कार, मोटरसाइकललाई सजिलै सय वा दुई सय किलोमिटरको गतिले कुदाउन सकिन्छ। विशालकाय हवाईजहाज तीन सयदेखि नौ सय किलोमिटर प्रतिघण्टाको गतिले उड्छ तर पानीजहाजको गति निकै कम हुन्छ। पानीजहाजमा एउटा यात्रा गर्न महीनौं समय लाग्छ। समुद्रमा ट्राफिक पनि हुँदैन तर पनि पानीजहाजको गति किन कम हुन्छ ?
यी सबैको पछाडि आरपिएम र टोर्कको खेल हुन्छ। सरल भाषामा भन्नुपर्दा आरपिएमको अर्थ हो गति (स्पिड) र टोर्कको मतलब ताकत हो। यदि इन्जिनबाट धेरै गति चाहनुहुन्छ भने त्यसको वजन उठाउने क्षमता कम हुन्छ। कार र अन्य वाहनमा राम्रो आरपिएम इन्जिन लगाइएको हुन्छ । कारदेखि बस आदिको इन्जिन दुईदेखि चार हजार आरपिएममा सेट हुन्छ किनभने यसले धेरै वजन उठाउँदैन। रेलको इन्जिनको अधिकतम आरपिएम एक हजारमा सेट हुन्छ। जबकि पानीजहाजको इन्जिन सय आरपिएमको हिसाबले डिजाइन गरिएको हुन्छ। यस्तो गर्नुको कारण बढीभन्दा बढी वजन उठाउन सकोस्।
यसको अलावा पानीजहान निकै विशाल, भारी हुन्छ। पानी एउटा सघन माध्यम हो, जसमा पानीजहाज चलाउन निकै बढी ताकत चाहिन्छ, जसले गर्दा पानीजहाजको गति कम हुन्छ किनभने बढी शक्ति पानीलाई काट्दै अगाडि बढ्नमा खर्च हुने गर्छ।