वैज्ञानिकले हाम्रFे सौर्यमण्डल बाहिर सबैभन्दा बढी परावर्तक ग्रहको खोज गरेका छन् । युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए)को चेओप्स स्पेस टेलिस्कोपले यसबारे जानकारी उपलब्ध गराएको छ । यस टेलिस्कोपको पूरा नाम कैरेक्टराइजिङ एक्सपोप्लैनेट्स सेटेलाइट हो । पृथ्वीबाट २६० प्रकाश वर्षभन्दा टाढा रहेको यस ग्रहले प्रकाशको ८० प्रतिशत भाग परावर्तित गर्छ । यसको तुलनामा पृथ्वीले सूर्यको प्रकाशलाई केवल ३० प्रतिशत मात्रै परावर्तित गर्न सक्छ ।

इएसएको रिपोर्ट अनुसार यस ग्रहको यही विशेषताले यसलाई शुक्रसरह चम्किलो एक्सोप्लैनेट बनाउँछ । एक्सोप्लैनेट भनेको सूर्यको अलावा अन्य कुनै ताराको परिक्रमा गर्नेलाई भनिन्छ । यस ग्रहको नाम एलटिटी ९७७९ बी राखिएको छ, यसको आकार नेपच्युन बराबर छ । यसलाई पहिलोपटक सन् २०२० मा खोजिएको थियो । यस ग्रहले सूर्यको चक्कर केवल १९ घण्टामा पूरा गर्छ । सूर्यको यति नजीक भएको कारण यसको तापमान दुई हजार डिग्री सेल्सियस छ ।

यो अध्ययन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स जर्नलमा प्रकाशित भएको छ । अध्ययनका सह–लेखक विवियन पारमेन्टियरले बयानमा भनेका छन्, यस ग्रहमा बादल त्यसै प्रकार बन्छ, जसरी तातो स्नानपछि बाथरूममा वाष्प बन्ने गर्छ । तर यस ग्रहको बादल पनि धातुबाट बनेको हुन्छ र टाइटेनियमको थोपा वर्षिरहेको हुन्छ । यो ग्रह हाम्रFे पृथ्वीभन्दा पाँच गुना ठूलो छ र जुन क्षेत्रमा छ, त्यसलाई नेपच्युन रेगिस्तान भनिन्छ ।

यसको मतलब हो, त्यस क्षेत्रमा यस आकारको कुनै अर्को ग्रह छैन । शोधकर्ताको भनाइ अनुसार यस्तो ग्रहको वातावरण त्यसको सूर्यबाट नष्ट हुन्छ । ग्रहमा बन्ने धातुको बादलले यस ग्रहको लागि काँचको काम गर्छ र ग्रहमा पर्ने ताराको ८० प्रतिशत प्रकाश परिवर्तित गरिदिन्छ, यसै कारणले यो ग्रहको वातावरण जोगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here