एक महीना माछामासु खान छाडेपछि  हाम्रो शरीरमा थुप्रै फाइदा हुन्छ । जुन पोषक तत्व माछामासुमा पाइन्छ त्यो शाकाहारी खानाबाट पनि पाउन सकिन्छ । एक महीना माछामासु त्यागेमा हामीलाई क्रोनिक डिजिज हुने खतरा निकै कम हुन्छ । मुटु रोग, उच्च रक्तचाप, टाइप–२ मधुमेह र क्यान्सरको जोखिम कम हुन्छ ।

शाकाहारी खानेकुराले हाम्रो पाचनतन्त्रमा निकै सुधार ल्याउँछ । शाकाहारी खानेकुरा फाइबरले भरिपूर्ण हुन्छ, जसले हाम्रँे कब्जको समस्यालाई रोक्छ । शाहाकारी खानेकुरामा भिटामिन्स, मिनरल्स, कम्प्लेक्स कार्बोहाइडे«ट प्राप्त हुन्छ जसले शरीरको ऊर्जाको स्तर बढाउँछ ।

मासांहारी खानेहरू निकै अल्छी हुने गर्छन् साथै उनीहरू ऊर्जाविहीन महसूस गर्छन् । मांसाहारी खानेकुराले हाम्रो शरीरमा सुन्निने समस्या बढाउँछ तर शाकाहारी खानेकुरा खाएपछि यो समस्या निकै हदसम्म कम हुने गर्छ । माछामासुले शरीरमा नचाहिंदो बोसो बढाउने गर्छ जसले गर्दा हाम्रँे शरीरको वजन बढ्न थाल्छ । शाकाहारी खानेकुरामा क्यालोरी कम हुने र फाइबर बढी हुने हुँदा हाम्रो पेट भरिएको महसूस हुन्छ । बढी क्यालोरी भएको खानेकुरा खानुहुँदैन ।

मांसाहारीमा सैचुरेटेड र ट्रान्स फैट बढी हुन्छ, जसले हाम्रो शरीरमा कोलेस्ट्रोललाई बढाउँछ । एक महीनासम्म माछामासु त्यागेमा कोलेस्ट्रोलको लेभल निकै कम गर्न सकिन्छ तथा कार्डियोभैस्कुलर रोग हुने जोखिम पनि कम गर्छ ।

मांसाहारी खानेकुराले हामीलाई नोक्सान मात्र पुर्याउँदैन, यसको फाइदा पनि थुप्रै छ । तर माछामासु सीमित मात्रामा सेवन गर्नुपर्छ । बोसोरहित मासु र माछाले स्वास्थ्यमा थुप्रै फाइदा पु¥याउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here