सुँघ्ने क्षमता कमजोर हुनु गम्भीर रोगको सङ्केत पनि हुन सक्छ । यसबाट अल्जाइमर र पार्किन्सन्सजस्तो न्युरोडिजेनेरेटिभ रोगको खतरा रहन्छ साथै डिप्रेशन हुने सम्भावना पनि बढ्छ । अमेरिकामा जोन हपकिन्स मेडिसिनका वैज्ञानिकले गरेको शोध अनुसार जुन व्यक्तिको सुँघ्ने क्षमता जति कमजोर हुन्छ उसको मानसिक स्थिति पनि खराब हुन थाल्छ । यस शोधमा सहभागी प्राध्यापक विद्या कामथले भनिन्– मानिसमा सुँघ्ने क्षमताले धेरै कुरालाई प्रभावित गर्छ । अध्ययनले यस सङ्केतलाई बेकार संज्ञान र सुजनसँग जोडेर हेरेको छ । यो अध्ययन आठ वर्षसम्म भएको थियो र यसमा दुई हजार व्यक्ति सहभागी भएका थिए । लक्षण महसूस भएपछि तुरून्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
शोधमा सहभागी प्राध्यापक कामथले भनिन्– जब कसैको सुँघ्ने क्षमता कमजोर हुन्छ तब यो अल्जाइमर र पार्किन्सन्सजस्तो न्युरोडिजेनेरेटिभ रोगको सङ्केत पनि हो । यस अवस्थामा चाँडै चिकित्सकसँग सल्लाह लिनुपर्छ । साथै जो व्यक्ति डिप्रेशनबाट ग्रस्त छन् उनीहरूले पनि यथाशीघ्र चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।