खानामा पौष्टिकता होस्, त्यसको लागि हामीले थुप्रै उपाय अपनाउँछौं। साथै भाँडाकुँडाको सरसफाइमा पनि हाम्रFे विशेष ध्यान हुन्छ। तर भाँडाकुँडा सफा गर्ने क्रममा सानो लापरवाहीले हाम्रो स्वास्थ्य बिग्रिन सक्छ। प्रायः भाँडाकुँडा सफा गर्ने क्रममा त्यसमा केही साबुनका कण रहन्छ, जुन खानासँगै हाम्रFे पेटभित्र पुग्छ।

स्विस इन्स्ट्च्यिुट अफ एलर्जी एन्ड अस्थमाको एउटा अनुसन्धान अनुसार लामो समयसम्म यस्तो भयो भने निकै खतरनाक हुन्छ। जसले गर्दा फूड पोइजनिङ, डायरिया र अल्सरजस्तो गम्भीर बिमारीको खतरा हुन्छ।

साबुन र डिटर्जेन्ट, भाँडाकुँडा धुनको लागि तरल साबुनको फर्ममा डिटर्जेन्ट पाइन्छ। यसलाई भाँडाकुँडाको दाग र विषालु ब्याक्टेरिया भाइरस नष्ट गर्न बनाइएको हुन्छ। तर हतारमा हामीले भाँडाकुँडा धुँदा केही साबुनका कण रहन्छन् र त्यो हाम्रFे पेटभित्र पस्छ। पेटमा गट ब्याक्टेरिया हुन्छ, यसलाई गुड ब्याक्टेरिया पनि भनिन्छ। यसले खाना पचाउनुका साथै हाम्रो पेटलाई स्वस्थ राख्छ। तर जब पेटमा साबुनका कण पुगेपछि त्यसले गुड ब्याक्टेरियालाई नष्ट गर्छ, जसको कारण खाना चाहे त्यो धेरै तरल पदार्थ नै किन नहोस्, पच्दैन। पेटमा पुगेको साबुनमा केमिकल मिसिएको हुन्छ र त्यो मलको रूपमा बाहिर आउँदैन र पेटको सतहमा बिस्तारै–बिस्तारै जम्मा हुन्छ र पछि गएर अल्सरको कारण बन्छ।

भाँडाकुँडा धुने साबुनमा ट्राइक्लोसन, फास्फेट, सोडियम लोरिल सल्फेट र आर्टिफिशियल गन्ध हुन्छ। यसमा बढीजसो केमिकल कीटनाशकको रूपमा पनि प्रयोग गरिन्छ। यी केमिकल भाँडाको कीटाणुलाई मार्नको लागि बनाइएको हुन्छ। तर यसको थोरै मात्रा पनि पेटमा पुगेपछि निकै ठूलो नोक्सान गर्छ। जसले गर्दा पेट सुन्निने, अल्सर, फूड पोइजनिङ, डायरिया, जोर्नीमा दुखाइ, जलन आदि समस्या हुन थाल्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here