•अनन्तकुमार लाल दास

अभिभावकमाथि बालबालिकालाई सुयोग्य बनाउने महŒवपूर्ण दायित्व रहेको छ र सबै अभिभावकको चाहना पनि उनीहरूको सन्तान सुयोग्य, संस्कारी र राम्रो बानीबेहोरा भएको होस् भन्ने हुन्छ । तर बालबालिकाहरूमा यस्तो गुण विकास गर्नु जटिल प्रक्रिया हो । यसको लागि अभिभावकहरूसँग, उनीहरूको तदनुरूप विकास गर्न विवेक र मनोवैज्ञानिक जानकारी हुनु आवश्यक हुन्छ । धेरैजसो अभिभावकहरू सन्तान जन्माउनु, पालन– पोषण गर्नु, विद्यालयमा पढ्न पठाउनु र पढ्ने व्यवस्था गरिदिनुलाई नै आप्mनो दायित्वको इतिश्री ठान्छन् । हुनत केटाकेटीहरूको विकासमा यसको पनि महŒवपूर्ण ठाउँ छ, तर यसबाट उनीहरूको चौतर्फी विकासको ढोका उघ्रँदैन । बालबालिकाहरूमा राम्रो बानीबेहोर र सद्गुण वृद्धि गरेर उनीहरूलाई सुयोग्य बनाउनु महŒवपूर्ण कुरा हो । यो असुरताबाट देवत्व उत्पन्न गर्ने र पशुताबाट मानवतामा परिवर्तन गर्ने प्रक्रिया हो ।

बालबालिकाहरूमा बढ्दो उच्छृङ्खलता, अनुशासनहीनता, स्वेच्छाचारिता तथा अन्य नराम्रो बानी बस्नुमा अभिभावकहरू नै जिम्मेवार हुन्छन् । अभिभावकको सामान्य गल्ती र भूलले गर्दा बालबालिकाहरूमा ठूलो समस्या र कैयन प्रकारका गलत बानी बस्न सक्छ । स्वयं अभिभावक पनि जसलाई सुधार ठान्छ, त्यो केटाकेटी बिग्रने कारण बन्न सक्छ, किनभने धेरैजसो अभिभावकहरू आप्mनो सन्तानलाई अनुशासन र आज्ञापालन सिकाउनका लागि सैन्य नियम पालन गर्ने गरेको देखिएका छन् । कुनै पनि कामको लागि उनीहरूलाई अधिकारपूर्ण निर्देशन दिन्छन् र यदि बालबालिकाहरूले टेरेनन् भने पिटाइ गर्नु, कराउनु र गाली दिन थाल्छन् । तर अभिभावकलाई के थाहा हुँदैन भने यसबाट उनीहरूमा विरोधी भावना र द्वेषबुद्धि बढ्छ ।

केटाकेटीहरूलाई कुनै पनि प्रकारको निर्देशन दिंदा के कुरा बुझ्नु आवश्यक छ भने केटाकेटीहरू त्यस बेला के गरिरहेका छन् ? उदाहरणका लागि यदि केटाकेटी खेलिरहेका छन्, एकाग्रताका साथ पढिरहेका छन् वा साथीहरूसँग रमाइरहेका छन् भने कुनै प्रकारको निर्देशन दिनु राम्रो हुँदैन । यदि उनीहरूका साथ जबर्दस्ती गरियो भने उनीहरू कराउन वा तपाईंसँग रिसाउन पनि सक्छन् र हरेक कुरामा आज्ञाहीनता र अनुशासनहीनताको परिचय दिन थाल्छन् । अनुशासन र आज्ञापालनसँग सम्बन्धित कुरामा स्वयं उनीहरूको राय लिनु पनि आवश्यक हुन्छ । यसबाट उनीहरू खुशीखुशी तपाईंको कुरा मान्न थाल्छन् । अर्थात् अनावश्यक उनीहरूसँग किचकिच गर्नुहुँदैन । केटाकेटीहरूमा भएको कुनै पनि बानी छुटाउनु सोझै निषेधात्मक आज्ञा नदिई उनीहरू सामु प्रस्ताव वा सल्लाहको रूपमा आप्mनो कुरा राख्नुपर्छ ।

धेरैजसो अभिभावक केटाकेटीको जीवन व्यवस्थित बनाउन धेरै कडा नियम बनाइदिन्छन् तर सो अनुकूल परिणाम हासिल हुँदैन । यस कारण उनीहरूलाई कठोर नियम पालन गर्न नलगाई, उनीहरूकै सल्लाहलाई प्राथमिकता दिएर वा प्रोत्साहित गरेर खानपान, पढ्नेलेख्ने र सुत्ने समय निर्धारण गरिदिनुपर्छ । यदि कुनै नियमले कठिनाई भयो भने त्यसलाई सरल र सहज बनाई दिनुपर्छ । जो अभिभावक स्वयं अनियमित जीवन व्यतीत गर्छन्, उनीहरूले पहिले स्वयंमा सुधार ल्याउनु आवश्यक हुन्छ । किनभने नियम बनाएर मात्र केटाकेटीहरू जिम्मेवार बन्दैनन् । समय–समयमा उनीहरूको कुरा सुन्नु, उनीहरूको सल्लाह लिनु र उनीहरूले गर्ने कार्यमा सामेल हुनु पनि आवश्यक हुन्छ ।

केटाकेटीहरूमा सद्गुण, उत्कृष्ट बानी प्रतिष्ठापन गर्न अभिभावकले स्वयंमा यस्ता कुरा प्रतिष्ठापित गर्नु आवश्यक हुन्छ । आपूmलाई सुधार नगरी केटाकेटीमा सुधार ल्याउने प्रयास गर्नु विडम्बना मात्र हुन्छ । स्वयं लागू पदार्थ सेवन गरिराख्दा केटाकेटीहरूलाई उपदेश दिनु के हाम्रो भूल होइन ? घरमा कोही आयो भने सन्तानलाई ‘घरमा छैन’ भन्न अ¥हाउनु के हाम्रो भूल होइन ? होटलमा जाँदा त्यहाँको रूमाल, साबुन घर ल्याउँदा केटाकेटीहरूले के सिक्छन् ? यसर्थ बाल्यकालदेखि नै केटाकेटीहरूमा कोमल भावनाको विकास गर्नुपर्छ । जुन अभिभावकले अरूका छोराछोरी र आप्mनो सन्तानबीच कुनै भेदभाव गर्दैन उसको सन्तानले सबैको अस्तित्वको ख्याल गर्छ । केटाकेटीहरूमा अनुकरण गर्ने महŒवपूर्ण प्रवृत्ति हुन्छ । अभिभावकको जीवन उनीहरूको लागि निकटतम आत्मभावले भरिएको प्रतीक र आदर्शको केन्द्र हुन्छ । यसरी अभिभावकमाथि नै सन्तानको निर्माणको उत्तरदायित्व रहेको हुन्छ । यदि अभिभावकले यी कुराहरू बुझ्छ भने उसका सन्तान, जस्तो उनीहरूले चाहन्छन्, त्यस्तै बन्छन् ।

केटाकेटीहरूको भविष्यको रूपरेखा बाल्यकालमैं निर्धारण हुन्छ । यस कारण ससाना कुराहरूको जानकारी उनीहरूलाई बाल्यकालमैं दिनुपर्छ । हामी बाल्यकालमा उनीहरूलाई अज्ञानी ठान्छौं तर उनीहरू हाम्रो हरेक गतिविधिलाई बुझ्दछन् । बच्चा यदि सूटकेस नजीक गएर भन्छ “म त्यही कमीज लगाउँछु” र आमाले “त्यो कमीज त बाँदरले लिग्यो” भन्छिन् भने केटाकटीहरू हठ गर्न थाल्छन् । यस्तो कुरा प्रायः घरमा देखिन्छ जसको परिणाम के हुन्छ भने उनीहरूको हृदयमा आमाबुवाप्रति सम्मानको भावना कम हुँदै जान्छ । सानो उमेरमा उनीहरूको इच्छा सीमित हुन्छ तर ठूलो हुँदै जाँदा इच्छा पनि बढ्दै जान्छ । उनीहरूले जे कुरो देख्छन् त्यसलाई प्राप्त गर्न चाहन्छन् । यसबाट के प्रस्ट हुन्छ भने उमेर अनुसार उनीहरूलाई सबै कुरा सिकाउँदै जानुपर्छ । अर्थात् केटाकेटीहरूले यदि कुनै खास कुरा खान चाहन्छन् भने घरमैं बनाएर दिनुपर्छ, बाजारबाट किनेर होइन । केटाकेटीहरूलाई पाकेट खर्च दिंदा त्यसको सदुपयोग कसरी गर्ने भन्ने कुरा पनि मीठो तरीकाले सिकाउनुपर्छ ।

केटाकेटीहरूलाई धैर्यताका साथ बाल्यकालदेखि नै जिम्मेवारी–बोध गराउनुपर्छ । उनीहरूलाई ससाना कार्य जस्तै लुगा तह लगाएर राख्ने, किताबकापी कहाँ र कसरी राख्ने, आमाको काममा कसरी सहयोग गर्ने आदि कार्य स्नेहपूर्वक सिकाउनुपर्छ र त्यसमा एक–दुईपटक गल्ती गरे पनि हप्कीदप्की नगरी ‘यसरी गर्नुपर्छ’ भनी आफैंले गरेर देखाउनुपर्छ । यसरी सिकाउँदा बिस्तारै केटाकेटीहरू सबै काम गर्न थाल्छन् । यसबाहेक पनि उनीहरूलाई अन्य धेरै प्रकारको शिक्षा चाहिन्छ । जस्तै सही समयमा शौच र स्नान गर्नु, सफाइमा ध्यान दिनु, तेल र काइँयो प्रयोग गर्नु र त्यसलाई सुव्यवस्थित ठाउँमा राख्नु आदि । यस प्रकार यदि बाल्यकालदेखि नै काम गर्ने बानी लगाइयो, सिकाइयो भने केटाकेटीको भविष्य उज्ज्वल हुने कुरामा शङ्का रहँदैन ।

मनोवैज्ञानिकहरूको भनाइ अनुसार असुरक्षाको भावनाले पनि केटाकेटीहरूमा कैयन नराम्रो आदत विकसित भइरहेको हुन्छ । दाँतले नङ चबाउनु, अनावश्यक रूपमा रिसाउनु, कुनै कुराको लागि जिद्दी गर्नु । यसको मनोवैज्ञानिक कारण क हो भने केटाकेटीहरूमा पनि प्रभुत्व जमाउने महŒवाकाङ्क्षा हुन्छ । यस कारण हप्काउनुको साटो उनीहरूको आत्मविश्वास बढाउने प्रयास गर्नुपर्छ किनभने सुरक्षा र आत्मविश्वासको अभावमा केटाकेटीहरू एकअर्कासँग घृणा गर्न थाल्छन् । यो प्रवृत्ति उनीहरूमा त्यस बेला उत्पन्न हुन्छ जब अरूले बढी माया पाएको हेर्छ वा उसको तुलना अन्य केटाकेटीहरूसँग गरिन्छ । यस्ता समस्याको समाधान खोज्नुपूर्व अभिभावकहरूले स्वयंमा कहीं यस्तो कमजोरी त छैन भनेर खोज्नुपर्छ किनभने यस्ता कमजोरीहरू केटाकेटीहरूले उत्तराधिकारमा हासिल गर्छन् ।

वस्तुतः कसैमा पनि दुर्गुण जन्मजात हुँदैन । उनीहरूको स्वभाव निश्चल र पवित्र हुन्छ । तर जस्तो वातावरणमा उनीहरू हुर्किन्छन्, अभिभभावकको जस्तो व्यवहार देख्छन्, त्यस्तै स्वभाव र बानी उनीहरूमा विकसित हुँदै जान्छ । यस कारण खाँचो के कुरोको हो भने केटाकेटीमा जस्तो व्यवहार विकसित गर्न खोजिएको छ, त्यस्तै व्यवहार स्वयंले पनि प्रस्तुत गर्नुपर्छ । कहिलेकाहीं केटाकेटीहरू साथीबाट पनि नराम्रा कुरा सिकिरहेका हुन्छन् । यस कारण अभिभावकहरूले कहिलेकाहीं उनीहरूको ब्याग चेक गर्नुपर्छ र साथीहरूबारे पनि जानकारी हासिल गर्नुपर्छ र उनीहरूलाई उचित सल्लाह दिनुपर्छ । मनोवैज्ञानिक लिबोनाई गिलमैनले आप्mनो पुस्तक ‘इन्सोम्निया एन्ड इट्स रिलेशन टू ड्रीम्स’ मा लेखेका छन्– प्रत्येक मानिसमा आत्मरक्षा र आत्मप्रचार, दुई प्रवृत्ति हुन्छ । यस कुरालाई ध्यानमा राखेर केटाकेटीहरूमा राम्रो गुणको विकास गर्न सकिन्छ ।

हाम्रो संस्कृतिमा आचारसंहिताको बोध गराइएको छ जसको पालना गरेर हालको भन्दा धेरै प्रगति हासिल गर्न सकिन्छ । त्यसको सार सङ्क्षेप यस प्रकार रहेको छ :

(१) केटाकेटीहरूले सूर्योदय पूर्व नै बिछौना त्याग्नुपर्छ र बिछौनामैं बसेर आआप्mनो धर्म अनुसार ईश्वरको प्रार्थना गर्नुपर्छ । जसको भावार्थमा राम्रो काम गर्ने, दुर्बललाई सहयोग गर्ने, ज्ञान हासिल गर्ने, आमाबुवा, वृद्धजन र शिक्षकको सम्मान र समाजसेवा गर्ने हुनुपर्छ ।
२) प्रार्थनापछि आमाबुवा र घरका अन्य ठूला सदस्यहरूलाई प्रणाम गर्नुपर्छ ।
(३) राति राखिएको एक गिलास पानी बिहान उठेर खानुपर्छ ।
(४) त्यसपछि शौच, सफाइ र केही कसरत जस्तै घुम्नु, दगुर्नु, योग वा छोटो ध्यान गर्नुपर्छ ।
(५) नियमित चीसो पानीले स्नान गरेपछि विद्यार्थीहरूले कम्तीमा एक गिलास दूध र सुपाच्य नाश्ता खानुपर्छ ।
(५) त्यसपछि कम्तीमा एक–डेढ घण्टा अध्ययन अभ्यास गर्नुपर्छ ।
(६) त्यसपछि सन्तुलित भोजन र विद्यालय जाने तयारी गर्नुपर्छ ।
(७) अभिभावकहरूले केटाकेटीहरू विद्यालयबाट फर्केपछि आफैं पनि उनीहरूसँग एक घण्टा खेल्ने बानी बसाल्नुपर्छ ।
(८) कहिलेकाहीं वा फुर्सदको बेला केटाकेटीहरूमा पाठ्यपुस्तकबाहेक अन्य रचनात्मक कथा, कहानी, सामान्य ज्ञान वा कसैको जीवनी पढ्ने बानी बसाल्नुपर्छ । यस कार्यमा अभिभावकहरूले सहयोग गर्नुपर्छ ।
(९) अभिभावकहरूले कम्तीमा रातिको खाना सपरिवार एक साथ बसेर खानुपर्छ र त्यस बेला केटाकेटीहरूसँग खुलेर कुरा गर्नुपर्छ ।
(१०) राति बढीमा १० बजेभित्र केटाकेटीहरूलाई सुत्न प्रोत्साहित गर्नुपर्छ र यसका लागि स्वयं पनि यही रूटिन अपनाउनुपर्छ ।

उक्त अचारसंहितालाई एउटा आदर्शको रूपमा प्रस्तुत गरिएको हो । यसमा केटाकेटीहरूको उमेर, शैक्षणिक स्तर, घरपरिवारको परिस्थिति, वातावरण आदिलाई दृष्टिगत गरी परिवर्तन पनि गर्न सकिन्छ । राम्रो त के हुन्छ भने यसबारे केटाकेटीहरूसँग पनि छलफल गरेर एउटा सर्वमान्य संहिता निर्धारण गर्नुपर्छ । केटाकेटीहरूको सहमतिमा बनाइएको संहिताको पालना सहर्ष गर्छन् किनभने जसले आप्mनो अभिभावकलाई सहयोगीको रूपमा पाउँछ उसले अभिभावकले दिएको सल्लाहलाई उत्साहपूर्वक पालन गर्नमा गौरवको अनुभूति गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here