जलवायु परिवर्तनमाथि नयाँ शोध भएको छ, ग्लोबल वार्मिङले पहाडमा हिमपातलाई भारी वर्षामा परिणत गरिरहेको छ । यसको असर संसारको कमसेकम एक चौथाइ आबादीमा देखिनेछ ।
शोध अनुसार तापमानमा एक डिग्रीको बढोत्तरी हुनासाथ पहाडमा १५ प्रतिशत हिमपात अत्यधिक वर्षामा परिणत भइरहेको छ । सामान्य परिस्थितिमा यस्तो हुन्छ कि महासागरबाट बग्ने पानी पहाडमा हिमपातको कारण लामो समयसम्म बादलको रूपमा जम्छ र गर्मीको दिनमा बिस्तारै–बिस्तारै पग्लिएर नदीमा प्रवाहित हुन्छ । नयाँ अध्ययन अनुसार उत्तरी गोलार्धको पहाडमा बर्फबारीबाट जलवायु परिवर्तन भइरहेको छ । अर्थात् अब ग्लोबल वार्मिड्ढो कारण हिमपातको सट्टा अत्यधिक वर्षा हुन थालेको छ र आगामी समयमा यसले पहाडमा ठूलो क्षति निम्त्याउनेछ । जसले गर्दा संसारभरि पहिरो, भयङ्कर बाढी, माटो कटानजस्ता थुप्रै गम्भीर समस्या देखिनेछन् ।
बर्कले प्रयोगशालाका ऊर्जा विभागका शोधकर्ताले ‘नेचर’ पत्रिकामा आफ्नो निष्कर्ष प्रकाशित गरेका छन्, अध्ययनका प्रमुख लेखक मोहम्मद ओमबादीको भनाइ छ कि दुनियाँको एक चौथाइ आबादी पहाड र पर्वतको तल्लो भागमा बस्छ । यसको खतरा सीधा उनीहरूमाथि पर्नेछ । विशेषज्ञको अनुमान छ कि जलवायु परिवर्तनको चरम घटनाका कारण पानीको मात्रा बढ्छ । यो पहिलो अध्ययन हो, जसमा शोधकर्ताले यो पत्ता लगाउने कोशिश गर्दैछन् कि यो पानी पग्लिएको बरफको हुनेछ वा वर्षाको । उनीहरूले पहाडमा हिमपातको सट्टा अत्यधिक वर्षा हुन थालेको बताएका छन् । जसको कारण खतरा झनै बढेको छ ।
वैश्विक तापमानमा प्रत्येक एक डिग्री सेल्सियस वृद्धिले अग्लो क्ष्Fेत्रमा वर्षा औसतन १५ प्रतिशत बढ्छ । सन् १९५० देखि २०१९ देखि यस प्रकारको भीषण वर्षा भइरहेको छ र भविष्यमा पनि यस्तै हुनेछ । उत्तरी अमेरिकी प्रशान्त पर्वत शृङ्खलादेखि हिमालय र उत्तरी गोलाद्र्धको उचाइ क्ष्Fेत्रमा यो देखिएको छ । यो ती पर्वतमालामा बढी देखिन्छ, जहाँ शून्यभन्दा कम तापमानमा हिमपात हुन्छ । यस्तोमा तापमानमा थोरै परिवर्तनले हिमपातलाई वर्षामा परिणत गरिदिन्छ । जहाँ निकै कम तापमानमा हिमपात हुन्छ, त्यहाँ यस्तो देखिएको छैन ।
शोधकर्तालाई आशा छ कि वैज्ञानिक आफ्नो जलवायु मोडेलमा हिमपात र वर्षालाई अलग–अलग सामेल गर्नको लागि पर्याप्त संवेदनशील हुनेछन् । यस्तोमा तल्लो इलाकामा स्थिति सम्हाल्नको लागि योजना बनाउनुपर्छ । यसबाट पर्वतीय क्ष्Fेत्रमा आधारभूत ढाँचाको योजनामाथि बढी ध्यान दिनुपर्छ । जसले यसको दुष्प्रभाव कम गर्न सकियोस् । दुनियाँ ग्लोबल वार्मिड्ढो दुई डिग्री सेल्सियससम्म सीमित गर्ने प्रयासमा रहेको बेला यस शोधमा वर्षामा १५ प्रतिशतको वृद्धि र एक डिग्रीको वृद्धिको सीधा सम्बन्ध छ । अर्थात् यदि तापमान तीन डिग्री सेल्सियस बढ्छ भने अत्यधिक वर्षामा ४५ प्रतिशतको बढोत्तरी हुनेछ । यस्तो शोधबाट स्पष्ट सङ्केत पाइन्छ कि हामीले स्वच्छ प्रौद्योगिकीमा बढी निवेश गर्न आवश्यक छ र वार्मिड्ढो परिणाम भोग्न तयारी गर्नुपर्छ । अब समय आइसकेको छ कि हामीले ग्रीनहाउस ग्याँस उत्सर्जन कम गर्न र जलवायु परिवर्तनको अन्य प्रभावलाई कम गर्न कम्मर कस्नुपर्छ ।