प्रस, वीरगंज, १६ पुस/
वडा प्रहरी कार्यालय, बिर्ताले सोमवार मातहतका चौकीहरूलाई आगो नियन्त्रक मेशीन वितरण गरेको छ । वप्रका, बिर्ताका प्रमुख एवं प्रहरी निरीक्षक पुष्कर बोगटीले वारुणयन्त्र पुग्नुअघि सानातिना आगलागीका घटनामा प्रयोग हुने र प्रहरी सङ्गठनले यही वर्षभित्र सबै चौकीमा आगो नियन्त्रणमा प्रयोग हुने अग्नि नियन्त्रण मेशीनको व्यवस्था गरिसक्ने नीतिअनुरूप मातहतका चौकीहरूमा सो सामग्री उपलब्ध गराइएको बताए । वप्रका, बिर्ता मातहत छपकैया, इनर्वा, आदर्शनगर, गणेशटोल, घण्टाघर, नगवा र ग्रीन सिटी आदि पर्छन् ।
प्रनि बोगटीले वडा प्रहरी कार्यालयमा १३ वटा सिसिटिभी क्यामरा जडान गर्नुका साथै थुनुवाहरूको लागि लाइब्रेरीको पनि व्यवस्था गरिएको बताए ।