महिमाको हत्या प्रकरणमा पति र सौता पक्राउ
प्रस, वीरगंज, १३ कात्तिक/ वीरगंज महानगर–१४ बहुअरी बस्ने महिमा खातुनको हत्याको आरोपमा उनका पति र सौता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । कात्तिक ४ गते राति ८ः४५ बजे वर्ष ४५ का एजहारूल हक अन्सारी कान्छी पत्नी वर्ष २८ की महिमा खातुनलाई छुरा प्रहार गरेर फरार भएका थिए । घरायसी विवादका कारण अन्सारीले […]
महासचिव गुटेरेसको भ्रमण : कोप–२८ मा हिमालको मुद्दाले पाउला प्राथमिकता
काठमाडौं, १४ कात्तिक/रासस संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणका क्रममा जलवायु परिवर्तनको विषयमा प्राथमिकताका साथ चासो व्यक्त गरेका छन् । चार दिने भ्रमणका क्रममा आइतवार नेपाल आइपुगेका उनले सबै भेटवार्तामा नेपालमा जलवायु परिवर्तनले पारेको असरबारेमा छलफल गरेका छन् । विश्व तापमान वृद्धिका कारण संसारको अग्लो शिखर सगरमाथालगायत उच्च हिमाल पग्लँदै गएको सम्बन्धमा महासचिव […]
लुम्बिनीबाट शान्तिको सन्देश प्रवाह गर्दा खुशी लागेको छ –महासचिव गुटेरेस
लुम्बिनी, १४ कात्तिक/रासस नेपाल भ्रमणका क्रममा मङ्गलवार गौतम बुद्धको जन्मस्थल लुम्बिनी आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका छन् । उनले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान गरेका छन् । आज बिहान पोखराबाट विशेष विमानमार्पmत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी […]
जलवायुजन्य विपद्को चपेटामा मुस्ताङ
सन्तोष गौतम/ म्याग्दी, ११ कात्तिक/रासस तीन दिनको लगातार वर्षापछि गत साउन २८ गते कागखोलामा आएको बाढीले मुस्ताड्ढो बारागुङ मुक्तिक्षेत्र गाउँँपालिका–४ कागबेनीमा २९ पक्की भवन, तीन काठे पुल, निर्माण सम्पन्न हुन लागेको एउटा मोटरेबल पुललगायत भौतिक संरचनामा ठूलो क्षति पु-यायो । विसं २०७१ असोजमा मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पाको हिमाली क्षेत्रमा हुदहुद आँधीमा परेर पदयात्रामा गएका […]
अमेरिका र नेपालबीच महŒवपूर्ण साझेदारी –विदेशमन्त्री ब्लिङ्केन
वाशिङ्टन डिसी, १४ कात्तिक/रासस अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जलि प्रकट गर्दै उक्त घटनाको निन्दा गरेका छन् । सोमवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री ब्लिङ्केनले इजरायलमा हमासद्वारा भएको हमला आतङ्ककारी घटना हो भन्दै सो घटनाको निन्दा गरेका थिए । उनले अमेरिकाको विदेश मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्रीलाई […]
इजरायलद्वारा युद्धविराम अस्वीकार
जेरूसेलम, १४ कात्तिक/एएफपी इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सोमवार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसामु आत्मसमर्पण गर्नु हो”– युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भने । “यस्तो हुनेछैन”–विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भने– “इजरायलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।” अक्टोबर ७ […]
हमास बन्धक वार्ताका लागि थाई विदेशमन्त्री कतार र इजिप्ट जाने
बैंकक, १४ कात्तिक/एएफपी इजरायलमाथिको हमलामा हमासद्वारा बन्धक बनाइएका २२ थाई नागरिकबारे कुराकानी गर्न मङ्गलवार थाइल्यान्डका विदेशमन्त्री पर्णप्री बहिद्धानुकाराले कतार र इजिप्टको आकस्मिक भ्रमण गरेका छन् । इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले इजरायलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयभन्दा बढी मानिस मारिएका छन् । जवाफमा इजरायली सेनाले गाजामा हमला गरेको छ […]
समयसीमा नजीकिंदै गर्दा हजारौं अफगानी पाकिस्तानबाट भागे
पेशावर (पाकिस्तान), १४ कात्तिक/एएफपी १७ लाख अफगानीका लागि स्वेच्छाले पाकिस्तान छोड्न वा गिरफ्तारीबाट निर्वासनको सामना गर्ने समयसीमाको अन्तिम दिन मङ्गलवार १० हजारभन्दा धेरै अफगानी आप्रवासी सीमामा पुगेका छन् । सरकारले बुधवारदेखि कागजातविहीन अफगानीहरूलाई गिरफ्तार गरिने र होल्डिङ सेन्टरमा राख्न शुरू गर्ने बताएको थियो । उनीहरूलाई त्यहाँबाट जबरजस्ती अफगानिस्तान फिर्ता पठाइने पनि सरकारले बताएको थियो । […]
दशैंपछिको दशा
• विनोद गुप्ता बडादशैं २०८० सकिएको छ । अब धनधान्यकी देवी माता लक्ष्मीको पूजनोत्सव आउँदैछ । यस्तो पुनीत महीनामा पनि दक्षिण एशियाकै सबैभन्दा गरीब राष्ट्रमा दरिएको दुःखद समाचार सुन्न पाइयो । दरिद्र राष्ट्रमा दरिने र मानव अधिकार आयोगको घटुवा प्रकरणको तलवार त पहिलेदेखि नै झुन्डिराखेकै थियो । अर्थशास्त्रीहरूले बाह्य अर्थतन्त्र सुदृढ हुँदै गए पनि आन्तरिक […]