जब हामी कुनै साथीसँग भेट्छौं, तब हात मिलाउँछौं । हामी महसूस गर्छौं, कसैले बलियो गरी हात मिलाउँछ भने कसैको पकड ढिला–खुकुलो हुने गर्छ । यसलाई सरल प्रक्रिया मान्न सकिन्छ तर हैन्डशेक (हात मिलाउनु)बाट हृदयघात, डिप्रेशन र स्ट्रोकजस्ता गम्भीर रोगको सङ्केत पनि पाउन सकिन्छ । यसको खुलासा लन्डनको एउटा विश्वविद्यालयका वैज्ञानिकले गरेका छन् । वैज्ञानिकका अनुसार जसको पकड कमजोर हुन्छ, उनीहरूको मुटु पनि कमजोर हुन्छ ।

वैज्ञानिकले केही लक्षण बताएका छन् । यदि तपाईं कसैसँग खुकुलोगरी हात मिलाउनुहुन्छ भने तपाईं पनि शारीरिक वा मानसिक स्वास्थ्यबारे चिन्तित हुनुहुन्छ भन्ने थाहा हुन्छ ।

लन्डनको क्विन मैरी युनिभर्सिटीका वैज्ञानिकले गरेको शोध अनुसार कमजोर हात मिलाउनेहरूमा हृदयघात वा स्ट्रोकको खतरा रहने गर्छ । तथ्याङ्क अनुसार कम पकड क्षमता भएको व्यक्तिको मुटु कमजोर हुन्छ । उनीहरूको, मुटुले शरीरको चारैतिर रगत पम्प गर्ने, क्षमता कम हुन्छ । अर्कोतर्फ बलियोगरी हात मिलाउनेहरूको हृदयद्वारा पम्प गर्ने रक्तको मात्रा र अनुपात बढी पाइएको छ र हृदयको मांसपेशी स्वस्थ थियो । यी कारकलाई हृदयसम्बन्धी समस्याको कम जोखिमसँग जोडिएको छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एउटा राष्ट्रिय अध्ययन अनुसार हात मिलाउने बेला जसको पकड कमजोर हुन्छ, उनीहरू अवसादबाट ग्रसित हुन्छन् । उनीहरूमा हृदय र श्वसन रोग तथा क्यान्सरबाट मृत्युको जोखिम २० प्रतिशत बढी हुन्छ ।

यसको अलावा सन् १९५१ र १९७६ को बीच स्वीडेनमा जन्मेका दश लाखभन्दा बढी किशोरहरूमाथि गरिएको अध्ययन अनुसार हातको कमजोर पकडले मृत्युको खतराबारे पनि बताउँछ । हातको कमजोर पकडले लामो समयदेखि अत्तासिने गरेको सङ्केत पनि दिन्छ । यो वास्तवमा खराब मानसिक स्वास्थ्यको सङ्केत हुन सक्छ । योनसेई युनिभर्सिटी कलेज अफ मेडिसिन, दक्षिण कोरियाका शोधकर्ता अनुसार कमजोर पकडका साथ हात मिलाउने व्यक्तिमा अज्ञात अवसाद हुने सम्भावना तीन गुनासम्म बढी पाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here