गर्भवती महिलाहरूले अल्ट्रासाउन्ड गराउनुपर्छ । अल्ट्रासाउन्डबाट गर्भ र बच्चाको विकासको निगरानी गरिन्छ । गर्भवती भएको बेलामा कतिपटक र कुन बेला अल्ट्रासाउन्ड गराउनुपर्छ यो जानकारी राख्नुपर्छ ।
पहिलो अल्ट्रासाउन्डः गर्भवती भएको पहिलो तीन महीना (१२–१४ साता)मा अल्ट्रासाउन्ड गरी गर्भावस्थाको पुष्टि र गर्भको सही विकास हेर्न सकिन्छ ।
दोस्रो अल्ट्रासाउन्डः दोस्रो तीन महीना (१८–२० साता) मा । यसबाट बच्चाको लिङ्ग र विकास जाँच गरिन्छ ।
तेस्रो अल्ट्रासाउन्डः तेस्रो तीन महीना (१८–३२ साता) मा । यसबाट बच्चाको विकास र स्वास्थ्यको जाँच हुन्छ ।
चौथो अल्ट्रासाउन्डः तेस्रो तीन महीनाको अन्त्यमा (३६ सातापछि) । यसबाट बच्चाको स्थिति र प्रसूतिको लागि तयारी गर्न सकिन्छ ।
यसको अलावा चिकित्सकको सल्लाह अनुसार अल्ट्रासाउन्ड गर्न सकिन्छ । बढी अल्ट्रासाउन्ड गर्भमा हुर्किरहेको शिशुको लागि हानिकारक हुन सक्छ । उसको दिमाग र हाडमा असर पर्न सक्छ ।