जागीर लगाइदिने भनी ठगीको आरोपमा एकजना पक्राउ

प्रस, वीरगंज, २५ जेठ।

पतञ्जलि आयुर्वेद प्रालि, बारामा जागीर लगाइदिने प्रलोभन देखाएर २५ हजार ठगेको आरोपमा एकजना पक्राउ परेका छन्। बहुदरमाई नगरपालिका–५ का २५ वर्षीय अङ्केश कुशवाहालाई प्रहरीले  मङ्गलवार पक्राउ गरेको हो।

गत साउन ५ गते विन्ध्यवासिनी गाउँपालिका–४ का २० वर्षीय अमन चौरसियालाई पतञ्जलि आयुर्वेद प्रालिमा काम लगाइदिने र आफू उक्त कम्पनीको सुपरभाइजर रहेको भन्दै नक्कली परिचयपत्र देखाइ रु २५ हजार ठगेको प्रहरीले जनाएको छ।

चौरसियाले अमनविरुद्ध जेठ १६ गते जिल्ला प्रहरी कार्यालय, पर्सामा ठगीसम्बन्धी कसूर मुद्दामा जाहेरी दिएपछि प्रहरीले अमनलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

अङ्केशविरुद्ध ठगीसम्बन्धी कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्