वर्षायाममा केही तरकारी खाँदा निकै ध्यान दिनुपर्ने हुन्छ किनभने वर्षायाममा यस्ता तरकारीमा विभिन्न कीटाणु र जीवाणु हुर्कने गर्छन् । वर्षायामको बेलामा हरियो सागपात खानुहुँदैन । भनिन्छ, यस मौसममा यिनीहरूमा ब्याक्टेरिया र फङ्गस हुर्किरहेका हुन्छन् । पालक, कैबेज, लेट्युज आदि तरकारीमा ब्याक्टेरिया बढी हुन्छ । तरकारीको माध्यमबाट ब्याक्टेरिया हाम्रो आन्द्रामा पुग्छ र थुप्रै रोग निम्त्याउँछ ।

त्यस्तै, वर्षायाममा काउली, ब्रोकाउली, बन्दा आदि तरकारीमा ठूल्ठूला कीरा हुन्छन् । यी तरकारी पोषक तत्वले भरिपूर्ण भएपनि वर्षायाममा कीराहरू लुक्ने ठाउँ पनि हुन्छ । यस्ता तरकारी केलाउँदा र पकाउँदा निकै ध्यान दिनुपर्छ ।

गाँजर, मूला, चुकन्दर यस्ता तरकारीमा बढी मोइश्चर हुने र यस्ता तरकारीले बढी पानी सोस्ने हुनाले ब्याक्टेरिया हुर्कने गर्छन् । यस्ता तरकारीलाई राम्ररी धोएर मात्र पकाउनुपर्छ । स्प्राउट प्रोटिनको खजाना भएपनि वर्षायाममा यसको प्रयोग गर्दा निकै सतर्क रहनुपर्छ । स्प्राउटमा सेलमोनेला, ई.कोलाई ब्याक्टेरिया तीव्रताका साथ विकसित हुन्छन् ।

वर्षायाममा च्याउ सेवन गर्नुहुँदैन किनभने यस मौसममा च्याउमा मोल्ड र फङ्गस विकसित हुने गर्छ र च्याउ खाएपछि पेटसम्बन्धी समस्या हुने र इम्युनिटी कमजोर हुने गर्छ ।

कानमा पसेको कीरा निकाल्ने घरेलु उपाय

–             यदि कानमा कमिला पसेको छ भने कानभित्र सुलसुल महसूस  हुन्छ, यस्तो बेला कानमा फिटकरी–पानी  हाल्नुपर्छ ।

–             कानभित्र सूक्ष्म कीरा पसेको छ भने पुदिनाको रस हालेपछि कानको कीरा मर्छ ।

–             कानमा कीरा पसेको छ भने सरस्यूँको तेललाई मनतातो गरेर कानमा चुहाउँदा कीरा बाहिर निस्किन्छ । यसको अलावा कान दुख्छ, आवाज आउँछ भने सरस्यूँको तेल लगाउँदा लाभ पुग्छ ।

–             कानमा वनतुलसीको पातको रस एक/एक थोपा राख्दा पनि कानभित्रको कीरा नष्ट हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here