– जीतलाल श्रेष्ठ
प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय गणतन्त्र पक्षधर हुुँ भन्नेहरू पनि भन्ने गर्छन्, म दुुर्गा प्रसाईंको समर्थक होइन तर उनले उठाएका कतिपय जायज मुुद्दाका समर्थक, प्रशंसक भने पक्कै हुँु। उनले भुइँ मान्छे, सर्वहारा, गरीबका पक्षमा बोलेका छन्। स्वदेशमैं लगानी गरौं, लगानीकर्ताहरूका पीडा, सरकारी झन्झट, सरकारको अस्पष्ट नीति, नेताहरूका भ्रष्ट चरित्रबारे मनग्य कुरा राखेका छन्। त्यस्तै, बैंक, लघुवित्तबाट पल–पल जनमानस ठगिनुपर्दाको बेहाल स्थितिलाई प्रमुुख मुुद्दा बनाउँदै जनविद्रोह गरिरहेका छन्। जुन अहिले प्रत्येक नेपालीका पीडा, समस्या, बाध्यता, विवशता हुन्। नेपाली राजनीति, सत्ता परिवर्तनको पटक–पटकको चरण हेर्दा पक्कै पनि २०४६ सालको परिवर्तनसँगै हाल २०८० सालसम्मको ३४ वर्षे लामो यात्रालाई सामान्य ढङ्गले विश्लेषण गर्दा नेताहरूका प्रशंसा गर्नुुभन्दा बढी सत्तोसराप गर्न धेरै शब्द खर्चिनुुपर्ने हुन्छ।
२०३६ सालमा बहुुदल र निर्दलको नारा लगाएको मलाई त्यो बाल्यकालको सम्झना अलि–अलि छ। म अलि बुझ्ने भएपछि बुबालाई सोध्ने गर्थें। मेरा बुुबा पनि निर्दलीय व्यवस्थाको विपक्षमा हुुनुुहुन्थ्यो। उहाँले पनि बहुदलको झन्डा बोक्नुभएको थियो। म लगभग छ वर्षको उमेरमा त्यस हुुलमा थिए। अहिले ८० वर्षको वृद्ध उमेरमा पनि बुुबाले लोकतान्त्रिक धार छाड्नुभएको छैन। तर वर्षौंदेखि नेताहरूका भ्रष्ट चरित्र हेरेर उहाँ निकै निराश हुुनुभएको म देख्छु।
त्यसपछि २०४६ सालको याद मलाई नहुुने कुुरै भएन। त्यसमाथि २०५२ फागुन १ गतेदेखि माओवादीले जनयुुद्धका नाममा गरेका सशस्त्र युुद्ध र पछिल्लोपटक २०६२/६३ को दोस्रो जनआन्दोलन, मधेस आन्दोलनको त झन् प्रत्यक्ष साक्षी पनि भइयो। यसअघिका युद्ध, आन्दोलनका कुुरालाई थाती राख्दै २०६२/६३ को दोस्रो जनआन्दोलन सम्पन्न भएको पनि आज १७ वर्ष भइसकेको छ। १७ वर्षअघि पूूर्णरूपमा राजसंस्था हटाइ लोकतान्त्रिक सङ्घीय गणतन्त्र अघि बढिरहेको छ। त्यस अवधिमा जनताले चुनेर जनताकै छोराछोरी पटक–पटक मन्त्री, प्रधानमन्त्री मात्रै होइन, राष्ट्रपति बन्दै आइरहेका छन्। प्रजातन्त्र, लोकतन्त्र हुँदै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई समर्थन गरेको नेपाली जनताले अहिले सङ्घीयता खारेजी गर्नुुपर्ने धारणा व्यक्त गरिरहेको छ।
हिजो चप्पल लाउन नसक्ने, एकसरो नयाँ कपडा फेर्न आर्थिक हैसियत नहुुने नेताहरूको अहिले अकुत सम्पत्ति, भोगविलासी जीवन, तडकभडक, तुुजुुक देखेर जनताको मुुहारमा दिन प्रतिदिन निराशा बढ्दै गइरहेको पाइन्छ। आफूलाई मन परेको राजनीतिक दल र नेताहरूका लागि ज्यानै अर्पण गर्न जोश देखाउने जनता अहिले त्यही दल र त्यसका नेताहरूप्रति नकारात्मक टीकाटिप्पणी गरिरहेको सुन्न र देख्न सकिन्छ।
राजनीतिक दललाई तिनकै नेताहरूले दलाली गर्ने/गराउने माध्यम बनाएको जनताको आरोप छ। देश विकास गर्न र जनताको दैनिक जीवनलाई सहज बनाउन भन्दै पटक–पटक जिताइएका नेताहरू व्यक्तिगत स्वार्थ, तस्करी, दलाली, कमिशनमा चुर्लुुम्म डुुबेका घटनाहरू छताछुुल्ल भएपनि नेताहरूलाई लाभशर्म छैन। गलत गर्नेहरूलाई नै काखी च्याप्ने नेताहरूका प्रवृत्तिले राजनीतिक दलप्रतिको आर्कषणलाई नराम्ररी खुुइल्याइरहेको छ।
कमीशन लिएको अडियो, भिडियो सार्वजनिक हुँदासम्म दलले कारबाई नगरे पनि सरकारले समेत कारबाई नगर्दा दल र सरकारप्रति जनताको आशा, भरोसा टुट्दै गइरहेको छ। यस्ता काण्डहरू ठूला दलका ठूुला नेताहरूको आडमा हुुने गरेको घामझैं छर्लङ्ग छ। दलाली, कमिशनका कुरा पनि नियमसङ्गत भए ठीकै हो भन्ने सक्ने ठाउँ हुुन्थ्यो होला। यहाँ त दिन दुगुना, रात चौगुना अवैध धन्धा हुुने गरेपछि नेता र दलप्रति आम जनतामा वितृष्णा बढ्दै गइरहेको छ। मुुलुुकको विकास गर्न कोभन्दा को कम भन्ने राजनीतिक दल र तिनका नेताहरूबीच प्रतिस्पर्धा हुुनुपर्नेमा त्यसको ठीक उल्टो कमिशन, भाडबण्डा र दलाली गर्नमा कोभन्दा को कमको होडबाजी चलिरहेको कैंयौ उदाहरण सार्वजनिक भइसकेका छन्।
मुलुकको आवश्यकताभन्दा पनि कमिशन खान र भ्रष्टाचार गर्न पाइने मनोगत विकासमा मुुलुुकको अर्बौं रकम बालुुवामा पानी खन्याएजस्तै सत्तामा रहेका नेताहरूले खर्च गरिरहेका छन्। विश्व परिवेश अनुसारको देश विकासको आवश्कता देख्न नसक्ने कमिशनखोर नेताहरूले देश र जनताको हबिगत दयनीय बनाइदिएका छन्।
मुलुक आर्थिक मन्दीको भड्खालोमा गइसक्दा पनि सरकार अनि नेताहरू जनतालाई झुक्याउनमैं लागिरहेका छन्। अधिकांश उद्योगी–व्यवसायी निराश छन्। उत्पादन र खपतबीच मेल खाइरहेको पाइँदैन। जुुन मुुलुुकको लागि खतराको सङ्केत हो।
आवश्यकताभन्दा बढी मनोगतरूपमा उक्सिएर पानीजहाज, रेल जस्ता राष्ट्रिय गौरवको नाममा आयोजना शुुरू गरी वार्षिक अर्बौं रकम अनुपयुुक्त ठाउँमा लगानी भइरहँदा पनि अहिले मुुलुुक आर्थिक मारमा परेको दुुईमत नहोला। अति आवश्यक आर्थिक विकास क्षेत्र
(सेज), दु्रतमार्ग निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा जोडबल नदिएर अन्यत्र बरालिंदै भौगोलिकताले सहज हुुन नसक्ने स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका नाममा खर्बौं ऋण जनताको टाउकामा कुुशासन गर्ने नेताहरूले लादेका छन्। सीमित उद्योगी–व्यापारी घरानासँग कुुशासक नेताहरूले साँठगाँठ गर्दै स्वदेशी कलकारखाना, उत्पादनलाई तहसनहस पारेर युुवापुस्ताको भविष्यमाथि नराम्ररी खेलबाड गरेका छन्। छिमेकी मुुलुुकहरू बह्माण्डको खोज–अनुुसन्धानमा जुुटिरहँदा भने नेपालका नेताहरू देशलाई युवाविहीन बनाइ वैदेशिक रोजगारमा पठाउन तल्लीन छन्।
दैनिक हजारौं युुवा नचाहेर भएपनि सुुनौलो भविष्यको खोजीमा विदेशिन विवश अनि लाचार छन्। अलि हुुनेखानेले भएका जायजेथा बैंकमा धितो राखी ऋण निकाली आफ्ना छोराछोरीका लागि लगानी लगाउन बाध्य छन् भने नहुुनेहरू चर्को मिटर ब्याजमा ऋण लिन विवश छन्। बैंक, लघुवित्त, वित्तीय संस्थाबाट न्यून ब्याजदरमा लिएको ऋणको ब्याजदर दोब्बर, तेब्बर बढेर हजारौं ऋणीहरू सडकमा आइसकेका छन्। पशुपालन, कृषि उत्पादनका लागि ऋण लिने युवाहरू अहिले निकै समस्यामा छन्। धनीपुर्जा नभएका ऐलानी जमीनमा यस्ता काम गर्न दिने तर बीमा गर्न नमिल्ने जस्ता अप्ठ्यारा समस्या सिर्जना गर्दा कैयौं युुवा पलायन हुन र व्यवसाय छोड्न विवश छन्।
स्वदेशमैं लगानी गर्ने तीव्र चाहना राख्दै लाखौं, करोडौं ऋण दिएर काम गर्न अनुमति दिने तर सञ्चालनका लागि यिनै सरकारले अवरोध गर्ने जस्ता दोहोरो चरित्र देखाउँदा ठूलो सङ्ख्यामा लगानीकर्ताहरू बेहाल हुने अवस्थामा छन्।
हो, यस्तै कतिपय जायज कुुरा उठान गर्दै गत मङ्सिर ७ गते जनविद्रोहको नेतृत्व सम्हालेका दुुर्गा प्रसाईंको समर्थक नभएपनि उनले उठाएका कतिपय मुद्दाहरूको पूूर्णरूपमा समर्थन गर्ने लाखौं नागरिक छन्। यो जागरण अभियान दुुर्गा प्रसाईंको मात्रै देखिए पनि यी समस्या, पीडा प्रत्येक नेपालीका घरघरमा छन्। स्वदेशमैं रोजगार गर्न चाहना राख्नेहरूका लागि पनि उपयुक्त वातावरण देखिंदैन। हुर्केबढेका आफ्ना सन्तानहरूलाई नचाहेरै पनि आर्थिक जोहो गर्न, घरपरिवार चलाउन विदेश पठाउनुुपर्दा कसको मन रुँदैन ? यी नेताहरूले बेलैमा स्वदेशमैं यस्ता अवसरका लागि कार्य गरिदिएका भए, चाडबाडमा विछोडका आँसु शायदै कसैको आँखामा छल्किने थिएन होला। मन, मुुटु विछोडको वियोगमा भक्कानिदैन थियो होला।
अध्ययन होस् वा रोजगारका नाममा विदेशिने युुवा जनशक्तिको लहर अझै रोकिने अवस्था देखिंदैन। किनकि देशमैं काम गर्ने वातावरण कुुशासक नेता र कर्मचारीतन्त्रले नराम्ररी ध्वस्त पारिदिएका छन्। आजैदेखि इमानदारीपूर्वक कमर कसेर देश बनाउन लाग्ने हो भने पनि कम्तीमा एक दशक लाग्छ। युवाहरू विदेशिने रफ्तार नरोकिने हो भने, स्वदेशमा युवाहरू सङ्ख्या शून्य अवस्थामा पुग्न लामो
समय कुर्नुपर्दैन। कृषियोग्य जमीन प्लटिङ गरी ध्वस्त पारिंदैछ। जसले कृषि उत्पादन ठप्प हुन सक्ने सम्भावना
पनि त्यत्तिकै छ। जसले गर्दा देशमा चरम खाद्यान्न सङ्कटतर्फ लम्किरहेको
छ।