चीसो मौसम आउने बित्तिकै मानिसहरूले स्वेटर र ज्याकेट निकाल्छन् तर दिमागमा सबैभन्दा पहिले थर्मोकोटको कुरा आउँछ । मानिसलाई चीसोबाट बचाउनको लागि थर्मोकोट धेरै सहयोगी हुन्छ तर मानिसले थर्मोकोटको सम्बन्धमा केही गलती गर्छन्, जसले स्वास्थ्यमा नराम्रो असर गर्न थाल्छ ।

आफ्नो थर्मोकोट समयसमयमा धुनुपर्छ अन्यथा यसले हाम्रो स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ ।

चीसो मौसममा आफ्नो थर्मोकोट सफा गर्न गलतीले पनि डिटर्जेन्टको प्रयोग गर्नुहुँदैन । थर्मोकोट जहिले पनि तरल डिटर्जेन्टले धुर्नपर्छ ।

मानिसहरूले थर्मोकोट धुँदा जोडजोडले रगड्छन्, तर थर्मोकोटलाई कहिल्यै पनि जोडले रगड्नुहुँदैन । हल्का हातले राम्ररी धुनुपर्छ ।

थर्मोकोट भण्डारण गर्दा सधैं राम्ररी फोल्ड गर्नुपर्छ, अन्यथा थर्मोकोटको आकारप्रकार बिग्रने र भुवा आउने हुन्छ । त्यसको रङ्ग पनि फिक्का हुन थाल्छ ।

थर्मोकोटलाई लामो समयसम्म भिजाएर राख्यौं भने, त्यसको शरीरलाई तातो पार्ने गुण कम हुन थाल्छ ।

चीसोबाट बच्नको लागि धेरै टाइट थर्मोकोट लगाउनुहुँदैन, अन्यथा सास फेर्न समस्या हुन सक्छ ।

चीसो शुरू हुने बित्तिकै मानिसहरू थर्मोकोट लगाउन थाल्छन् तर यस्तो गर्नुहुँदैन अन्यथा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । हल्का चिसोमा थर्मोकोट लगाउँदा छालामा दाग देखिन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here