केही समयदेखि मानसिक रोग तीव्र गतिमा बढिरहेको छ। प्रत्येक दिन कोही न कोही डिप्रेशनको शिकार भइरहेका छन् भने आत्महत्याको घटनामा पनि बढोत्तरी भइरहेको छ। मानसिक रोग कसरी सुरुआत हुन्छ, यसको कारण बुझ्नुपर्छ। मेन्टल हेल्थ कमिशनको रिपोर्ट अनुसार कसैकसैलाई मानसिक रोगको खतरा बढी नै हुन्छ।
१) आनुवंशिक प्रवृत्तिः यदि कुनै घरमा पहिलेदेखि नै मानसिक रोगी छ भने वा हरेक पीढीमा कोही न कोही मानसिक रोगको शिकार भएका छन् भने यस्तामा आनुवंशिक प्रवृत्ति हुन्छ र उनीहरू मानसिक रोगको शिकार हुन सक्छन्।
२) बेघर र बेरोजगारीः घरबारविहीन र बेरोजगारी यी दुवै स्थितिले कसैलाई पनि अवसादमा पु–याउन सक्छ। समयसाथ स्थितिमा परिवर्तन नभएपछि अवसादको शिकार मानिस हुन सक्छन्। यस्ता व्यक्ति पनि सजिलै मानसिक रोगको शिकार हुन सक्छन्।
३) रक्सी र नशालु औषधिको उपयोगः रक्सी र नशालु औषधिको उपयोगबाट मानसिक रोग लाग्न सक्छ। यसले डिप्रेशन, बाइपोलर डिसअर्डर र सेजोफ्रेनिया जस्ता रोगको शिकार बनाउन सक्छ।
४) तनावपूर्ण जीवनः तनावपूर्ण जीवन व्यतीत गर्दा कुनै पनि बेला मानसिक रोगको शिकार हुन सक्छ। दुःखले अवसादमा पु–याउन सक्छ र यसले एक्लो बनाउँछ। यस्तो स्थितिमा छुटकारा पाउन निकै गा–हो हुन्छ र यो मानसिक रोगको कारण बन्छ।
५) केही रोगः क्यान्सर, हृदयरोग र मधुमेहजस्ता पुराना रोगले मानसिक स्वास्थ्य स्थितिलाई बिगार्न सक्छ। हृदयघात, क्यान्सरको उपचार, दुःख, उदास, निराश आदिले मानसिक रोगी बनाउन सक्छ।– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)