ग्याँसको मूल्य दिन प्रतिदिन बढ्ने गर्छ र ग्याँस सकिएपछि सिलिन्डर ल्याउने र लैजाने समस्या हुन्छ । जसले गर्दा धेरैले इन्डक्शन ओभन प्रयोग गर्छन् । यद्यपि ग्याँस र इन्डक्शन दुवैमा धेरै खर्च पर्छ । तर हालै इन्डियन आयल कर्पोरेशनले यस्तो स्टोभ ल्याएको छ जुन एकपटक खर्च गरेर नबिगु्रन्जेल खाना पकाउन सकिन्छ । यसमा ग्याँस र बिजुलीको खर्च घरीघरी तिर्नुपर्दैन ।

भारु १२ हजार पर्ने यस स्टोभमा विशेष प्रकारको प्रविधि प्रयोग गरिएको छ । महँगीबाट पीडित जनतालाई राहत दिन इन्डियन आयल कर्पोरेशन लिमिटेडले बनाएको सूर्य नूतन सोलर स्टोभ बजारमा आइसकेको छ ।

२४ घण्टा प्रयोग गर्न सकिने यो पुरानो सोलार स्टोभभन्दा छुट्टै छ । यो स्टोभ दुई प्रकारको युनिट मिलेर बनाइएको छ । एउटा युनिट भान्सामा राखिन्छ भने अर्को युनिट बाहिर घाममा राख्नुपर्छ । यसको उपयोग दिनरात गर्न सकिन्छ । स्टोभले दिनमा ऊर्जा भण्डारण गर्छ जसलाई राति प्रयोग गर्न सकिन्छ ।

सूर्य नूतन सोलर स्टोभको दुई संस्करण बजारमा उपलब्ध छ । एउटा संस्करणको मूल्य भारु १२ हजार छ भने टप भेरिएन्टको मूल्य भारु २३ हजार पर्छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडले यो स्टोभलाई इन्डियन आयल ग्याँस एजेन्सी र पेट्रोलपम्पमार्फत बजारमा लन्च गर्ने तयारी गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here