कारमा आगो लाग्नु नौलो घटना होइन । बढीजसो गर्मी मौसममा कारमा आगो लाग्ने गर्छ । तसर्थ कारमा आगो नलागोस् त्यसको लागि केही कुरामा ध्यान दिनुपर्छ । आजभोलि बजारमा नयाँ–नयाँ कारको सह–उपकरण आइरहेको छ । बजारमा ओरिजनलको साथै सस्तो र नक्कली कार उपकरण पनि निकै बिक्री हुन्छ । केही पैसा बचाउने चक्करमा नक्कली र सस्तो एसेसरिज हामी आफ्नो कारमा लगाउँछौं । अप्रशिक्षित मैकानिकबाट ती सामान गाडीमा फिट गराउँछौं । यस्तोमा कैयौंपटक गलत वायरिड्ढो कारण कारमा सर्टसर्किट हुने र आगो लाग्ने गर्छ ।
पैसा बचाउने चक्करमा कारमा नक्कली र सस्तो सिएनजी किट लगाइने गरिन्छ । यद्यपि यो निकै खतरनाक साबित हुन सक्छ । सस्तो र नक्कली सिएनजी किट कारमा आगो लाग्ने सबैभन्दा प्रमुख कारण हो ।
यदि कारमा आगो लाग्यो भने कारको इलेक्ट्रिकल युनिट जाम हुन्छ । यसबाट पावर विन्डो, सिट बेल्ट र सेन्ट्रल लकिङ सिस्टम पनि फेल हुन्छ, जसले गर्दा कारमा बसेको मानिसलाई बाहिर निस्कन निकै गार्हो हुन्छ । कारमा आगो लागेपछि तुरुन्तै बाहिर निस्किनुपर्छ किनभने कारभित्र कार्बन मोनोअक्साइड ग्याँस फैलिन थाल्छ जुन निकै खतरनाक साबित हुन्छ ।
कारको बोनट पनि खोल्नुहुँदैन नत्र आगोले अक्सिजन पाएपछि त्यो झनै फैलिन्छ । कारमा अग्निशमन यन्त्र छ भने त्यसबाट आगो नियन्त्रण गर्नुपर्छ । तसर्थ कारमा आगो लाग्न नदिन कारको सर्भिसिङ अथराइज्ड सर्भिस सेन्टरबाट गराउनुपर्छ । फ्रि सर्भिसपछि प्रायः धेरैजनाले कारलाई सस्तो सर्भिस स्टेशन लग्छन् । अप्रशिक्षित मेकानिकको कारण कारमा गडबडी हुने गर्छ । आफ्नो कारमा सदैव एउटा फायर एक्सटिंग्विशर, सिट बेल्टकटर र हतौडा राख्नुपर्छ ।