ओमप्रकाश चFैधरी, सेढवा, २४ कात्तिक/
न्यू एभरेस्ट क्लब, परसवाद्वारा जीराभवानी गाउँपालिका–३ मा आयोजित परसवा गोल्डकप २०८० को सातौं संस्करणमा शनिवार हुने फाइनल खेलमा भारतको जय हिन्द एभरेस्ट क्लब, इनर्वा र नेपालको निचुटा युथ क्लब भिड्नेछन् ।
प्रत्येक चार वर्षमा परसवा गोल्डकप हुने गरेको छ । ग्रामीण क्ष्Fेत्रमा हुने नेपालकै सर्वाधिक पुरस्कार राशिको फूटबल प्रतियोगिता पर्सा जिल्लाको जीराभवानी गाउँपालिका–३ परसवामा हुँदै आएको छ । यो खेलमा विजयीलाई यस वर्ष तीन लाख २५ हजार र उपविजेतालाई एक लाख ५० हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
परसवा गोल्डकप २०५५ सालदेखि निरन्तर हुँदै आएको छ । विश्वकप भएको वर्ष प्रतियोगिता आयोजना हुँदै आए पनि यस वर्ष एक वर्ष ढिलो भएको हो । प्रतियोगितामा पर्साका आठ, बाराका तीन र भारत, बिहारका एउटा गरी १२ वटा टीम सहभागी छन् । लिगचरण, क्वार्टरफाइनल र सेमिफाइनलपछि शनिवार फाइनल चरणको प्रतियोगिता हुन गइरहेको हो ।
कात्तिक ११ गतेदेखि परसवा गोल्डकप यस वर्ष शुरू भएको थियो । प्रतियोगिताको फाइनलमा भिड्दै भारत, बिहार इनर्वाका जय हिन्द एभरेस्ट क्लबले क्वार्टरफाइनलमा उमङ्ग युवा क्लब, पकडीटोललाई शून्यका विरुद्धका एक गोलअन्तरले सेमिफाइनलमा प्रवेश गरेका थिए भने सेमिफाइनलमा बकुलिया क्लब, बारालाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
निचुटा युथ क्लबले भने पञ्चम युवा क्लब, पटेर्वासुगौलीलाई दुई गोलका विरुद्ध तीन गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो भने सेढवा क्लबलाई टाइब्रेकरमा तीन गोलका विरुद्ध चार गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । परसवा गोल्डकपमा शनिवार भिड्ने निचुटा युथ क्लबमा विशुद्ध स्थानीय खेलाडीहरू छन् भने जय हिन्द एभरेस्ट क्लब इनर्वाबाट पाँचजना नाइजेरियन खेलाडीहरू खेलिरहेका छन् ।
परसवा गोल्डकपमा सहभागी स्थानीय टीमहरूले अघिल्ला वर्षहरूमा नेपालमा रहेका नाइजेरियन खेलाडीहरूलाई सहभागी गराइन्थ्यो । यसपटक भारत, मणिपुर र दिल्लीका खेलाडीहरू पनि परसवा गोल्डकपमा सहभागी भए तर इनर्वाबाहेक विदेशी खेलाडी खेलेको टीमहरू भने सेमिफाइनल, फाइनलमा प्रवेश पाएनन् ।