कल्पना गरौं तपाईं यस्तो ठाउँमा हुनुहुन्छ जहाँको तापमान शून्य डिग्रीभन्दा पनि तल छ । महीनौंसम्म बिहान हुँदैन र तपाईंले प्रकाशको अनुहार पनि देख्न पाउनुहुँदैन । यस्तो सोच्दा पनि डर लाग्छ । तर स्वीडेनको एउटा सानो गाउँँ एबिस्कोमा यस्तै हुन्छ ।

उत्तरी स्वीडेनमा रहेको यो गाउँँ आर्कटिक सर्किलभन्दा लगभग २०० किलोमिटर उत्तरमा छ । यहाँ मानिस शून्य डिग्री तापमानमा लामो समयसम्म अध्यँरोमा बस्दै आएका छन्, जहाँ महीनौंसम्म सूर्य देखा पर्दैन । एबिस्कोमा जाडो सबै मौसमभन्दा लामो हुन्छ । यहाँ अक्टोबरदेखि सूर्य देखिन छाड्छ । अघिल्लो चार महीना यही हाल रहन्छ । त्यसपछि फेब्रअरीमा सूर्य पुनः देखिन्छ । यहाँ बस्ने मानिसको जिन्दगीमा यसको धेरै असर पर्छ । उनीहरूको व्यवहार र ऊर्जाको स्तर पनि यसको असरले प्रभावित हुन्छ ।  त्यहाँका मानिसलाई घरबाट बाहिर निस्कन मन लाग्दैन । 

सूर्यको किरण नहेर्दा हाम्रो शरीरमा कस्तो असर पर्छ ?

बिबिसीसँग कुराकानीको क्रममा स्टकहोम युनिभर्सिटीमा स्लिप रिसर्चर अर्नाे लोडेन भन्छन्– मनुष्य डायुरनल प्राणी हो । यसलाई सजिलो भाषामा भन्नुपर्दा जो दिनको समयमा अधिक सक्रिय र रातको समयमा धेरै सुत्ने गर्छ । उनी भन्छन्– हाम्रो शरीरको आफ्नै बडी–क्लक हुन्छ । हाम्रो शरीरलाई बाहिरी दुनियाँको लाइटको हिसाबले एडजस्ट हुन प्रतिदिन प्रकाश आवश्यक पर्दछ । मेलोटोनिन एक प्रकारको हार्माेन हो । जसलाई अँध्यारोको हार्माेन पनि भनिन्छ । यस हार्माेनको कारण नै हामीलाई निद्रा लाग्छ, निद्रा महसुस हुन्छ । सूर्यको प्रकाशले हाम्रो मस्तिष्कलाई मेलोटोनिनको उत्पादन रोक्न सन्देश पठाउँछ ।

रिसर्चर अर्नाे लोडेन भन्छन्– मेलोटोनिन साँझ ८ बजेतिर सक्रिय हुन्छ र आधा रात १ बजेतिर सुत्ने क्रममा चरममा रहन्छ । बिहान हुनेबित्तिकै सूर्यको किरणबाट यो हार्माेन बन्न बन्द हुन्छ र हाम्रो निद्रा पूरा हुन्छ ।  सूर्यको किरण नपाएपछि हाम्रो शरीरको भित्री बडी–क्लक प्रभावित हुन्छ र बाहिरी दुनियाँसँग तालमेल बिग्रिन्छ । 

सूर्यको किरण र डिप्रेशन ः द लाइटिङ रिसर्च सेन्टरकी मारियाना फिग्योरा भन्छिन्– धेरैजसो मानिस जाडोको लामो रात र छोटो दिनसँग एडजस्ट गर्न सक्दैनन् । यसको कारण बताउँदै उनी भन्छिन्– यसबारे धेरै थ्योरी दिइएको छ । एउटा यो पनि कि दिनको समयमा हाम्रो शरीरले पर्याप्त मात्रामा सनलाइट पाउँदैन । यसको कारण थुप्रैजना डिप्रेशनको शिकार हुन पुग्छन् ।  केही व्यक्तिलाई कार्बाेहाइड्रेटको बढी इच्छा हुन्छ र उनीहरूको वजन पनि बढ्छ । मारियानाका अनुसार यसलाई सिजनल इफेक्टिभ डिसअर्डर वा विन्टर ब्लुज भनिन्छ ।

दिल्लीस्थित म्याक्स सुपर स्पेसलिटीमा मेन्टल हेल्थ विभागका निर्देशक डा समीर मल्होत्रा भन्छन्–सूर्यको रोशनी निकै महत्वपूर्ण हुन्छ । हाम्रो ब्रेनभित्र एउटा भाग हुन्छ जसलाई हामी हाइपोथैलेमस भन्छौं । यो हाम्रो शरीरको भित्रको एउटा घडी हो जुन बाहिरको समयको साथ हाम्रो शरीरको समयलाई म्याच गराउँछ यदि बाहिर अँध्यारो धेरै छ भने हाम्रो आँखाको माध्यमबाट हामीले त्यति रोशनी पाउँदैनौं जति हामीले पाउनुपने हो । यस्तोमा मानिस जो निकै संवेदनशील छन् उनीहरूमा मूड डिसअर्डर हुने सम्भावना बढी हुन्छ । यसलाई सिजनल एफेक्टिभ डिसअर्डर नाम दिइएको छ । यसको मुख्य लक्षण भनेको मानिस उदास बस्ने, कुनै काममा मन नलाग्ने, जिन्दगी खुशी नरहने, भोक कम लाग्नेलगायत हो ।

किन हामीलाई चाहिन्छ सूर्यको किरण ? सूर्यको किरण नपाएपछि यसको असर हाम्रो शरीरमा निकै नराम्रो पर्छ । मेडिकल भाषामा यसलाई विन्टर ब्लुज भनिन्छ ।  विन्टर ब्लुजबाट बच्न प्रतिदिन कमसेकम २० मिनेट हाम्रो शरीर सूर्यको किरणको सम्पर्कमा आउनुपर्छ त्यो पनि बिहानको सूर्यको किरण नै चाहिन्छ । मारियाना भन्छिन् हामीले एक–दुर्ई घण्टा बाहिर निस्कनुपर्छ । यदि त्यो सम्भव छैन भने घरकै झ्याल अगाडि बस्नुपर्छ । त्यो पनि सम्भव भएन भने घरभित्र टेबल ल्याम्प बालेर बढीभन्दा बढी प्रकाशको प्रयोग गर्नुपर्छ ।

तर जुन ठाउँमा महीनौं सूर्य निस्कँदैन भने त्यहाँका मानिसले के गर्ने भन्ने प्रश्नमा उनी भन्छिन्– जति सम्भव हुन्छ कसरत गर्नुपर्छ, सन्तुलित आहार, पर्याप्त निद्रा लिनुपर्छ । यसका अलावा मेडिटेशन पनि गर्नुपर्छ । साधारणतया मानिसहरू जाडोमा पानी थोरै पिउने गर्छन् । तर पानी पर्याप्त पिउनुपर्छ । साथीहरूसँग समय बिताउनुपर्छ आफूले रुचाएको काम गर्नुपर्छ ।

स्कैन्डिनेवियन देशहरूमा यसको उपचार खोजिएको छ । त्यहाँका मानिसलाई लाइट थेरापी दिइन्छ । घरभित्र नै आर्टिफिसियल सनरूम बनाइएको हुन्छ । यसबाट मानिसलाई विन्टर ब्लुजसँग मुकाबला गर्न मदत पुग्छ । यद्यपि अहिलेसम्म यसको कुनै वैज्ञानिक आधार भने छैन कि लाइट थेरापी कति प्रभावकारी हुन्छ र शायद यसैले फेबु्रअरीमा जब पुनः घाम उदाउँछ तब स्वीडेनको एबिस्को गाउँँका मानिस पहाडमा पुगेर सूर्यको किरणको स्वागत गर्छन् र उत्सव मनाउँछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here