चर्चित च्याटजिपिटी अब चाँडै एन्ड्रोइड फोनमा पनि लन्च हुन गइरहेको छ । कम्पनी ओपेनएआईले यस एपलाई गूगल प्ले स्टोरमा लिस्टेट गरेको जनाएको छ । एप्पल प्रयोगकर्ताको लागि च्याटजिपिटी ऐप पहिले नै जारी भइसकेको छ । ट्वीट गर्दै ओपेनएआईले भनेको छ, आगामी साता यो एन्ड्रोइड प्रयोगकर्ताको लागि लन्च हुनेछ । गूगल प्ले स्टोरमा २२ जुलाइदेखि प्रि अर्डर शुरू भइसकेको छ ।

मिडिया रिपोर्ट अनुसार जूनमा वेब ट्राफिक र एप इन्स्टलेशनमा निकै गिरावट देखिएको छ । केही प्रयोगकर्ताले च्याटजिपिटीको नयाँ संस्करण जिपिटी–४ सुस्त र कम इन्टेलिजेन्स भएको बताएका छन् । ओपेनएआईले एन्ड्रोइडमा आउने आफ्नो एपमा निकै सुधार गरिएको बताएको छ ।

संसारमा च्याटजिपिटीसमेत अन्य एआई प्लेटफर्मको कारण लाखौंको जागीर खतरामा परेको छ । आगामी दिनमा यसले थुप्रै प्रोग्रामर्स र कोडिङ कम्पनीमा जागीर खानेहरूको जागीर चट हुने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here