आजको नयाँ पीढीमा ओभरस्लिपिङ एउटा ठूलो समस्या भएको छ । निद्रFको आवश्यकता सबैलाई भिन्दाभिन्दै हुन सक्छ । तर सामान्यरूपमा विशेषज्ञले सल्लाह दिन्छन् कि स्वस्थ वयस्कलाई प्रतिरात औसत सातदेखि नौ घण्टासम्म सुत्नुपर्छ । तर यदि तपाईंलाई आराम महसूस गर्नको लागि नियमित प्रतिरात आठदेखि नौ घण्टाभन्दा बढी निद्राको आवश्यकता हुन्छ भने यो एउटा अन्तर्निहित समस्याको सङ्केत हुन सक्छ तर नौ घण्टाभन्दा बढी सुत्नु निकै खतरनाक हुन्छ र यसको परिणामस्वरूप मृत्यु पनि हुन सक्छ ।

मृत्यु ः रिपोर्ट अनुसार जो व्यक्ति राति नौ घण्टाभन्दा बढी सुत्छन् उनीहरूको मृत्युदर सातदेखि आठ घण्टा सुत्ने व्यक्तिको तुलनामा निकै बढी हुन्छ । बढी सुत्दा विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्छ, जसले सीधै शरीरलाई प्रभावित गर्छ र मृत्युको सम्भावना बढ्छ ।

वजन बढ्नु ः बढी सुत्दा वजन बढ्छ  । हालै गरिएको अध्ययन अनुसार जो व्यक्ति राति नौ वा १० घण्टा सुत्छन्, उनीहरूमा सातदेखि आठ घण्टा सुत्ने व्यक्तिको तुलनामा छ वर्षको अवधिमा २१ प्रतिशत बढी मोटो हुने सम्भावना हुन्छ ।

शरीरमा पीडा ः बढी सुत्दा शरीरमा पीडासम्बन्धी विभिन्न समस्याहरू हुन्छन् ।

डिप्रेशन ः ओभरस्लिपिङ पनि डिप्रेशनको एउटा सम्भावित लक्षण मानिन्छ । जबकि अवसादबाट पीडित धेरैले अनिद्राको रिपोर्ट गर्छन्, लगभग १५ प्रतिशत मानिस बढी सुत्छन् । हालै गरिएको एउटा अध्ययन अनुसार कम सुत्नेको तुलनामा बढी सुत्ने व्यक्तिमा अवसादको लक्षण देखिएको छ ।

मधुमेह ः एउटा अध्ययनले दाबी गरेको छ कि जो व्यक्ति राति नौ घण्टाभन्दा बढी सुत्छन्, उनीहरूलाई मधुमेहको खतरा बढी हुन्छ । धेरै सुत्दा शारीरिक निष्क्रियता बढ्छ, जसबाट ग्लुकोजको स्तर बढ्छ र मधुमेहको जोखिम बढाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here