पुरुषको तुलनामा महिलाहरूलाई कब्जको समस्या बढी हुन्छ । कब्जको कारण उनीहरूको पेट प्रायः दुखिरहेको हुन्छ । ब्रिटेनको एउटा स्टार्टअप हेल्थ सर्भे टीमका चिकित्सक र अनुसन्धानकर्ताका अनुसार महिलाहरू कब्जको समस्याबाट पीडित रहन्छन् भने पुरुष बाथरूममा बढी समय बिताउँछन् ।

द बिग पू रिभ्यू नामक एउटा सर्भे गरिएको थियो । यसमा १८ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरूमाथि शोध गरिएको थियो । सर्भे अनुसार पुरुषको तुलनामा महिलाहरू बढी चिडचिडा हुन्छन् । त्यस्तै, १३ प्रतिशत पुरुषको तुलनामा २३ प्रतिशत महिलाले कब्ज हुने गरेको गुनासो गरे । यसको साथै १९ प्रतिशत महिलाले आइबिएसबाट पीडित भएको बताए भने उनीहरूको तुलनामा केवल १० प्रतिशत पुरुषले आइबिएसबाट पीडित भएको बताएका थिए ।

महिला र पुरुषको गट हेल्थ अन्तरः एक रिपोर्ट अनुसार महिला र पुरुषको गट हेल्थमा ठूलो अन्तर हुन्छ । दुवैले एकअर्कालाई बुझ्न आवश्यक छ । स्वास्थ्यविज्ञ अनुसार बच्चाको पालनपोषणजस्ता शारीरिक कारणले महिलाको वजन उनीहरूको नितम्ब र तिघ्रातर्फ बढ्छ । यसको साथै महिलामा हार्मोनल परिवर्तन हुन्छ, जसको कारण स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ । महिलाहरू पिरियड्स, वे ल्युटियल, पिएमएस र मासिक धर्म चरणजस्ता विभिन्न चरण भोग्नुपर्ने हुन्छ, जसले गर्दा उनीहरूलाई कब्जको समस्या हुन्छ । सर्भेमा पुरुषबाट पनि यस कुराको जानकारी लिइएको थियो कि उनीहरू बाथरूममा कति समय बिताउँछन् । पुरुषको तुलनामा महिलाहरू सार्वजनिक बाथरूमको उपयोग गर्न र बढी समय बिताउन असहज महसूस गर्छन् । जसले गर्दा उनीहरू कब्जको शिकार हुन्छन् । विशेषज्ञ अनुसार पुरुष शौच गर्नुभन्दा पहिले शौचालयमा धूमपान गर्छन् । यो पनि एउटा कारण हुन सक्छ कि पुरुष बाथरूममा पत्रिका पढ्ने गर्छन्, जसले गर्दा उनीहरूको शौचालयमा बिताउने समय बढ्छ ।

अनुसन्धान अनुसार पुरुषको तुलनामा महिलाहरू बढी तनावमा रहन्छन् । यसको कारण पारिवारिक र सामाजिक दबाब हुन्छ । दिमाग–आन्द्राको यस्तो सम्बन्ध रहन्छ कि लगातार तनाव र चिन्ताको कारण महिलाहरूलाई जिआइ–टै«क्टको पुरानो समस्या हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here