प्रायः हामी के देख्छौं भने जब मानिसहरू घर सफा गर्छन्, तिनीहरू सधैं भुइँ सफा गर्न डिटर्जेन्ट वा फ्लोर क्लिनर प्रयोग गर्छन् । धेरैपटक मिहिनेत गर्दा पनि भुइँ राम्ररी सफा नहुँदा पहेंलो रहन्छ र फोहोर पनि टाँसिन्छ । अब हामी घरमा रहेको फिटकीरीको टुक्रा प्रयोग गरेर घरमा लाखौं रुपैयाँ मूल्यका टायललाई उज्यालोझैं चम्किलो बनाउन सकिन्छ ।
फिटकीरीलाई धेरै तरीकाले प्रयोग गरिन्छ तर घरको भुइँ चम्काउन पनि फिटकीरी निकै प्रभावकारी मानिन्छ । फिटकीरीले भुइँ सफा गर्नको लागि सबैभन्दा पहिले एउटा भाँडोमा तातोपानी लिएर त्यस भाँडोमा फिटकीरीको सानो टुक्रा राख्नुपर्छ । यसलाई करीब २० मिनेट छोड्नुपर्छ र जब फिटकीरी पानीमा पूर्णरूपमा घुल्छ, तब यसलाई फोहोर भुइँमा खन्याउनुपर्छ । अब भुइँ ब्रसको सहायताले रगडेर सफा गर्नुपर्छ । यसो गर्नाले भुइँ नयाँ जस्तै चम्किलो र सफा हुनेछ ।
भुइँ वा टायलमा भएका जिद्दी दागहरू हटाउन फिटकीरी र कागतीको घोल पनि बनाउन सकिन्छ । यस उपायले भुइँ मात्र होइन, घरको ऐना पनि चम्काउन सकिन्छ । यसलाई बनाउनको लागि सबैभन्दा पहिले एउटा भाँडोमा तातोपानी लिएर त्यसमा फिटकीरीको सानो टुक्रा हालेर २० मिनेटसम्म छोड्नुपर्छ । त्यसपछि त्यसमा कागती मिसाउनुपर्छ र यो मिश्रणलाई ब्रशको मदतले रगडेर टायल सफा गर्नुपर्छ । यसबाट भुइँ पनि छिट्टै सफा हुन्छ । यसरी फिटकीरी प्रयोग गर्नाले हाम्रो घरको भुइँ एकदम सफा र नयाँजस्तो देखिन थाल्छ ।