प्रचण्ड गर्मीमा पानीको कमी वा हिट स्ट्रोक मात्र होइन, चारवटा यस्ता रोग पनि बढेको छ जसले धेरैजनालाई समस्यामा पारेको छ। तापमान ४० डिग्री सेल्सियस पार भएपछि स्वास्थ्यसँग सम्बन्धित समस्या पनि बढ्न थालेको छ। अल इन्डिया इन्स्ट्च्यिुट अफ मेडिकल साइन्सेज दिल्लीमा माइक्रोबायोलोजी डिपार्टमेन्टका सिनियर रेजिडेन्ट डा मनाली अग्रवालले गर्मीमा हुने चारवटा रोगबाट बच्ने उपाय बताएकी छन्।

फङ्गल इन्फेक्शनः गर्मी मौसममा फङ्गल वा डर्मेटेफाइट इन्फेक्शन हुनु सामान्य कुरा हो। जस्तै रिङ्गवर्म, नङमा सङ्क्रमण, रैसेज। यो समस्या शरीरको त्यस्तो भागमा हुन्छ जहाँ बढी पसिना जम्मा हुन्छ र गर्म वा नमीको कारण फङ्गस आउने र रातो दाग बस्ने, चिलाउने र सुन्निन्छ। यसबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ। सङ्क्रमण फैलिन नदिन हात पटक–पटक धुनुपर्छ। स्टेरोइड भएको क्रिम प्रयोग गर्नुहुँदैन। चिकित्सकको सुझावमा क्रिम वा लोशनको प्रयोग गर्नुपर्छ।

विषाक्त खानाः तापमान बढेपछि गैस्ट्रोएन्ट्राइटिस र फूड पोइजनिङजस्ता रोग लाग्ने सम्भावना बढ्छ। सङ्क्रमित भोजन वा पानीको सेवन तथा तापमान बढेपछि बिग्रिएको खानाबाट यो समस्या हुन्छ। इकोली र सालमोनेला ब्याक्टेरिया वा भाइरस जस्तै– नोरोभाइरस आदिको कारणले यो रोग हुन्छ। तसर्थ तारे–भुटेको, तेल बढी भएको खानेकुरा खानुहुँदैन। अल्कोहल, चीसो गुलियो पेय पदार्थ, कैफिन वा निकोटिन भएको पेय खानुहुँदैन। सुपाच्य, मोही, नरियल पानी, खिचडी, उसिनेको आलु, फलफूल आदि सेवन गर्ने, शरीरमा पानीको कमी हुन नदिने र चिकित्सकको सल्लाहविना औषधि सेवन गर्नुहुँदैन।

खानेकुराप्रति सावधानीः खाना पूर्णरूपमा पकाउनुपर्छ। बचेको खाना फ्रिजमा राख्नुपर्छ। फ्रिजको तापमान सही राख्ने, काँचो फल वा तरकारी खानुभन्दा पहिले राम्ररी धुने, हात सफा राख्ने, बाहिर खाना नखाने, खाना पकाउने बेलामा सरसफाइ गर्नुपर्छ।

डिहाइडे«शन वा हिट स्ट्रोकः गर्मीमा लामो समयसम्म गर्म स्थानमा बस्दा शरीरको कूलिङ सिस्टमले काम गर्न बन्द गर्छ। शरीरबाट पसिनाको रूपमा पानी र नून बाहिर निस्किन्छ र हिट स्ट्रोक वा डिहाइडे«शनको समस्या हुन्छ। लक्षण–डिहाइडे«शन वा हिट स्ट्रोक भएपछि शरीरको तापमान १०३ डिग्री फरेनहाइटभन्दा माथि पुग्छ। नाडी तेज हुन्छ, छालामा रातो डाबर आउँछ। टाउको दुख्ने, भ्रमित हुने, बोल्न समस्या, बेहोशी, बढी पसिना निस्कने, बान्ता हुने, मांसपेशीमा तनाव हुने समस्या हुन्छ। उपाय–तुरून्त नरियल पानी, बटरमिल्क वा कागती पानी दिनुपर्छ। चीसो पानीले नुहाउने र एसी वा कूलरमा सुताउनुपर्छ।

सनबर्न– यति बेलाको घाममा धेरै बाहिर बस्दा छालामा भारी नोक्सान हुन्छ, छाला पोल्छ रातो वा कालो हुन्छ र यो जलन धेरै दिनसम्म रहन सक्छ। बाहिर जाने बेला सनस्क्रिन लगाउने, बिहान ११ देखि दिउँसो ४ बजेसम्म घरबाट बाहिर ननिस्किने आदि गर्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here