एउटा गीत नै छ : ना बाबा ना बाबा पिछवाडे बुढ्ढा खाँसता
- डा शिवशङ्कर यादव
छाती ः छातीमा दुईटा महŒवपूर्ण अङ्ग हुन्छ ः दुईटा फोक्सो र एउटा मुटु । दाहिने फोक्सोमा तीन र देब्रे फोक्सोमा दुई खण्ड हुन्छ । काटेपछि त्यसभित्र ठीक माहुरीको छाताजस्तै ५०० मिलियन सङ्ख्या भएको संरचना हुन्छ, जसलाई एल्भिओलस भनिन्छ, जसमा सFसबाट लिएको हावा भरिएको हुन्छ र एल्भिओलसबाट आक्सिजन त्यसको सतहमा भएको सूक्ष्म रक्तनलीमा जान्छ र कार्बनडाइआक्साइड अल्भियोलसको हावामा आउँछ र प्रश्वFसद्वारा बाहिर निस्कन्छ । यसरी फोक्साहरूले श्वFस प्रश्वFसद्वारा रगत सफा गर्छन् र मुटुले सफा रगतलाई जालजस्तै छरिएका धमनीद्वारा कोषकोषमा पु¥याउँछ । कफलाई फोक्सोले नै बाहिर फ्याँक्छ । बुढ्यौलीमा फोक्सो पनि बूढो हुन्छ र कफ राम्ररी बाहिर निकाल्न सक्दैन । त्यसैले बूढो मानिसलाई खसखस लाग्छ । मतलब ब्रोन्काइटिस र कफ बुढ्यौलीको खास रोग हो । चुरोट खाने मान्छेको फोक्सो गुलाफी हुनुको सट्टा कालो हुन्छ र क्यान्सरसमेत हुन्छ । चुरोटले दमको रोगी पनि बनाउँछ । दुवै फोक्सोको बीचमा छातीको देब्रेतिर एउटा मुटु हुन्छ जुन निरन्तर जीवनभर धडकिरहन्छ र एउटा पम्पले जस्तै सफा रगत पम्प गरिरहन्छ । यो आकारमा १२ह८ह६ सेमी हुन्छ । एक मिनेटमा मुटु ७२ पटक धडकिन्छ । एक धडकनमा मुटुले ७० मिलिलिटर, एक मिनटमा सात लिटर र प्रतिदिन १४,००० लिटर, एक वर्षमा १० मिलियन लिटर र पूरै जीवनमा एक मिलियन बैरेल रक्त पम्प गर्छ । जीवनभरिमा मुटु कम्तीमा ३९ मिलियन चोटी धडकिन्छ तर थाक्दैन । मुटु र रक्तनलीलाई मिलाएपछि कार्डियोभास्कुलर सिस्टम बन्छ । मुटु र रक्तनलीमा बुढ्यौलीमा हुने रोग ब्लडप्रेसर बढ्नु मुख्य हो । मुटुले रगतलाई रक्तनलीमा त्यसैगरी पम्प गर्छ, जसरी एउटा पम्पिङसेटले खेत पटाउने पाइपमा पानी पम्प गर्छ । रक्तनली लचिलो हुन्छ, जसले फैलिएर र खुम्चिएर रगतको दबाब सहन गर्छ । बुढ्यौलीमा रक्तनलीको भित्री सतह टुट्छ र त्यहाँ कोलेस्टेरोल जम्मा हुँदै जान्छ । यसले गर्दा रक्तनली साँघुरो त हुन्छ नै, अन्तमा कडा क्याल्सियममा परिणत हुन सक्छ । कडा क्याल्सियमले गर्दा रक्तनलीको लचिलोपन समाप्त हुन्छ र रक्तप्रवाहको बेला फैलिन सक्दैन । मतलब ब्लडप्रेसर बढ्छ र रक्तनली ठाउँठाउँमा फुटेर रगत निस्कन्छ, जसरी पम्पिङ सेटको पाइप फुटेर ठाउँठाउँबाट फोहोराजस्तै पानी निक्सन्छ । यो रगत जब ब्रेनमा फुट्छ, तब ब्रेनको खास भागलाई निष्क्रिय पारिदिन्छ र विभिन्न प्रकारका पक्षघातले मान्छे ग्रसित हुन्छ । भाग्यमानी मानिसमा यो रक्तनली नाकमा फुट्छ र मान्छेलाई केही पनि हुँदैन । साधारण उपचारले ठीक हुन्छ । यही हो बिपीको कहानी । शरीरका समस्त अङ्गमा मुख्य रक्तनलीबाट रक्तसञ्चार त हुन्छ नै तर केही कारणवश मुख्य सञ्चार बाधित भयो भने हरेक अङ्गमा कोलैटरल सञ्चार पनि हुन्छ । यसको मतलब हो मुख्य सञ्चार बन्द भएपनि अगलबगलबाट रक्तको आपूर्ति भइरहन्छ र अङ्गको सक्रियतामा कमी हुँदैन । यस्तो कोलैटरल सञ्चार मुटुमा भने हुँदैन । कस्तो गजब १ जसले सबैमा अङ्गमा रगत दिन दुईवटा व्यवस्था राखेको हुन्छ, त्यसले आफ्नो लागि भने एउटा मात्र व्यवस्था राखेको छ । एउटा कोरोनरी भन्ने धमनीबाट मुटुले काम चलाउँछ । यसै धमनीमा जब कुनै अवरोध हुन्छ भने कार्डियक अरेस्ट र हृदयघात हुन्छ ।
पेट ः पेटका दुई भाग हुन्छन् ः माथिल्लो र तल्लो पेट । माथिल्लो पेटभित्र दाहिनेपट्टि कलेजो र देब्रेपट्टि फियो तथा बीचमा अमाशय, अग्नाशय, आन्द्रा र पछाडिपट्टि कमरको हाडमा टाँसिएर दुईटा मिर्गौला बसेको हुन्छ । तल्लो पेटमा मूत्राशय र महिलामा पाठेघर र दुईटा अण्डाशय हुन्छ । सम्पूर्ण खानाको रस कलेजोमा नै ऊर्जा बन्छ र अन्यत्र जान्छ । फियो र बोनमैरो दुवैले रगत निर्माण गर्छन् । बुढ्यौलीमा कलेजो र फियोको रोग कमै लाग्छ । तर पानी कम खानेहरूको मिर्गौला फेल हुन सक्छ । दिनहुँ कम्तीमा दुई लिटर पानी खानैपर्छ । मिर्गौला फेल हुन लागेकाले थोरै पानी खानुपर्छ र फलफूल खानुहुँदैन । अमाशयको रोगमा अमाशय रसको असन्तुलनले गैस्ट्रिक हुन्छ । बुढ्यौलीमा आन्द्राको रोगमा कब्ज मुख्य हो । यो आन्द्राको गति सुस्त भएर तथा दिशा गराउने संवेदना घट्दै जाँदा हुन्छ । खानामा रफेजको मात्रा बढाएर र शौचको समय नियमन गरेर यसलाई काबुमा राख्न सकिन्छ । पाठकवृन्द १ के कुरा याद राख्नुस् भने पेटको मजबूती र कमजोरी आन्द्रामा उपस्थित गटब्याक्टेरियाको सङ्ख्या र समूहमा निर्भर गर्छ । यस ब्याक्टेरियाको ज्ञानले विज्ञानको एउटा नयाँ अध्याय खोलेको छ र नित्य यसमा रिसर्च भइरहेको छ ।
मूत्राशयः मूत्राशयमा ताल्चा हुन्छ, जसको एउटा साँचो हामीसँग इच्छाको रूपमा र अर्को स्वयम् शरीरमा हुन्छ । जुन बेला हामी इच्छा गर्छौं साँचो लाग्छ । त्यसै बेला शरीरले पनि आफ्नो साँचो प्रयोग गर्छ । दुवैको मिलान भएपछि मात्र हामी पिसाब गर्न सक्छौं । यदि हामीले मात्र इच्छा ग¥यौं, शरीरको साँचोले काम गरेन भने पिसाब फेर्न सकिन्न । त्यस्तै शरीरले आफ्नो साँचो लगायो तर हाम्रो इच्छाको साँचो लागेन भने पनि पिसाब हुँदैन । वीरगंजमा पिसाब लागेको छ भने गण्डक पुगेर पिसाब फेर्ने इच्छा गर्न सक्छौं । तर मूत्राशयको क्षमता ५०० सिसी मात्र हुन्छ । त्यसभन्दा बढी भयो भने कुनै नियम र ताल्चा–साँचो काम लाग्दैन । पिसाब आफैं हुन्छ । तीन वर्षसम्मको बच्चामा केवल शरीरको साँचोले ओछ्यानमैं पिसाब गराइदिन्छ । बुढ्यौलीमा यी दुवै साँचोको तालमेल मिल्दैन र नचाहँदा पनि पिसाब हुन्छ । पिसाब नलीको भल्भ कमजोर भइसकेको हुन्छ र अलिअलि पिसाब आइरहन सक्छ जसलाई ड्रिब्लिङ अफ युरीन भनिन्छ । यसको अलावा पिसाब नली चारैतिरबाट प्रोस्टेट ग्रन्थिले घेरिएको हुन्छ । प्रोस्टेट बुढ्यौलीमा आफैं बढ्छ, जसरी कपाल आफैं सेतो हुन्छ । जब बढी मात्रामा बढ्छ, यसले पिसाब नलीलाई चारैतिर बाट च्यापिदिन्छ र पिसाब हुन पाउँदैन । तब पाइप लगाएर पिसाब गराइन्छ । १३ वर्षको उमेरमा टेस्टेस्टेरोन हार्मोनले शिश्न र प्रोस्टेट ग्रन्थिमा वृद्धि गराइ सक्रिय बनाउँछ । जब बुढ्यौलीमा टेस्टोस्टेरोनको कमी हुन्छ, तब प्रोस्टेट त्यस्तै बढ्छ, जसरी आयोडिनको कमीमा गलगाड हुन्छ । अर्थात् अङ्गले त्यो कमी आफ्नो आकार बढाएर पूर्ति गर्न चाहन्छ । महिलामा मात्र तल्लो पेटमा दुईवटा अन्डाशय हुन्छ, जसले अन्डा बनाउनको साथै स्त्री हार्मोन पनि बनाउँछ । तर पुरुषमा बाहिर झुन्डिएको दुईवटा अन्डकोषको थैलीमा टेस्टिकल हुन्छ, जसले शुक्रकीटका साथै पुरुष हार्मोन पनि निर्माण गर्छ । बाहिर त्यो यस कारण झुन्डिएको हुन्छ कि पेटभित्रको बढी तापक्रम सहन सक्दैन । अतः अद्भुत प्रकृतिले नै त्यसलाई बाहिर झुन्ड्याइदिन्छ । तल्लो पेटमा पाठेघर हुन्छ, जसमा नौ महीनासम्म बच्चा सिञ्चित हुन्छ । सिञ्चित भएन भने महीनावारीको रूपमा हरेक महीना पाँच दिनको दरले रगत बाहिर निस्कन्छ । ४५ वर्षपछि महीनावारी बन्द हुन्छ । बुढ्यौलीमा प्रायः पाठेघर खस्ने बिमारी हुन्छ । किन ? जस्तै कुनै राउटी डोरीले तानिएर अडेको हुन्छ, त्यस्तै पाठेघरलाई तानेर अडाउने डोरी अथवा लिगामेन्ट हुन्छ । राउटीको डोरी खोल्नुस्, राउटी तल झर्छ । त्यस्तै बुढेसकालमा लिगामेन्ट खुकुलो हुन्छ र पाठेघर तल झर्छ । यसलाई शल्यक्रिया गरेर ठीक पारिन्छ वा काम छैन भने निकालिदिनुपर्छ । महिलामा बुढ्यौलीको अर्को समस्या मिनोपाज हो । ४५ देखि ५० वर्षमा महीनावारी बन्द हुन्छ, यसैलाई मिनोपFज भनिन्छ । जसरी महीनावारी शुरू हुँदा केही समय हार्मोनको असन्तुलन हुन्छ र पछि सन्तुलित हुन्छ, त्यस्तै महीनावारी बन्द हुने बेला पनि हार्मोनको गडबडी हुन्छ, जुन केही समयपछि ठीक हुन्छ । यसबीच महिलामा चिडचिडापन, बेचैनी, अत्यास र डिप्रेशन हुन सक्छ । जुन धैर्य, त्यस अवधिमा हुने परिवर्तनको जानकारी र कहिलेकाहीं औषधिले निको हुन्छ ।
माथिल्लो पेटमा हुने अग्नाशय पनि एउटा मुख्य अङ्ग हो, जसले पचाउन क्रिया गर्नुका साथै इन्सुलिन हार्मोन पनि निर्माण गर्छ । यसको इन्जाइम भने नलीबाट आन्द्राको पहिलो भागमा आएको खानाको प्रोटिन आदिलाई पचाउने काम गर्छ । यसको हार्मोन निकाल्ने भागलाई आइसलेट अफ लैंंगरहेन्स भनिन्छ । त्यसमा दुई प्रकारको सेल हुन्छ ः अल्फा र बिटा । अल्फाले ग्लुकागोन हार्मोन निकाल्छ, जसले रगतमा चिनी बढाउँछ । बिटासेलले इन्सुलिन हार्मोन निकाल्छ, जसले चिनीलाई पचाएर रगतमा चिनीको मात्रा कम गर्छ । रगतमा चिनीको मात्रा खाली पेटमा ७० देखि १२० मिली र खाएको दुई घण्टापछि १४० सम्म हुन्छ । यसभन्दा बढी छ भने चिनी रोग भएको मानिन्छ र खाना घटाइ वा औषधिले उपचार गर्नुपर्छ । खानामा पाँच तŒव हुन्छन् ः कार्बोहाइड्रेट, प्रोटिन, फैट, भिटामिन र मिनरल । कार्बोहाइड्रेटबाट चिनी बन्छ, जसले ऊर्जा दिन्छ, प्रोटिनबाट एमिनो एसिड बन्छ, जसले सेलको निर्माण गर्छ र फैटले ऊर्जाको साथै भित्री अङ्गहरूको बेड बनाउँछ । भिटामिन र मिनरलले मुख्य सहायकको भूमिका निर्वाह गर्छन् । रगतमा चिनीको सन्तुलन ग्लुकागोन र इन्सुलिन मिलेर गर्छन् । जब रगतमा चिनी कम हुन्छ, तब ग्लुकागोनले बढाइदिन्छ र जब बढी हुन्छ, तब इन्सुलिनले घटाइदिन्छ । यही इन्सुलिन जब निस्कँदैन, तब टाइप १ डायबिटिज र निस्केर पनि काम गर्दैन भने टाइप २ डायबिटिज हुन्छ । बुढ्यौली र अधबैंसे उमेरमा चिनीको बिमारी हुन्छ । अतः यस उमेरमा चिनी जचाइरहनुपर्छ ।
यसको अलावा बुढ्यौलीमा मांसपेशी र अङ्गप्रत्यङ्ग शिथिल भएर चालमा पनि कमी आउँछ । मान्छे थोरै हिंड्दा पनि थाक्छ । हातखुट्टा काम्न थाल्छ, जसलाई पार्किंन्सन डिजिज भनिन्छ । बुढ्यौलीमा पारालिसिस हुने सम्भावना रहन्छ
उपचार ः बुढ्यौली कुनै रोग होइन, जसको उपचार गरियोस् । यो शरीर र मन बिस्तारै ओइलाउँदै जाने प्रक्रिया हो, जसलाई रोक्न सक्ने शक्ति आजसम्म कसैसँग छैन । वैज्ञानिकहरूले धेरै खोज गरेर त्यसलाई रोक्न सक्ने घोषणा गरे पनि केही दिनमैं हात्ती आयो हात्ती आयो फुस्सा भयो । हार्मोनको खोज भएपछि जवानीको कुँजी नै प्राप्त गरेजस्तो भयो । तर त्यसको प्रयोगले उल्टो असर ग¥यो । त्यस्तै अर्को खोजमा पनि लागू भयो । त्यसैले आजको तारिखसम्म बुढ्यौलीलाई रोक्न त सकिन्न तर लम्ब्याउन र आरामदायक तथा सुविधाजनक भने बनाउन सकिन्छ । हालैको खबर हो– चिनी रोगको औषधि मेटफोर्मिनको साथ अर्को औषधि मिलाएर वैज्ञानिकहरूले बुढ्यौलीको क्रिया कम गर्ने दाबी गरिरहेका छन् । तर बुढ्यौलीलाई आरामदायी बनाउनको लागि जीवनमा अङ्ग्रेजीको म्भ्त्त् लागू गर्न जरुरी छ– जहाँ ‘डी’को मतलब डाइट, ‘ई’को मतलब एक्सरसाइज, ‘टी’को ट्रमा र ‘टी’को मतलब टाक्सिन हुन्छ । डाइटमा सन्तुलित भोजन सबै उमेर र बुढ्यौलीमा पनि जरुरी छ । तर मुख्य कुरा के हो भने बुढ्यौलीमा ऊर्जाको आवश्यकता कम हुन्छ । त्यस कारण भोजनमा ऊर्जा होइन कोषको वियर र टियर मरम्मत गर्ने प्रोटिन र भिटामिन तथा मिनरल बढी आवश्यक हुन्छ । मांसाहारमा सैचुरेटेड फैटी एसिड हुन्छ र रक्तनलीलाई कडा बनाउँछ । त्यसैले भेजिटेरियन हुुनु नै बेस, जसमा अनसैचुरेटेड फैटिएसिड हुन्छ, जसले रक्तनलीलाई लचिलो बनाइराख्छ । पानी प्रशस्त खानुपर्छ । ‘ई’को मतलब हुन्छ एक्सरसाइजः बूढापामा कडा व्यायाम वर्जित छ । जिम फिम र दौड आदि बूढा मानिसले गर्न सक्दैन । योग र वाक यस उमेरमा सबैभन्दा राम्रो र साथै जरुरी व्यायाम हो । योगमा पनि कडा खाले योग होइन सहज र सुखासनमा गर्ने योग गरे पुग्छ । वाकमा १० हजार पाइला, नसके सात हजार, त्यो पनि नसके कम्तीमा चार हजार पाइला हिंडे पुग्छ । यतिले शरीरलाई सक्रिय राख्छ । दिमागलाई सक्रिय राख्न चेस, सुडोकु वा त्यस्तै मनोरञ्जक खेल खेल्न सकिन्छ । अध्ययन मननले मस्तिष्कलाई सक्रिय राख्न मदत गर्छ । तर सबैभन्दा बढी उपयोगी समय–समायोजन हो । समयमा खानु, समयमा सुत्नु आदि समयबद्ध र नियमित भयो भने बूढापाका सुख र आरामले लम्ब्याउन सकिन्छ । पहिलो ‘टी’को मतलब हुन्छ ट्रमा । मतलब शरीरमा आघात पर्न नदिनु । बूढापाका बाहिरभन्दा बढी घरभित्र दुर्घटना हुन्छ । चापाकलमा वा बाथरूममा चिप्लेर एक्सिडेन्ट हुन्छ र कहिलेकाहीं मृत्यु नै हुन्छ । त्यस्तोबाट जोगिनुपर्छ । टायलेटमा स्क्वाटिक होइन, कमोड पैन लगाउनुस् । दोस्रो टीको मतलब हुन्छ टाक्सिन । मतलब कुनै प्रकारको मादक पदार्थ लिनुहुँदैन । चुरोट बिडीलाई हात पनि नलगाउनुस् । त्यसमा करीब १६००० कार्सिनोजेन पाइन्छ । ५० वर्षको उमेरमा पनि यदि धूमपान छाडियो भने त्यसबाट हुने ५० प्रतिशत रोगबाट जोगिन सकिन्छ । दोस्रो टाक्सिन हो मदिरा । बुढेसकालमा एक पेग मदिरा दुई पेग बराबर हुन्छ । मतलब यो कि जवानले जति रक्सी पचाउन सक्छ, त्यसको आधा मात्र एउटा बूढो मान्छेले पचाउन सक्छ । त्यसमा मज्ज के भने बूढाहरूलाई रक्सीले बढी आकर्षित गर्छ । रक्सी खाएपछि एक मिनेटभित्रै कलेजोमा धुआँधार डिटाक्सिफिकेशन शुरू हुन्छ । यस्तो भएन भने मानिस तत्काल मर्छ । त्यसमा पनि बूढो मानिसमा यस डिटोक्सिफिकेशनको क्रिया जवान मान्छेभन्दा सुस्त हुन्छ । त्यसैले रक्सीलाई पनि बिदा गर्नुस् ।
यी सबैभन्दा बढी महŒवपूर्ण कुरा यो हो कि बुढ्यौलीमा आफ्नो हात नै जगन्नाथ हुन्छ । मतलब यो कि सकभर अरूको सहारा लिंदै नलिनुस्, आफ्नो काम आफैं गर्नुस् । खान, पिउन, बाथरूम जान आफैंले गरेको बेस । बालबच्चाले तपाईंलाई सहयोग गरेर अपाङ्ग बनाइदिन सक्छन् । मेरो बुवालाई घुँडाको दुःखाइ भयो । हिंड्न असमर्थ उनलाई मैले ह्वीलचेयर किनिदिएँ । उनी पनि मख्ख । तर केही दिनपछि उनी अपाङ्ग भए । त्यस्तो अवस्थामा आफैं अथवा लठीको सहाराले हिंड्नुपर्छ । अपाङ्ग भएपछि कुनै उपाय काम लाग्दैन । अरूको सहारा नभई नहुने छ मात्र लिनुस् र ध्यान राख्नुस् कि अरूको सहारा लिंदा तपाईंको क्रियाशीलतामा कुनै कमी नहोस् ।
एउटा कुरा अरू १ बुढ्यौली रोग होइन, तर सम्पूर्ण रोगको घर हो । मतलब यो कि बुढ्यौलीमा इम्युनिटी कम हुने हुनाले कुनै पनि रोगले शीघ्र च्याप्छ । जवानीमा टिबी भएर छुटेको छ भने पनि बुढ्यौलीमा फेरि बल्झन सक्छ । कोरोना आएको थियो । त्यसले बूढाहरूलाई यसै कारणले बढी गाँज्यो । यो कुरा अन्य रोगमा पनि लागू हुन्छ । अतः यस कुरामा सचेत रहनुपर्छ । अस्तु १