२०८० मङ्सिर १९ गते मङ्गलवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
पक्राउ पुर्जी जारी हुँदा पनि पक्राउ परेनन् वडाध्यक्ष र सङ्गीता
प्रस, वीरगंज, १८ मङ्सिर/ किर्ते मुद्दाका दुईजना अभियुक्तको नाउँमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको एक साता बित्न लाग्दा पनि प्रहरीले अभियुक्तहरूलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय, पर्सामा किर्ते मुद्दा दर्ता भई अनुसन्धानको क्रममा पर्सा, बहुदरमाई–२ का वडाध्यक्ष जीतेन्द्र पटेल र सोही वडा बस्ने वर्ष ३६ की सङ्गीत देवीको नाउँमा पक्राउ […]
गठबन्धन सरकार भ्रष्टाचारमा लिप्त –अध्यक्ष ओली
प्रस, वीरगंज, १८ मङ्सिर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई भ्रममा पार्न अनेक प्रयत्न भइरहेका बताएका छन् । एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभन्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा अभियान अन्तर्गत कर्णालीको सुर्खेतमा सोमवार आयोजित सभामा अध्यक्ष ओलीले जनतालाई भ्रममा पार्न र लरब-याउन अनेक खालका उत्ताउला कुरा भइरहेका र यस अवस्थालाई चिर्नुपर्ने बताए । उनले एमालेले साढे […]
ग्रामीण क्षेत्रका महिलाहरू पूर्ण स्वास्थ्य सेवाबाट वञ्चित असुरक्षित गर्भपतनका लागि सीमावर्ती भारत जान बाध्य
ओमप्रकाश चौधरी, सेढवा, १८ मङ्सिर/ पर्साका ग्रामीण बासिन्दाका महिलाहरू अहिलेसम्म पनि पूर्णरूपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित नै छन् । पर्सा जिल्लाका महिलाहरू स्वास्थ्य सेवा अन्तर्गत सुरक्षित गर्भपतन सेवा पाउनबाट वञ्चित छन् । गर्भधारण भएको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था रहे पनि पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा भने यो सेवा उपलब्ध अझै भइनसकेको स्थानीयले बताएका छन् […]
हिमालयन डिस्टिलरीमा एमालेनिकट ट्रेड युनियन विजयी
प्रस, वीरगंज, १८ मङ्सिर/ वीरगंज महानगरपालिका–१८ सुखचैनास्थित हिमालयन डिस्टिलरी प्रालिमा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमालेनिकट समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) विजयी भएको छ । प्रत्येक दुई वर्षमा हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाली काङ्ग्रेसनिकट नेपाल कारखाना श्रमिक सङ्घलाई ११ मतान्तरले पराजित गर्दै एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपाल विजयी भएको हो । आधिकारिक […]
अस्पताललाई बेन्च सहयोग
प्रस, रौतहट, १८ मङ्सिर/ लुम्बिनी विकास बैंक लिमिटेड, गौर शाखाले सोमवार गौर आँखा अस्पताललाई तीनवटा स्टील बेन्च सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले अस्पतालमा आउने बिरामी र आफन्तको सहजताको निम्ति तीनवटा स्टील बेन्च उपलब्ध गराएको हो । गौर आँखा अस्पताल परिसरमा कार्यक्रम आयोजना गरी बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले अस्पतालका प्रमुख व्यवस्थापक नागेश्वर […]
मैथिली कवि गोष्ठी सम्पन्न
प्रस, वीरगंज, १८ मङ्सिर/ वीरगंज मैथिली साहित्य परिषद्को आयोजनामा सोमवार कवि गोष्ठी सम्पन्न भएको छ । कवि गोष्ठीमा वासुदेवलाल दास, सतीशचन्द्र सजल, दिनेशचन्द्र मिश्र गोपाल, अनिलकुमार कर्ण, शोभाकान्त झा, बृजमोहन झा, भगवान मिश्र, आरती झा, रामचन्द्र मिश्र, निरञ्जन झा, शिव सन्देश, प्रमोदकुमार पाण्डेय गरी ११ जना कविले मैथिली र भोजपुरी भाषामा कविता वाचन गरेका थिए […]
चारवटा वडामा सुशासन समितिको अनुगमन
प्रस, वीरगंज, १८ मङ्सिर/ वीरगंज महानगरपालिकाले वडा कार्यालयहरूको कार्य अझ प्रभावकारी बनाउन सुशासन तथा संस्थागत विकास समितिले वडा समितिहरूको अनुगमनलाई निरन्तरता दिएको छ । वीरगंज महानगरपालिकाद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले सोमवार महानगरका चारवटा वडाको सेवाप्रवाहबारे अनुगमन गरेर जानकारी लिएको थियो । आज वडा नं १७, १९, २४ र २५ को अनुगमन गरिएको थियो […]
एनसेलको शेयर खरीद–बिक्री शङ्काको घेरामा
काठमाडौं, १८ मङ्सिर/रासस दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरीद–बिक्री विवाद र शङ्काको घेरामा परेको छ । मलेशियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रवार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा भएको छ । राज्यका निकायलाई समेत जानकारी नहुने गरी […]
गुरुग्राममा पोर्टेबल मोबाइल अस्पताल शुरू २०० जनाको घटनास्थलमैं तत्काल उपचार गर्न सकिने
नयाँ दिल्ली, १८ मङ्सिर/एएनआई भारतको गुरुग्राममा विश्वकै पहिलो पोर्टेबल अस्पताल निर्माण गरिएको छ । ‘आरोग्यमैत्री घन’ नाम दिइएको यो अस्पताल शनिवार गुरुग्राममा शुरू गरिएको हो । स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारको लागि घटनास्थलमा पु¥याएर एक घण्टाभित्र जडान गरी तुरुन्त उपचार सेवा शुरू गर्न सकिन्छ । प्याकर्स प्रोडक्ट्सका प्रबन्ध निर्देशक अमित चौधरीले दिएको […]