- विश्वराज अधिकारी
पूँजीवादलाई प्रजातन्त्रवादीहरूले फरक–फरक समयमा फरक–फरक किसिमले हेरे र त्यसै अनुसार पूँजीवादको परिभाषा पनि फरक–फरक किसिमले दिए । सामन्ती वा कृषि युग, औद्योगिक युग र सूचना–सञ्जाल युग गरी यी तीन युगमा पूँजीवादलाई हेर्ने उनीहरूको दृष्टिकोण अति नै फरक थियो । पूँजीवादलाई हेर्ने दृष्टिकोण सबै कालमा एकै किसिमको थिएन । तर कम्युनिस्टहरूले पूँजीवादलाई सदा एकै किसिमले हेरे । पूँजीवादलाई सधैं आफ्नो शत्रु देखे । आफ्ना समर्थकहरूलाई पनि पूँजीवाद गरीबहरूको शोषण गर्न शोषकहरूले प्रयोग गर्ने निर्मम हतियार हो भनी बताए, विश्वास गर्न लगाए ।
कम्युनिस्टहरूले पूँजीवादलाई सधैं वा जुनसुकै कालमा पनि शत्रु किन देखे ? यो प्रश्नको उत्तर सरल पनि छ र कठिन पनि । सरल यस कारण कि कम्युनिस्टहरू र मुख्यतः उनका नेताहरूले व्यक्तिगत स्वार्थ र जहिले पनि राज्य–सत्ता आफ्नो नियन्त्रणमा राख्न पूँजीवादलाई नराम्रो भने । पूँजीवादलाई गरीबको ठूलो शत्रुको रूपमा प्रस्तुत गरे, प्रचार गरे ।
कम्युनिस्टहरूले मतदाता वा गरीबहरूलाई के कस्ता कुरा भनेर पूँजीवाद उनीहरूको हितमा छैन भनी विश्वास गर्न लगाए भन्ने प्रश्नको उत्तर दिन सजिलो छैन किनभने पूँजीवाद गरीबहरूको हितामा छैन भनी विश्वास गर्न लगाउन कम्युनिस्ट नेताहरूले अनेक रणनीति प्रयोग गरे जुन सामान्य जनताले बुझ्न कठिन छ, सजिलै बुझ्नै नसकिने खालको ।
सामन्ती कालमा आय र रोजगारको मुख्य स्रोत कृषि थियो, भूमि मात्र थियो । यो कालमा सामन्तहरूसँग मात्र धेरै जग्गा हुन्थ्यो । अति गरीबहरूसँग जोत्नका लागि भूमिको एक टुक्रा पनि हुन्थेन । अति गरीबको हातमा एक टुक्रा जमीन हुने स्थिति सामन्तहरूले हुन पनि दिन्थेनन् । त्यस्तो भएमा सामन्तहरूलाई कृषि कार्यमा कृषि मजदूरको अभाव हुन्छ भन्ने कुरा राम्ररी थाहा थियो । अर्कोतिर आफूसँग कृषिका लागि एक टुक्रा जमीन नहुँदा, उत्पादन गर्न सक्ने स्थिति नभएर, अति गरीबहरू सामन्त (धनी किसान वा जमीनदार) को भूमिमा मजदूरी गर्न बाध्य हुन्थे । यसरी सामान्तहरूले अति गरीबहरू नित्य अति गरीब हुने स्थिति सृजना गरेर उनीहरूको चरम शोषण गर्दथे । उनीहरूलाई बलियो आर्थिक स्थितिमा कहिले पनि पुग्न दिन्थेनन् ।
त्यस युगमा यसरी सामन्तहरूद्वारा अति गरीबहरूको चरम शोषण हुन्थ्यो । र चरम शोषण गर्ने माध्यम पूँजी अर्थात् जमीन हुन्थ्यो । अति असमान जमीन–वितरण (केही व्यक्तिहरूको हातमा कृषियोग्य जमीनको ठूलो हिस्सा हुनु) ले शोषण कार्य सजिलो थियो । हो, यो कालमा, कम्युनिस्टहरूले भने अनुसार पूँजीद्वारा श्रम (गरीबहरू) शोषण हुन्थ्यो । चरम शोषण हुन्थ्यो ।
औद्योगिक युगमा पनि पूँजीद्वारा श्रम (मजदूर) को शोषण हुने कार्य कायम नै रह्यो । तर यो युगमा, सामन्तीकालझैं पूँजीपति (जमीनदार) हरूले ठूलो मात्रामा श्रम शोषण गर्न सकेनन्, सक्दैनथे पनि । उत्पादन प्रणालीमा मजदूरहरूको भूमिका पनि महŒवपूर्ण हुने भएकोले उद्योगपति वा पूँजीपतिहरू मजदूरहरूलाई न्यायोचित ज्याला दिन बाध्य भए । अर्कोतिर, कृषि युगझैं एउटा मजदूरले काम गर्दिनँ भन्दा अर्को मजदूर ल्याउन, उसलाई काममा लगाउन सजिलो थिएन । कृषि मजदूरहरूको तुलनामा औद्योगिक मजदूर अनेक सीपले युक्त थिए । उनीहरूको विकल्पमा कृषि मजदूरझैं, अर्को मजदूर पाउन सजिलो थिएन । औद्योगिक मजदूरहरूसँग विशेष सीप हुँदा, एकातिर उनीहरूको महत्व वृद्धि भएको थियो भने कृषियुगमा झैं जमीनदारको निगाहमा बाँच्नुपर्ने स्थितिको अन्त्य भएको थियो ।
अहिले यो पछिल्लो स्थितिमा, हामी सूचना–सञ्जाल युगमा बाँचिरहेका छौं । सूचना–सञ्जाल युग नव उदारवादी युग हो । यो युगले भूमिको महत्व कम पारिदिएको छ । उद्योगको अति महत्वलाई पनि कम पारिदिएको छ । अहिले बजारमा, ज्ञान र प्रविधिको वर्चस्व रहेको यस युगमा एक सामान्य व्यक्ति पनि ज्ञान, सीप प्रयोग गरेर सहजै रोजगार पाउन सक्छ । त्यति मात्र होइन, उसको ज्ञान व्यापारिक जगत्मा सफल भएमा, करोडौं कमाउन सक्छ । लघुकालमा नै अर्बपति, खर्बपति हुन सक्छ, एलेन मस्क, जेफ बेजोज, बिल गेट्स जस्तै । अहिले पूँजीपतिहरूले अनेक रणनीति प्रयोग गरेर, छलकपट गरेर, अत्याचार गरेर, मजदूरको चरम शोषण गरेर, सदा धनी हुन सक्ने स्थिति नै छैन । तर यसको अर्थ यो होइन कि पूँजीपतिहरूले मजदूरको शोषण गर्दैनन् । शोषण गर्छन् तर सामन्ती र औद्योगिक युगजस्तो होइन । एउटा उदाहरण हेरौं– कुनै एक कम्पनी (करपोरेशन) का संस्थापक (Promoters) हरूले सो कम्पनी सञ्चालन गर्न ठूलो पूँजी सङ्कलन गर्नुपर्छ । र सो पूँजी सङ्कलन गर्न बजारमा ‘शेयर’ वा स्टक बिक्री गर्नुपर्ने हुन्छ ।
कुनै पनि कम्पनीको एउटा होस् वा हजारवटा, जुन सङ्ख्यामा पनि, शेयर खरीद गर्ने व्यक्ति सो कम्पनीको मालिक हुन्छ । कानूनले नै उसलाई मालिक हो भनी परिभाषित गर्छ । यसरी केवल एक वा दुई शेयर खरीद गरेर कुनै एक व्यक्ति कुनै एक कम्पनीको मालिक हुन्छ । उक्त कम्पनीको सञ्चालकसमेत हुन पाउँछ । कम्पनीले प्राप्त गर्ने आम्दानीको हिस्सेदार हुन्छ । कम्पनीबाट अति सानो रकम प्राप्त गरे तापनि, कम्पनीले गर्ने आम्दानीमा उसको पनि हिस्सा हुने स्थिति हुन्छ ।
नव उदारवादी युगले कुनै एक व्यक्तिलाई अर्ब–खर्बपति हुने स्थिति सृजना गरिदिन्छ भने अर्कोतिर मजदूरको चरम (श्रम) शोषण हुने स्थिति पनि हुन दिंदैन । नव उदारवादी युगको यो नै ठूलो विशेषता हो । तर नव उदारवादी युगको यो विशेषतालाई कम्युनिस्टहरूले बुझेका छैनन् । ज्यादै कमले बुझेका छन् तर नबुझेको अभिनय गरिरहेका छन् ।
अहिले पनि पूँजीले श्रमको शोषण गर्छ भन्ने पुरानो गीत कम्युनिस्टहरूले बेसुरमा गाइरहेका छन् । जनतालाई ठगि नै रहेका छन् । यही गीत गाएर, नेपालको सन्दर्भमा, चुनावमा विजयी भइ नै रहेका छन्, सत्तामा पुगिरहेका छन् । यो नाटक मञ्चन गरेर कम्युनिस्टहरू मन्त्री, प्रधानमन्त्री हुने क्रम जारी छ, रोकिएको छैन । र रोकिने स्थिति पनि छैन ।
यो नव उदारवादी युगमा पूँजीले श्रमको चरम शोषण गर्छ भन्नु अति झूट बोल्नु हो भन्ने कुरा कम्युनिस्टका ठालू नेताहरूलाई राम्ररी थाहा छ । तर यो झूट नबोली उनीहरू चुनावमा विजयी हुन सक्तैनन्स मन्त्री, प्रधानमन्त्री हुन सक्तैनन् । यो कारणले गर्दा पनि उनीहरू लाज, शरम पचाएर भूm बोलिरहेका छन् र नित्य बोलिरहने छन् ।
कम्युनिस्ट नेताहरू, नेपालको सन्दर्भमा, देश र जनताको सेवा गरेर होइन, यही झूट बोलेर शक्ति र सत्तामा पुगिरहेका छन् । तर अफसोच १ जनता नेताहरूको यो झूट ठम्याउन सकिरहेको छैन । नेताहरूले ठूलो भ्रम सृजना गरेको हुनाले सामान्य जनता यो झूट बुझ्न र परम्परागत सोचमा परिवर्तन ल्याउन सकिरहेको छैन ।
पूँजीले श्रमको चरण शोषण गर्छ, गरीबहरूलाई झनै गरीब पार्छ भन्ने झूट बोलेर नै, छोटो समयमैं (विस २०५२–२०६३) पुष्पकमल दहाल नेपालको राजनीतिमा अति सफल भए । कैयौंपटक प्रधानमन्त्री भए । आफन्तहरूलाई ठूलो पदमा पुर्याउन सफल भए । नेपालको राजनीतिलाई आफूले चाहेको दिशामा, आफूलाई फाइदा हुने दिशामा डोर्याउन अहिले पनि सफल देखिएका छन् ।
पूँजीवादले श्रमको चरम शोषण गर्छ । गरीबको अहित गर्छ भन्ने झूट बोलेर कम्युनिस्टहरूले नेपालको राजनीतिलाई वर्षौंदेखि प्रभावित पारिरहेका छन् । यस कार्यमा दहाल सर्वाधिक सफल छन् ।
कम्युनिस्टका अन्य नेता पनि पुष्पकमलले झैं भूmट बोलेर ठूला–ठूला पदमा पुगेका छन् । चार पुस्तालाई पुग्ने धन कमाउन सफल भएका छन् । जनता भने यस आसमा बसेको छ कि कम्युनिस्टहरूले नै हाम्रो गरीबी बुझेकाले उनीहरू सत्तामा आए गरीबी समाप्त पार्नेछन्–जनताले पालेको यस्तो विश्वास अहिले नै टुट्ने स्थिति छैन । जनताको यो विश्वासले कम्युनिस्ट नेताहरू सत्ता र शक्तिमा पुग्ने क्रम पनि सोही अनुसार जारी नै रहने छ ।
हाम्रो देशमा कम्युनिस्टहरूले यसरी बोल्ने भूmटको आयु निकै लामो छ । नेपालमा अति गरीबी रहेसम्म कम्युनिस्टहरूले बोल्ने यो भूmट चिरञ्जीवी रहिरहने छ । नव उदारवादले कुनै असर पार्न सक्ने छैन ।