बलिउड कलाकार अनुपम खेरले अनिल कपूरको एउटा भिडियो ट्वीटरमा शेयर गरेका छन्, जसमा उनले अक्सिजन थेरापी लिइरहेको देखिन्छ। अनिल कपूर एउटा अक्सिजन च्याम्बरमा सुतेका देखिन्छन् र उनले अक्सिजनको मास्क लगाएका थिए। भिडियो शेयर भएपछि धेरैजनाले यस थेरापीलाई लिएर कमेन्ट गरेका छन्।

अनिल कपूर निकै फिट कलाकार हुन्। भिडियोमा देखिने यस च्याम्बरलाई हाइपरबेरिक अक्सिजन थेरापी भनिन्छ। एन्टी–एजिड्ढो लागि यो थेरापी लिइन्छ। यसबाट छालामा नयाँ कोशिकाहरू बन्छन्, जसबाट छाला ताजा हुन्छ। चिकित्सकका अनुसार थुप्रै बलिउड कलाकारले यो थेरापी लिन्छन्।

कसरी काम गर्छ एचबोट ? एचबोट थेरापीको दौरान च्याम्बरभित्र एटमोस्फेरिक प्रेशर बढ्छ, जसबाट मानिसको रगतमा अक्सिजनको मात्रा बढाइन्छ। यसले शरीरभित्र रहेका क्षतिग्रस्त तन्तुहरूको मरम्मत गरेपछि पुनः नयाँसरह बन्छ। यस थेरापीबाट शरीरका कोशिकामा अक्सिजनको मात्रा बढ्नुको साथै सुन्निएको पनि ठीक हुन्छ। कुनै पनि प्रकारको दुखाइ र चोटलाई ठीक गर्न कम समय लाग्छ।

एचबोटको फाइदाः एन्टी–एजिड्ढो लागि यस थेरापीलाई राम्रFे मानिन्छ। यसले छालामा नयाँ कोशिकाहरू बनाउँछ। नयाँ रक्तनलिका बनाउन मदत गर्नुका साथै रक्तसञ्चार पहिलेको तुलनामा कैयौं गुणा राम्रFे हुन्छ। स्टेम सेल्सको सङ्ख्या र कार्यकुशलतामा बढोत्तरी हुन्छ। कोलेजन प्रोटीनको गुणवत्तामा सुधार हुन्छ। सुन्निएको कम हुन्छ। शल्यक्रिया वा रेडिएशनपछि तन्तुमा फाइब्रोसिस यानी तन्तु क्षतिग्रस्त हुन नियन्त्रित हुन्छ। यस्कमिया यानी रगतमा अक्सिजनको कमीबाट हुने रोगको उपचार हुन्छ। शरीरलाई सङ्क्रमणबाट बचाउँछ। रक्तनलीमा अक्सिजनको राम्रFे सञ्चार हुन्छ।

कसरी दिइन्छ यो थेरापी ? हाइपरबेरिक च्याम्बरको मेशिनमा हरेक दिन ६० देखि ९० मिनेटसम्म बिताएर यस थेरापीको लाभ लिन सकिन्छ। यस च्याम्बरलाई सय प्रतिशत अक्सिजन प्रेशरबाट भरिन्छ। जसबाट रक्त कोशिकामा १० देखि २० गुना बढी अक्सिजन सप्लाई हुन्छ। हामी खुला हावामा जब सास फेर्छौं, त्यसमा २१ प्रतिशत अक्सिजन हुन्छ जबकि हाइपरबेरिक च्याम्बरमा दुई सयदेखि २४० प्रतिशत अक्सिजन हुन्छ। सुरक्षा नियमका कारणले यस थेरापीलाई कुनै प्रशिक्षित चिकित्सकको निगरानीमा लिनुपर्ने हुन्छ। च्याम्बरमा जब अक्सिजनको स्तर उच्च हुन्छ, त्यति बेला निकै सावधानी अपनाउनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here