वाशिङ्टन डिसी, १४ कात्तिक/रासस
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जलि प्रकट गर्दै उक्त घटनाको निन्दा गरेका छन् ।

सोमवार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै विदेशमन्त्री ब्लिङ्केनले इजरायलमा हमासद्वारा भएको हमला आतङ्ककारी घटना हो भन्दै सो घटनाको निन्दा गरेका थिए ।

उनले अमेरिकाको विदेश मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गरेका थिए । यसअघि उनले मन्त्री साउदलाई अमेरिकी विदेश मन्त्रालयमा स्वागत गरेका थिए ।

अमेरिकाको औपचारिक भ्रमणका क्रममा सोमवार वाशिङ्टन डिसी आएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच सोमवार द्विपक्षीय भेटवार्ता भएको थियो । सो भेटपछि यहाँ आयोजित संयुक्त प्रेस ब्रिफिङमा विदेशमन्त्री ब्लिङ्केनले भने, “नेपाल र अमेरिकाबीच विगत लामो समयदेखिको कूटनीतिक सम्बन्ध रहेको छ । अहिले नेपाल इन्डो प्यासिफिकमा महŒवपूर्ण साझेदारका रूपमा रहेको छ । हामीहरू उक्त क्षेत्रको निर्बाध, खुला, सुरक्षित र समृद्ध क्षेत्रका लागि सँगसँगै काम गर्दै पनि आएका छौं ।”

विदेशमन्त्री ब्लिङ्केनले दुई देशबीचको पारस्परिक सम्बन्धलाई स्वतन्त्र, सुरक्षित तथा समृद्ध बनाउनका लागि दुई देशले अर्थपूर्णरूपमा सहकार्य गर्दै आएको पनि उल्लेख गरे ।

नेपालले क्षेत्रीयस्तरमा मात्र नभई विश्वव्यापीरूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै विदेशमन्त्री ब्लिङ्केनले राष्ट्रसङ्घीय शान्ति स्थापना मिशनमा खटिएका शान्ति व्यवस्थापकहरूले महŒवपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । उनले भने, “विश्वभर द्वन्द्वग्रस्त स्थानमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घमार्पmत नेपालको भूमिका महŒवपूर्ण रहेको छ ।”

यसैगरी, अमेरिका र नेपालबीच नागरिकस्तरको सम्बन्धसमेतको सहकार्यमा आर्थिक लगानीलगायतका क्षेत्रमा अमेरिका र नेपालले महŒवपूर्ण सहकार्य गर्दै आएको पनि उनले सो प्रेस ब्रिफिङमा उल्लेख गरे ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रत्युत्तर मन्तव्य दिंदै अमेरिकी विदेशमन्त्रीले नेपाली नागरिकले हालै इजरायलमा ज्यान गुमाउनुपरेको घटनामा व्यक्त गरेका सहानुभूतिका लागि कृतज्ञता ज्ञापन गरे ।
मन्त्री साउदले भने, “हामीहरूले आतङ्कवादी समूहको आक्रमणबाट दश विद्यार्थीलाई गुमाउनुपरेको पीडा छ भने अर्कातर्पm एकजनाको अवस्था अझै अज्ञात रहेको छ । यस्तो अवस्थामा हामीलाई सहानुभूति दर्शाउने सबैप्रति हाम्रो सम्मान छ ।”

साथै परराष्ट्रमन्त्री साउदले अमेरिका नेपालको महŒवपूर्ण विकास साझेदार भएको उल्लेख गर्दै अमेरिकाले विभिन्न क्षेत्रमा विशेषगरी पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

मन्त्री साउदले विश्वव्यापीरूपमा उत्पन्न जटिल परिस्थितिका बावजूद नेपाललाई प्राथमिकतामा राखेर अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले द्विपक्षीय वार्ताका लागि उपलब्ध गराएको समयका लागि आभार प्रकट गरे ।

मन्त्री साउदले भने, “नेपाललाई अमेरिकी सरकार र अमेरिकी नागरिकले सङ्कटका घडीमा गरेका सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here