन युनिभर्सिटीकी डिन प्रोफेसर अनिता विलियम वुली भन्छिन् – जुन कुरा तत्काल जरूरी छ, जरूरी छैन वा त्यो महŒवपूर्ण पनि हुन सक्छ । यद्यपि यो काम पनि जरूरी छ तर यसको मतलब यो होइन कि आप्mनो प्राथमिकतालाई बेवास्ता गरौं । कामको क्रममा थुप्रै यस्ता तात्कालिक जरूरी काम आउँछन्, जसलाई गर्न जरूरी हुन्छ । तर आप्mनो प्राथमिकता अलग पनि हुन सक्छ जसले तपाईंको लक्ष्य निर्धारित गर्छ । यसै कारण आप्mनो प्राथमिकतालाई हरेक दिन आँकलन गरौं । एउटा कुरा ध्यान दिनुपर्छ कि यस्तो काम आइरहन्छ तर यस्ता गैरमहŒवपूर्ण जरूरी कामको चक्करमा आप्mनो प्राथमिकतालाई नबिर्सौं ।

लक्ष्य सम्प्रेषण आवश्यकः आप्mनो प्रतिबद्धता र लक्ष्यको सम्प्रेषण जरूरी छ । तपाईंले जुन कामको लागि लक्ष्य बनाउनुभएको छ त्यो विचारलाई अरूसँग साझा गर्दा तपाईंको टिमलाई फाइदा पुग्न सक्छ । यदि तपाईं आप्mनो लक्ष्यलाई सार्वजनिकरूपले साझा गरिसक्नुभएको छ भने यसलाई पूरा गर्न रुचि र उत्सुकता दुवै बढ्ने छ ।

आफ्नो कामको आकलन गरौंः सदैव क्यालेन्डर हेरौं र कुन दिन तपाईंले उत्कृष्ट काम गर्नुभएको छ र कुन दिन औसत काम गर्नुभएको छ यी कामलाई इमानदारीपूर्वक आकलन गरौं । यस आकलनपछि तपाईंले योजनाको कामलाई राम्ररी र सही ढङ्गले गर्न सक्नुहुन्छ । तपाईंले यो पनि हेर्नुपर्छ क्यालेन्डरमा कुनै महŒवपूर्ण कामलाई पछाडि त छाड्नुभएको छैन । यस प्राथमिकताको आधारमा पूरा गर्ने लक्ष्य बनाऔ ।

हरेक प्रकारको कामलाई प्राथमिकता दिऔं : सातामा १६८ घण्टा हुन्छ । यस समयलाई आप्mनो हिसाबले विभाजित गरौं । यसलाई मुख्य छ भागमा बाँड्न सकिन्छ । करियर र आपूmलाई एजुकेट, परिवार र मित्र, आध्यात्मिक र धार्मिक दृष्टिकोण, स्वास्थ्य, मनोरञ्जन र सामाजिक जिम्मेवारी । अब विचार गरौं कि कुन कामलाई कति घण्टा दिनुपर्छ । यद्यपि हामी मल्टिटास्किड्ढो जमानामा छौं, यसप्रकार हरेक काम प्राथमिकतामा आउनुपर्छ ।

डिजिलट उपकरणको लाभः आजको युग डिजिटल हो । तर यसबाट लाभ उठाउने समय हो । डिजिटल टुलबाट प्रभावकारी तरीकाले जानकार हुनुपर्छ । कार्यालय सम्बन्धित हरेक कुरा तपाईको इनबक्समा उपलब्ध हुन्छ यसलाई बेवास्ता नगरांैं । आप्mनो प्रोजेक्टमाथि काम गर्नको लागि डिटिजल टुलको प्रबन्धन आवश्यक छ । यी संसाधन साझा गर्ने र यसको सीमा निर्धारित गर्न पनि जरुरी हुन्छ । स्क्रिन टाइमलाई पनि फिक्स गरौं । अनावश्यक एपमाथि समय र दिमाग खर्चेर पंगु नबनाऔं ।

आराम र बिदाः कार्यालयको काममा अल्झिनु राम्रो कुरा हो तर यसको साथै मानसिक स्वास्थ्यको लागि बिदा पनि निकै जरूरी हुन्छ । क्यालेन्डर हेरौं र कार्यालयमा कम व्यस्त समयमा बिदाको क्यालेन्डर तय गरौं । योजनाको साथ बिदा मनाउँदा दिमाग तरोताजा हुन्छ । जहाँ जान मन लाग्छ त्यहाँ जाऔं । बिदा बस्दा जोश, जाँगर र उमङ्ग पनि बढ्छ ।

आफ्नो बायोडाटा अपडेट गरौंः कार्यालयमा डेडिकेशनको साथ काम गर्नु राम्रो कुरा हो तर नयाँ वर्षमा आप्mनो बायोडाटालाई पनि अपडेट गरौं । किनभने कुन बेला बायोडाटाको आवश्यकता पर्छ थाहा छैन । – प्रतीक डेस्क

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here