प्रस, वीरगंज, १६ पुस/
लायन्स क्लब अफ काठमाडांै सुनाखरीको सहयोगमा लायन्स क्लब अफ वीरगंजले बहुदरमाई नगरपालिकाको नेरामावि विश्रामपुरमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग र शैक्षिक सामग्री सहयोग गरेको छ ।
लायन्स क्लब अफ वीरगंजका राधेश्याम खेतानले करीब ८० हजार मूल्य बराबरका ब्याग र शैक्षिक सामग्री १२५ जना विद्यार्थीलाई डिस्ट्रिक गभर्नर विनय बस्नेतले वितरण गरेको बताए ।
कार्यक्रममा सामाजिक कार्यकता प्रकाश थारूलगायत लायन्सका दिपेन यादव, विनीत जयसवाल, विजय गुप्ता, राधा तामाङलगायतको सहभागिता थियो ।