कुन गोलभेंडा स्वास्थ्यको लागि राम्रो ?

गर्मी होस् वा जाडो, गोलभेंडाविनाको खाना अधूरो देखिन्छ । अधिकांश तरकारीले गोलभेंडाबाट आफ्नो स्वाद र रङ प्राप्त गर्छन् ।

खासगरी गर्मीमा गोलभेंडाको सलाद र मसलादार अचार नभएको खण्डमा थाल अधूरो देखिन्छ । रातो रसिलो गोलभेंडा खान जति स्वादिलो हुन्छ, त्यति नै यसको रङ्ग पनि आँखालाई आकर्षक हुन्छ । यदि हामी गोलभेंडाको रातो रङ देखेर किन्छौं भने होशियार होऔं । आँखाले सुन्दर देखिने यो गोलभेंडाले हाम्रो स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । वास्तवमा अहिले बजारमा स्थानीय र हाइब्रिड गरी दुई प्रकारका गोलभेंडा पाइन्छन् । स्थानीय गोलभेंडा त्यति सुन्दर नदेखिए पनि स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । अर्कोतर्फ हाइब्रिड गोलभेंडा हेर्नमा सुन्दर भएपनि स्वास्थ्यको लागि हानिकारक हुन्छ । हामी स्थानीय र हाइब्रिड गोलभेंडाबीचको भिन्नताबारेमा जानौं । यसका साथै स्थानीय र हाइब्रिड गोलभेंडामध्ये कुन स्वास्थ्यको लागि फाइदाजनक छ भन्ने पनि जानकारी लिऔं । यस विषयमा दिल्लीस्थित डाइटिशियन पूजा सिंहको विचार जानौं ।

स्थानीय र हाइब्रिड गोलभेंडा कसरी चिन्ने ?

आहारविज्ञ पूजा सिंहका अनुसार स्थानीय गोलभेंडाको रङ्ग पूर्णतया रातोको सट्टा हल्का हरियो र पहेंलो हुन्छ । यसको स्वाद अलि अमिलो हुन्छ । स्थानीय गोलभेंडा हातमा लिएर हेर्दा काँचो भएपनि भित्रबाट पाकेको हुन्छ । जबकि हाइब्रिड गोलभेंडा चम्किला राता हुन्छन् । यसको स्वाद स्थानीय गोलभेंडाको तुलनामा धेरै फिक्का हुन्छ । स्थानीय गोलभेंडा छिट्टै बिग्रने, लामो समयसम्म फ्रिजमा पनि भण्डारण नहुने विज्ञहरू बताउँछन् । जबकि हाइब्रिड गोलभेंडा फ्रिजमा लामो समयसम्म राख्न सकिन्छ ।

हाइब्रिड वा स्थानीय गोलभेंडा कुन स्वास्थ्यको लागि राम्रो ?

डाइटिशियन सिंह भन्छिन्, “हाइब्रिड गोलभेंडा धेरै प्रकारका केमिकलले पकाइन्छ । केमिकल र प्रशोधन गरेर पकाउने भएकाले हाइब्रिड गोलभेंडामा पोषक तत्व पाइँदैनन्, धेरै समयसम्म हाइब्रिड गोलभेंडा खाँदा धेरै रोग लाग्न सक्छन् । अर्कोतर्फ स्थानीय गोलभेंडाको कुरा गर्ने हो भने यसलाई उब्जाउन र पकाउन प्राकृतिक प्रक्रिया अपनाइन्छ । स्थानीय गोलभेंडामा भिटामिन सी, कम्पाउन्ड लाइकोपिन र एन्टिअक्सिडेन्ट पाइन्छन् । यी पौष्टिक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् ।

स्थानीय गोलभेंडाको सेवनले शरीरको रक्तसञ्चारमा सुधार, पाचन प्रणालीलाई मजबूत बनाउन र तौल घटाउन मदत गर्ने आहारविज्ञ बताउँछन् । यतिमात्र होइन, स्थानीय गोलभेंडाले शरीरलाई डिटोक्सिफाइ गरेर छाला र कपाललाई सुन्दर बनाउन पनि मदत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here