– सञ्जय मित्र
सिर्जना, समालोचना र भाषाका त्रिवेणी साहित्यकार गोपाल ‘अश्क’ नेपाली, हिन्दी र भोजपुरी भाषाका विशिष्ट साधक हुन् । साहित्यका प्रायः सबैजसो विधाका सिद्धहस्त सर्जक ‘अश्क’ अनुवाद विधालाई पनि उचाइमा पु¥याउने अनुवादक पनि हुन् । देश र विदेशमा सुप्रसिद्ध साहित्यकार ‘अश्क’ले साठी दशक भौतिक उमेर पार गर्दै गर्दा उनको साहित्यिक जीवनको मूल्याङ्कन हुनु आवश्यक थियो । साहित्य सिर्जनामा निरन्तर साधनारत् ‘अश्क’को समग्र साहित्यिक जीवनको मूल्याङ्कन गर्ने ग्रन्थ प्रकाशित भएको छ – साहित्यकार गोपाल ‘अश्क’ ।
तन्नेरी प्रकाशन, काठमाडौंले प्रकाशन गरेको ‘अश्क’को सम्पूर्ण इतिवृति समेटिएको कृतिको पहिलो खण्डमा डा. विश्वम्भरकुमार शर्माले ‘गोपाल अश्कको जीवनी, व्यक्तित्व र कृतित्व’माथि प्रकाश पारेका छन् । पर्साको भेडिहारी–१ मा वि.स. २०१९ पिता सुरुज साह सोनार र माता पतियादेवी सोनारिनको कोखबाट जन्मेका ‘अश्क’ स्नातकोत्तर हुन् । ‘बज्जिकाञ्चल’ पाक्षिक पत्रिकाबाट युवावस्थामा पत्रकारिता आरम्भ गरेका ‘अश्क’को साहित्यिक लेखन पनि सन् १९८१ मा भएको देखिन्छ । कक्षा ८ बाट साहित्य सिर्जना गर्न थालेका ‘अश्क’को पहिलो कृति ‘कजरी’ खण्डकाव्य २०४७ मा प्रकाशित भएको छ । त्यसपछि निरन्तर साहित्यिक यात्रामा करीब तीन दर्जन कृति प्रकाशित छन् । खण्डकाव्य, महाकाव्य, गीत, कथा, लघुकथा, उपन्यास, गजल, नाटकजस्ता सिर्जना विधा र अनुसन्धान, समीक्षा, समालोचना, अनुवाद, व्याकरणलगायत क्षेत्रमा पनि ‘अश्क’को साधनाको विस्तार भएको छ । शब्दकोशका साथै पाठ्यक्रम निर्माण र लेखनमा सक्रिय रहँदै ‘अश्क’को व्यक्तित्वको उचाइ सम्पादन तथा प्रकाशनसम्म पुगेको छ । ‘अश्क’ले विभिन्न साहित्यिक पत्रिकाको विशेष सम्पादन गर्नुका साथै भोजपुरी पत्रिका गमकको पनि प्रकाशन सम्पादन गरेका छन् । गैरसाहित्यिक पत्रिकाको सम्पादन गरी ‘अश्क’ले पत्रकारितासमेत गरेका छन् । ‘अश्क’ले विभिन्न पत्रपत्रिकामा स्तम्भलेखन पनि गरेका छन् । दर्जनौं प्रशंसापत्र, सम्मानपत्र, अभिनन्दनपत्रबाट सम्मानित ‘अश्क’ अनेक पुरस्कारबाट पुरस्कृत भएका छन् ।
कृतिको दोस्रो खण्ड ‘सम्बन्ध र संस्मरण’ रहेको छ । यस खण्डमा ‘अश्क’सित सम्बन्धित विभिन्न व्यक्तित्वका लेखरचना रहेका छन् । यस खण्डमा ‘अश्क’माथि विभिन्न साहित्यकारको दृष्टिकोण रहेको छ जसले धेरै हदसम्म ‘अश्क’को मूल्याङ्कन गर्न सफल भएको देखिन्छ । डा. धु्रवचन्द्र गौतमले गोपाल अश्क : चौथाई शताब्दी शीर्षकमा अश्कको सटिक मूल्याङ्कन गरेका छन् । सनत रेग्मीले मेरा अनुज : मेरा मित्र गोपाल अश्क शीर्षकमा भाइ र मित्र अश्कसित सम्बन्ध केलाएका छन् । मोहन दुवालले भोजपुरी र नेपाली भाषाका सर्जक गोपाल अश्क शीर्षकमा अश्कसितका विभिन्न आयामहरू केलाएका छन् । प्रा.डा.नारायणप्रसाद खनालले यतिबेला कुन कृति सृजना गर्दै हुनुहुन्छ ? शीर्षकमा पत्रात्मक शैलीमा ‘अश्क’को लेखनशैलीको मूल्याङ्कन गरेका छन् । वियोगी बुढाथोकीले सजिलो उच्चारणका सजिला मान्छे शीर्षकमा भावनात्मक आलेख लेखेका छन् । मधेसरत्नको उपाधि पाइसकेका ‘अश्क’लाई रमेश गोर्खालीले तराईरत्न गोपाल अश्कको भाषिक साधना शीर्षकमा शीर्षानुकूल मूल्याङ्कन गरेका छन् । रामप्रसाद पन्तले गोपाल भाइका नाममा केही शब्द शीर्षकमा एक यात्राको क्रममा अश्कसित भएको उठबस र बसाइँबाट परिचित भएको भन्दै हृदय खोलेर प्रशंसा गरेका छन् । दिव्य गिरीले ‘अश्क’लाई साहित्यका त्रिवेणी भनेका छन् । पवन आलोकले ‘अश्क’लाई बहुमुखी प्रतिभाका धनीको रूपमा प्रमाणित गरेका छन् । शीतल गिरीले गोपाल अश्क ः चिनारी परिचर्चा शीर्षकमा ‘अश्क’का विभिन्न कृतिहरूमा अग्रजहरूले गरेका प्रशंसालाई उल्लेख गर्दै जीवनलाई नै वाङ्मयको संज्ञा दिएका छन् । डिल्लीराम मिश्र ‘कलमजीवी’ले साहित्यकार गोपाल अश्कका समाजप्रधान स्वीकृति ः सम्मान तथा पुरस्कार शीर्षकमा ‘अश्क’प्रति पुरस्कार तथा सम्मानहरूले न्याय गरेको स्पष्ट पारेका छन् । विश्वराज अधिकारीले साहित्यकार गोपाल अश्कको साहित्यिक व्यक्तित्व शीर्षकमा मुख्यतः काव्य र गजल व्यक्तित्वको सङ्क्षिप्त मूल्याङ्कन गरेका छन् । श्रीओम श्रेष्ठ ‘रोदन’ले चिन्ने कि चिनाउने शीर्षकमा ‘अश्क’लाई चिन्दाचिन्दै चिनाउनुपर्ने भएको निष्कर्ष निकालेका छन् । चन्द्रकिशोरले भोजपुरीका गोपाल अश्क शीर्षकमा भोजपुरी भाषा र साहित्यका एक सपूतको रूपमा चिनाएका छन् । रोशन थापा ‘नीरव’ले मेरो मित्र गोपाल शीर्षकमा व्यस्त ‘अश्क’को परिचय दिन खोजेका छन् । एक्लो यात्री शीर्षकमा माधव काप्mलेले ‘अश्क’लाई एक साधक साबित गर्ने प्रयास गरेका छन् । गणेशप्रसाद लाठले एक मनमौजी यात्री…गोपाल अश्क शीर्षकमा ‘अश्क’को साहित्यिक सङ्घर्षबारे भावनात्मक प्रकाश पारेका छन् । खगेन्द्र गिरी ‘कोपिला’ले ‘अश्क’लाई अलखियाको अलख जगाउने कविको संज्ञा दिएका छन् भने तुलसीहरि कोइरालाले बहुविधामा बगेका अश्कलाई भेटेका छन् । सञ्जय मित्रले फरासिला अश्क शीर्षकमा शीर्षकानुकूल विवेचन गरेका छन् भने होमशङ्कर बास्तोलाले काव्ययात्रामा भेटिएका साहित्यिक व्यक्तित्व गोपाल अश्क शीर्षकमा विभिन्न विधा र भाषाको साहित्यकारको रूपमा ‘अश्क’लाई चिनाएका छन् । श्यामबहादुर (खड्का) भावुकले साहित्यकार गोपाल अश्क शीर्षकमा कविता लेखेर ‘अश्क’को जीवनीमूलक परिचय दिएका छन् । राजेश खनालले रउआ भूल गइल बानी शीर्षकमा ‘अश्क’सितको मित्रता र क्षमताको सन्दर्भ उल्लेख गरेका छन् । गङ्गा कर्माचार्य पौडेलले मेरा प्रिय भाइ गोपाल अश्क शीर्षकमा ‘अश्क’को कृतिकारिताको परिचय दिंदै आपूm प्रभावित भएको बताएका छन् । विनयराज गौतमले मैले जाने बुझेको साहित्यकार गोपाल अश्क शीर्षकमा आकाशको ताराझैं चम्कने साहित्यकारको उपमा दिएका छन् । यसरी दोस्रो खण्डमा विभिन्न सर्जकहरूले ‘अश्क’को व्यक्तित्व तथा कृतित्वको मूल्याङ्कन गरेका छन् ।
खण्ड तीन कुराकानी वा अन्तर्वार्तासित सम्बन्धित छ । अन्तर्वार्तामार्फत अश्कको भाषा, साहित्य र जीवनका अन्य विभिन्न पाटाहरूसित सम्बन्धित विचारहरूको प्रस्तुति यस खण्डमा रहेका छन् । मोहन दुवालसित ‘जनमत’का लागि गरिएको कुराकानी, शीतल गिरीले शब्द संयोजनका लागि गरेको कुराकानी, गोपाल ठाकुरले मधुपर्कका लागि गरेको कुराकानी, बलराम अधिकारीले गरेको अनुवाद केन्द्रित कुराकानी, विनयकुमार शर्मा नेपालले अग्निचक्र राष्ट्रिय मासिकका लागि गरेको कुराकानी, तर्कबहादुर थापाले डिसी नेपालका लागि गरेको कुराकानी, नवराज रिजालले नवप्रज्ञापनका लागि गरेको कुराकानी आदि यस खण्डमा रहेका छन् । यस खण्डले ‘अश्क’बाटै ‘अश्क’लाई चिनाउन धेरै सहयोग गरेको छ ।
कृतिको चौथो खण्डमा ‘अश्क’को कृतित्व र मूल्याङ्कन प्रस्तुत गरिएको छ । प्रा.डा. दयाराम श्रेष्ठले कथाकार गोपाल अश्क र उनको कथाकारिता शीर्षकमा ‘अश्क’को अत्यन्त सङ्क्षेपमा प्रवृत्तिगत मूल्याङ्कन गरेका छन् । डा. धु्रवचन्द्र गौतमले एक बित्ताको दूरीमा गोपाल अश्क शीर्षकमा ‘अश्क’को परिचय प्रस्तुत गर्दै उनको एक बित्ताके दूरी भोजपुरी नाटकको समीक्षा गरेका छन् । प्रा.डा. गोविन्दराज भट्टराईले स्रष्टा भाइ गोपाल अश्क शीर्षकमा कथाकार गोपाल अश्कबारे प्रकाश पारेका छन् । प्रा.डा. कुमारप्रसाद कोइरालाले समालोचक गोपाल अश्क शीर्षकमा ‘अश्क’को समालोचकीय प्रवृत्ति केलाउने काम गरेका छन् । प्रा.डा. गोपीन्द्र पौडेलले स्रष्टा गोपाल अश्क र उनको तिमी भन्नेहरू कथन शीर्षकमा ‘अश्क’को एउटा कथाको विश्लेषण गरेका छन् । डा. शैलेन्द्रप्रकाश नेपालले महाकाव्यकार गोपाल अश्क र महाकवि देवकोटा पुरस्कार शीर्षकमा ‘अश्क’लाई शीर्षकोल्लिखित पुरस्कार प्रदान गर्दाको निर्णयलाई महŒव दिएका छन् । डा. नारायणप्रसाद शर्मा गैरेले नेपाली गजलको विकासमा गोपाल अश्कको योगदान शीर्षकमा र डा. एकनारायण पौड्यालले गोपाल अश्कका कथामा स्थानीय रङ शीर्षकमा शीर्षकानुकूल विश्लेषण गरेका छन् । यसैगरी स्रष्टा गोपाल अश्क र उनको गजल महाकाव्य प्रेमान्तर शीर्षकमा डा. नारायण चालिसेले प्रेमान्तर गजल महाकाव्यको मूल्याङ्कन गरेका छन् । डा. पुष्करराज भट्टले नेपाली लघुकथाको अनुसन्धान परम्परामा गोपाल अश्क शीर्षकमा ‘अश्क’को लघुकथाकारिता तथा उनको सैद्धान्तिक कृतिको विश्लेषण गरेका छन् । रमेशमोहन अधिकारीले नइहरके चुनरीमा महिलाको स्थान तथा विवेक वाइवाले गीत–गन्ध नियाल्दा शीर्षकमा ‘अश्क’को रचनाधर्मिताको मूल्याङ्कन गरेका छन् ।
कोण/प्रतिकोण पाँचौ खण्ड हो कृतिको । यस खण्डमा प्रा. प्रेमकुमार खत्रीले अभिन्न मित्र गोपाल अश्क र प्रा.डा. कृष्णहरि बरालले यसपटक गोपाल अश्क शीर्षकमा सोही अनुरूप टिप्पणी गरेका छन् ।
छैटौं खण्ड हो– समीक्षा/समालोचना र भूमिका । यस खण्डमा ‘अश्क’का कृतिहरूबारे विभिन्न समयमा प्रकाशित समीक्षा/समालोचना तथा कृतिमा प्रकाशित भूमिकाहरू रहेका छन् । प्रा. राजेन्द्र सुवेदीले निदाउन नसकेका रातहरू सङ्ग्रहका कथाहरूमा सामाजिक, सांस्कृतिक विम्ब शीर्षकमा, प्रा. डा. व्रतराज आचार्यले भानुभक्तका काव्यकृतिको अनुवाद परम्परामा एउटा अर्को खुड्किलो शीर्षकमा तथा प्राडा ज्ञानु पाण्डेले गोपाल अश्कका कथाहरूमा शीर्षकमा चर्चा गरेका छन् । डा पाण्डेको समालोचनाले अश्कको कथाकारितालाई चिनाउन एक कोणबाट निकै सहयोग गर्ने देखिन्छ । रमेश गोर्खालीले प्रेमान्तर महाकाव्यमा गोपाल अश्कको समुद्देश्य शीर्षकमा प्रेमान्तर महाकाव्यको उद्देश्यबारे प्रकाश पारेका छन् । यसै गरी प्राडा हेमनाथ पौडेलले भोजपुरी साहित्यमा नयाँ उपलब्धि आधुनिक भोजपुरी समालोचना शीर्षकमा, प्राडा लक्ष्मणप्रसाद गौतमले प्रेमान्तरमा विम्बविधान शीर्षकमा, प्राडा कपिल लामिछानेले गोपाल अश्कको आजको लक्ष्मण लघुकथा शीर्षकमा, डा घनश्याम न्यौपाने परिश्रमीले गोपाल अश्कका गजलमा प्रयुक्त शास्त्रीय बहरहरूको निरूपण शीर्षकमा ‘अश्क’का कृतिहरूको मूल्याङ्कन गरेका छन् । यसैगरी डा गीता त्रिपाठीले गोपाल अश्कका निदाउन नसकेका रातहरू शीर्षकमा, ज्ञानु अधिकारीले लघुकथा : प्रक्रिया र पाठमा विधाचेतना शीर्षकमा, धीरकुमार श्रेष्ठले कालो गुलाफको विम्ब शीर्षकमा तथा नवराज रिजालले भाउजूको पसल कथा र कथाकारको अभिव्यञ्जना शीर्षकमा ‘अश्क’को रचनाधर्मिताबारे चित्रण गरेका छन् ।
कृतिको सातौं खण्ड रहेको छ – भोजपुरी भाषा र साहित्यमा गोपाल अश्क । यसमा गोपाल अश्कले भोजपुरी भाषा र साहित्यमा दिएको योगदानको विस्तारपूर्वक चर्चा गरिएको छ । डा. ब्रजभूषण मिश्रले महाकवि गोपाल अश्क आ उनकर प्रबन्धकाव्य शीर्षकमा ‘अश्क’को खण्डकाव्य र खण्डकाव्यकारिताबारे विश्लेषण गरेका छन् । स्व. पं.दीपनारायण मिश्रले धँधोर ः नेपाल में भोजपुरीके पहिलका महाकाव्य शीर्षकमा चर्चा गरेका छन् । स्व. पाण्डेय कपिलले लेखेको आमुख नइहरके चुनरीके चर्चा गरेका छन् भने डा हरीश हिमकरले अनुभूति दंशपर बतिआत गजल शीर्षकमा सामान्य चर्चा गरेका छन् । प्रो.डा. जयकान्त सिंह ‘जय’ले गोपाल अश्क आ भोजपुरी शीर्षकमा, डा गोपाल ठाकुरले धँधोर ः प्रगतिशील चिन्तन में महाकवि अश्क शीर्षकमा तथा दिनेश गुप्ताले एगो असाधारण प्रतिभा गोपाल अश्क शीर्षकमा ‘अश्क’को मूल्याङ्कन गरेका छन् । भोजुरी भाषा र साहित्यको उन्नयनमा अश्कले खेलेको भूमिकाको सही मूल्याङ्कन यस खण्डमा गरिएको छ ।
आठौं खण्ड ‘हिन्दी साहित्यमा गोपाल अश्क’ रहेको छ । यस खण्डमा प्रा. डा. केशवप्रसाद उपाध्यायले पर्वतों की ओट में गोपाल अश्क शीर्षकमा ‘अश्क’को गीत गजलको प्रशंसा गरेका छन् । ‘अश्क’को ‘मानिनी’ कविता सङ्ग्रहबारे टिप्पणी गर्दै डा. धु्रवचन्द्र गौतम गोपाल अश्ककी मानिनी शीर्षकमा तथा डा. रामदयाल राकेशले गोपाल अश्क और उनका आग का मौसम कविता सङ्ग्रहबारे राम्ररी चर्चा गरेका छन् । प्राडा उषा ठाकुरले गोपाल अश्क की रूबाइयाँ शीर्षकमा, डा ब्रजभूषण मिश्रले श्री गोपाल अश्क ः भोजपुरीको समर्पित व्यक्तित्व शीर्षकमा, डा. सनतकुमार बस्तीले अधरों के खिलाफ में गोपाल अश्क शीर्षकमा, डा संजीता वर्माले मेरी नजर में मेरे दोस्त अश्क शीर्षकमा, डा. श्वेता दीप्तिले अश्क को जितना मैने जाना शीर्षकमा, तथा विनोदकुमार विश्वकर्माले गोपाल अश्क ः व्यक्तित्व और कृतित्व शीर्षकमा विभिन्न कोणबाट ‘अश्क’को हिन्दी साहित्यमा योगदानबारे विश्लेषण गरेका छन् । यसैगरी डा. ऐनुल बरैलबीले साहित्यकाश के चमकते सितारे – गोपाल अश्क शीर्षकमा, कुमार सच्चिदानन्दले जीवन के गहरे रंग की गजलें शीर्षकमा, सीताराम प्रकाशले अश्क भोजपुरी के गौरव मधेस के सपूत शीर्षकमा तथा विधान आचार्यले नेपाली और हिन्दी साहित्य के सेतु के रूप में भानुभक्त की कवितायें शीर्षकमा ‘अश्क’ले हिन्दी साहित्यमा पु¥याएको योगदानको समीक्षा गरेका छन् । यसरी यो खण्डमा ‘अश्क’ले हिन्दी साहित्यमा खर्चेको युगको विश्लेषण गरिएको छ ।
ग्रन्थको अन्त्यमा साहित्यकार गोपाल ‘अश्क’का विभिन्न विशिष्ट व्यक्तित्वहरूसितका फोटाहरू, ‘अश्क’ले प्राप्त गरेका सम्मानपत्र तथा प्रशंसापत्रका फोटाहरू, ‘अश्क’का विभिन्न कृतिका कभरपृष्ठका तस्वीरहरू राखिएका छन् ।
समग्रमा नेपाली, हिन्दी तथा भोजपुरी भाषाका चर्चित साहित्यकार गोपाल ‘अश्क’को व्यक्तित्व, कृतित्व तथा भाषिक योगदानको उच्च मूल्याङ्कन गर्ने कृतिको रूपमा यस कृतिलाई लिन सकिन्छ । यसले नेपाली साहित्य, हिन्दी साहित्य तथा भोजपुरी साहित्य जान्न चाहनेहरूका लागि पनि विभिन्न आयाममा सन्दर्भ ग्रन्थको काम गर्ने विश्वास लिन सकिन्छ । गोपाल ‘अश्क’को समग्र मूल्याङ्कन गर्ने यस कृतिको प्रकाशन २०७९ मा भएको छ, जसको मूल्य १५०० रुपियाँ तोकिएको छ । कृति करीब साढे चार सय पृष्ठको रहेको छ ।