प्रस, वीरगंज, ५ असार/

वीरगंजको प्रसिद्ध गहवामाई मन्दिरको पछिल्लोपटक भएको प्राण प्रतिष्ठान र मन्दिर आधुनिकीकरणको ११ वर्ष पुगेको उपलक्ष्यमा मङ्गलवार भव्य रथयात्रा निकालिएको छ ।

मन्दिर परिसरबाट निकालिएको रथयात्रा घण्टाघर, इनर बाइपास भएर छपकैया पोखरी पुगी नगरपरिक्रमा गरेर पुनः माईस्थानस्थित गहवामाई मन्दिरमा समापन भएको थियो । रथयात्रामा हजारौंको सङ्ख्यामा भक्तजनहरू सहभागी भएका थिए ।

पहेंलो गेरुवा वस्त्र र रातो झन्डा बोकेर हजारौं मानिस बिहान रथयात्रामा सहभागी भएका थिए । वीरगंज महानगरको पहलमा श्याम पोखरेलको संयोजकत्वमा रथयात्रा समिति गठन भएको थियो । रु २० लाख लागतमा रथ तयार गरिएको थियो ।

भारत र नेपालका कारीगरहरूले दुई साता लगाएर सो रथ तयार गरेको र आज पहिलोचोटि वीरगंजमा रथयात्रा निकालिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here