संसारमा रेल आज पनि यातायातको सबैभन्दा मनपर्ने र प्रमुख साधन हो । दुनियाँभरमा रेलको लामो दूरीको यात्रा गरिन्छ । तर तपाईंलाई थाहा छ संसारको सबैभन्दा लामो रेल यात्रा कति दिनमा पूरा हुन्छ ?

संसारको सबैभन्दा लामो रेलयात्रा सात दिन २० घण्टा २५ मिनेटको हुन्छ । रूसको मस्को शहरबाट नर्थ कोरियाको प्योङयाङ शहरबीच चल्ने रेलले यति समय लिने गर्छ । मस्कोबाट प्योङयाङसम्मको यात्रा संसारको सबैभन्दा लामो रेलयात्रा हो । रूसको मस्कोबाट उत्तर कोरियाको शहर प्योङयाङसम्म १० हजार २१४ किलोमिटरको यात्रा ट्रान्स–साइबेरियन रेलले पूरा गर्दछ ।

यस लामो रूटमा चल्ने रेलले १६ वटा प्रमुख नदीलाई पार गर्छ र ८७ वटा शहर भएर गुजरिन्छ । एक सातासम्म हुने यस यात्राले यात्रीहरूको धैर्यको परीक्षा लिने गर्छ । साथै रेल यात्रामा प्राकृतिक सुन्दरता पनि हेर्न पाइन्छ ।

ट्रान्स–साइबेरियन रेलवेको सुरुआत सन् १९६१ मा भएको थियो । यस रेलसेवाले मस्कोबाट रूसकै ब्लादिवोस्तोकसम्मको यात्रा पनि गराउँछ । यो रूट दुनियाँको दोस्रो सबैभन्दा लामो रेलरूट हो ।

यस रूटमा चल्ने रेल पहाड र जङ्गल भएर गुजरिन्छ । प्योङयाङबाट शुरू हुने यात्रा उत्तर कोरियाबाट रूसको मास्को आउने यात्रीलाई एउटा टे«नकारले रूसको ब्लादिवोस्तोकसम्म लिएर जान्छ । यहाँ टे«नकार ब्लादिवोस्तोकबाट मस्कोको लागि जाने रेलको पछाडि जोडिन्छ । विशेष कुरा यो हो कि प्योङयाङबाट एकपटक टे«नकारमा सवार हुने यात्रीहरूलाई कतै पनि आफ्नो कोच बदलिनुपर्ने आवश्यकता रहँदैन । उत्तर कोरियाबाट महीनामा दुईपटक यो रेल रूस पुग्छ । यसै प्रकार रूसबाट प्योङयाड्ढो लागि महीनामा चारपटक रेल चल्छ । मस्कोबाट चल्ने रेल प्योङयाङसम्म मात्रै पुग्दैन यो उत्तर कोरियाको तुमांनगेन स्टेशनसम्म पुग्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here