कोरोनालाई लिएर पहिलोपटक वच्चा र वयस्कबीच तुलनात्मक अध्ययन गरिएको छ । अध्ययन अनुसार कोरोनापछि बच्चामा वयस्कभन्दा दुई गुना बढी एन्टीबडी बनिरहेको छ । भलै भाइरसमा अलग–अलग म्युटेशनको जानकारी पाइएको छ तर गत दुई वर्षको दौरान शोधार्थीले यसको बच्चाको रोग प्रतिरोधक क्षमतामाथि कुनै खास असर दर्ज गरेका छैनन् ।
यस अध्ययनमा इन्डियन मेडिकल एसोसिएशनका पूर्वअध्यक्ष डा राजीव जयदेवनका अनुसार कोरोना महामारीको शुरूआतदेखि बच्चामा यसको प्रभाव निकै कमजोर देखियो तर केही मामलिमा अपवाद पनि रह्यो । ठूलो सङ्ख्यालाई लिएर कुरा गर्दा बच्चा अहिले पनि कोरोना सङ्क्रमणलाई लिएर निकै सुरक्षित स्थितिमा छन् तर यदि कसैमा लक्षण देखिन्छ भने समयमा आइसोलेशनमा राखेर विशेष सावधानी अँगाल्नुपर्छ ।
मेडिकल जर्नल मेडरेक्सिभमा प्रकाशित जर्जियाको एमोरी युनिभर्सिटीको शोधार्थीहरूले २३ भन्दा बढी बच्चामा सङ्क्रमणभन्दा पहिले र पछिको स्थितिबारे विश्लेषण गरेका थिए । विश्लेषण अनुसार बच्चामा कोरोनाबाट रिकभरी भएपछि पाँच सय दिनसम्म एन्टिबडी पर्याप्त मात्रामा दर्ज गरिएको थियो, जसले भाइरसको म्युटेशनबाट उनीहरूलाई बचाव गर्दथ्यो । त्यस्तै वयस्कमा एन्टिबडीको स्तर तीनदेखि छ महीनाको बीच कम देखियो । साथै विभिन्न म्युटेशनले पनि उनीहरूलाई अलग–अलग समयमा प्रभावित गरिरहेको छ । शोधार्थीको भनाइ छ, यस निष्कर्षले साना बच्चा र वयस्कमा प्रतिरक्षा अन्तरबारे महत्वपूर्ण प्रश्न उठाउँछ र यस आयु वर्गमा खोप र बुस्टर डोज रणनीतिको लागि व्यापक प्रभाव पर्न सक्छ ।
नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्सका डा आनन्द भन्छन् बच्चामा कोरोना सङ्क्रमणको प्रभाव वयस्कको तुलनामा कम छ तर यस प्रकारको अध्ययनलाई ठूलो सङ्ख्यामा गरेर राम्रो निष्कर्ष संसारलाई दिन सकिन्छ । यो अध्ययन अप्रिल २०२० देखि जनवरी २०२२ का बीच सङ्क्रमित बालबालिकामाथि गरिएको थियो, त्यति बेला ओमिक्रोनको अलग–अलग स्वरूप–उपस्वरूप संसारले सामना गरिरहेको थियो ।