यो सत्य हो कि समुद्रको जीवनमा मौजुद जीवको सङ्ख्या र विविधता पृथ्वीमा हुने जीवको तुलनामा निकै बढी हुन्छ । तर पृथ्वीको तुलनामा समुद्र र महासागरमा कीराको सङ्ख्या निकै कम हुन्छ । यसको कारण जापानी वैज्ञानिकले खोजेको दाबी गरेका छन् । वैज्ञानिकका अनुसार कीरा एक प्रकारले रासायनिक प्रणालीमा काम गर्छ, र उनीहरू आफ्नो लागि एउटा खोल बनाउन मदत गर्छ, जुन पृथ्वीमा निकै उपयोगी हुन्छ तर समुद्रको पर्यावरण अनुकूल हुँदैन ।

वैज्ञानिकको भनाइ छ कि यसको लागि एक खास प्रकारको एमसिओटु एन्जाइम जिम्मेवार हुन्छ । यो एन्जाइम कीटको खोललाई कठोर बनाउनमा सहायक हुन्छ र यही कारण हो कि समुद्री वातावरणमा कीटको सङ्ख्या बढी देखिंदैन । जबकि यसै विशेषताका कारण कीराहरू धर्तीमा एक सफल प्राणीको रूपमा स्थापित भएका छन् ।

यो अवधारणा जापानको टोक्यो मेट्रोपोलिटन युनिभर्सिटीका वैज्ञानिकद्वारा प्रस्तावित गरिएको हो । यसभन्दा पहिले उनीहरूले देखाएका थिए कि कीराले आफ्नो खोललाई कडा बनाउनको लागि एउटा विशेष रासायनिक प्रणाली विकसित गर्छन् र यसको लागि उनीहरू आणविक अक्सिजन र मल्टिकपर अक्सिडेज–२ (एमसिओटु) एन्जाइमको उपयोग गर्छन् ।

वैज्ञानिक तर्क छ कि यो प्रणालीले समुद्री जीवनमा कीरालाई नोक्सान पुर्याउँछ, जबकि यसले जमीनमा बस्ने कीरालाई लाभ पुर्याउँछ । एमसिओटुलाई कीट विकासको जीवन मानिन्छ । कीरालाई ग्रहको सबैभन्दा सफल जीवमध्ये एक भनिएको छ । यो पृथ्वीका अनेक जन्तुको आहार हो र वैश्विक पारिस्थितकीतन्त्रमाथि यसको गहिरो प्रभाव छ । तर यति महत्वपूर्ण भएपनि अचम्मको कुरा के हो भने कीराको पूर्वज समुद्रसँग नै छ । अब यसको सङ्ख्या महानगरमा नगण्य छ, जबकि पृथ्वीमा यो प्रचुर मात्रामा पाइन्छन् र कैयौं पारिस्थितिकीयतन्त्रमा प्रमुख भूमिका निर्वाह गर्छ । यो पहेलीले लामो समयसम्म वैज्ञानिकलाई हैरान गर्दै आएको थियो तर सुनकी असानाको नेतृत्वमा रहेका वैज्ञानिकहरूले अनुवांशिक विकासको आधारमा यस प्रश्नको उत्तर खोजेका छन् ।

हालको आणविक फाइलोजेनेटिक्सबाट पत्ता लागेको छ कि क्रस्टेशियन र कीरा दुवै एकै परिवार पैनक्रिस्टेशियाका हुन् । कीट त्यो शाखा हो, जसले समुद्रलाई छाड्यो रं पृथ्वीमा आएर बस्यो । तर दुवैको बाहिरी आवरणमा मैनको परत हुन्छ र त्यसको सख्त क्युटिकल हुन्छ । यसभन्दा पहिले यस टीमले देखाएको थियो कि कीट धर्तीमा आउने समय उनीहरूमा एमसिओटु नामक एन्जाइम पैदा गर्ने जीन हुर्किएको थियो ।

एमसिओटिएस अक्सिजनको उपयोग गरेर कीराले क्युनिकललाई मजबूत गर्ने काम गर्दछ । एमसिओटुले एउटा प्रतिक्रियाको मध्यस्थता गर्छ, जब आणविक अक्सिजन छल्लीमा कैटेकोलामाइन यौगिकलाई अक्सिकर गर्छ र यसको खोललाई कठोर गर्छ । अर्कोतर्फ क्रस्टेशियनले समुद्रको पानीको क्याल्सियमबाट आफ्नो खोललाई कठोर बनाएको थियो । यही कारण थियो कि भूमि कीटको लागि बढी उपयुक्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here