फर्सी उत्कृष्ट तरकारंी हो भने यसको फूल गुणको भण्डार नै हो । फर्जीको फूलमा क्याल्सियम, फास्फोरस, भिटामिन, मिनरल्स पर्याप्त मात्रामा पाइन्छन् । फर्सीको फूलले हाम्रो शरंीरमा इम्युनिटी बढाउँछ भने यसमा भरपूर मात्रामा फाइबर हुन्छ । फाइबर पाचनतन्त्रको लागि महत्वपूर्ण हुन्छ । फर्सी सेवन गर्दा पेटमा भारीपन, अपच र कब्जियतजस्ता समस्या टाढा हुन्छन् । यो पेटको लागि निकै फायदाजनक हुन्छ ।
फर्सीको फूलमा भिटामिन सी पाइन्छ । भिटामिन सी शरीरमा आइरनको अवशोषणलाई तीव्र गर्छ र रूघाखोकीको खतरालाई कम गर्छ । भाइरल इन्फेक्सनबाट पनि यसले बचाउँछ । वर्षायाममा फङ्गल इन्फेक्शनको खतरा बढी हुन्छ । फर्सीको फूलको सेवन गर्दा सङ्क्रमण चाँडै निको हुन्छ । नियमितरूपले फर्सीको फूल खाने व्यक्तिलाई रतन्धोजस्तो समस्यामा फाइदा पुग्छ । आँखा सुक्खा हुनेहरूले फर्सीको फूल खानुपर्छ ।
फर्सीको फूल क्याल्सियम र फास्फोरसको मात्रा बढी पाइन्छ । यसैले यो हाडको लागि औषधिभन्दा कम होइन । यसको सेवनबाट ओस्टियोपोरोसिस रोगको समस्याबाट छुटकारा पाइन्छ ।
फर्सीको बीउको फाइदा
फर्सीको बीउ शक्तिशाली पोषक तत्वले भरिपूर्ण हुन्छ । यसले नसामा रक्तसञ्चार बढाएर दिमागको तन्त्रिकालाई सक्रिय गर्छ । फर्सीको बीउ मुटुको स्वास्थ्यदेखि लिएर प्रजनन क्षमता बढाउन पनि मदत गर्छ ।
हेल्थलाइनको समाचार अनुसार प्रतिदिन चार/पाँच वटा फर्सीका बीउ खानाले हामीलाई पर्याप्त मात्रामा स्वस्थ बोसो, म्याग्निशियम र जिङ्क पाउन सक्छौं । यसले प्रोस्टेट स्वास्थ्य मजबूत बनाउँछ र केही प्रकारका क्यान्सरको जोखिम पनि कम गर्छ ।
मुटुको स्वास्थ्यः फर्सीको बीउमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट्स, म्याग्निशियम, जिङ्क र अनसैचुरेटेड पैmट पाइन्छ । यी सबै मिलेर मुटुलाई बलियो बनाउँछ । मानिसमाथि गरिएको अध्ययनले यो साबित भइसकेको छ कि फर्सीको बीउले रक्तसञ्चारलाई बढाएर रक्तचाप कम गर्छ । यसले कोलेस्ट्रोलको स्तर पनि घटाउन मदत गर्छ । मुटुरोगको जोखिम बढाउनमा रक्तचाप र हाइ कोलेस्ट्रोल बढी जिम्मेवार हुन्छ ।
ब्लड सुगर कम गर्छः फर्सीको बीउ मधुमेहका रंोगीका लागि निकै फाइदाजनक हुन्छ । यसले ब्लड सुगरलाई कम गर्छ । फर्सीको बीउको धूलो, जूस सेवन गर्दा ब्लड सुगर कम हुन्छ । एउटा अध्ययन अनुसार ६५ ग्राम फर्सीको बीउको धूलो सेवन गर्नाले कार्बोहाइडे«ट खाना खाएपछि पनि ब्लड सुगर कम हुन्छ ।
स्पर्म काउन्ट बढाउँछः शरीरमा जिङ्कको कमी भयो भने स्पर्मको क्वालिटी र क्वान्टिटी दुवै कम हुन्छ । फर्सीको बीउले शरीरमा तुरून्तै जिङ्कको मात्रा बढाउँछ । स्पर्मको क्वालिटी पनि सही गर्छ । बीउमा पाइने भिटामिन ‘ई’ले प्रजनन क्षमता बढाउन मदत गर्छ ।
राम्रो निद्राः निद्रा नलाग्ने समस्या छ भने राति सुत्नुभन्दा पहिले फर्सीको बीउ सेवन गर्नुपर्छ । यसबाट राम्रो निद्रा लाग्छ । यसमा पाइने नेचुरल ट्रिप्टोफेन, जुन एक प्रकारको एमिनो एसिड हो, यसले राम्रFे निद्रा दिन्छ ।