आजभोलि हरेक वस्तु प्लास्टिकमा भेटिन्छ । विशेषगरी पानीको बोतल पनि प्लास्टिकको नै हुने गरेको छ । प्लास्टिक स्वास्थ्यको लागि हानिकारक हुन्छ तर प्रश्न यो उठ्छ कुन प्लास्टिक स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ । प्लास्टिकको बोतलको तलपट्टिको भागमा एउटा नम्बर लेखिएको हुन्छ । यो नम्बरले प्लास्टिकको बोतल कति हानिकारक हुन्छ, त्यसबारे जानकारी दिन्छ ।
यदि प्लास्टिकको बोतलको तलपट्टिको भागमा तीन वा सात नम्बर लेखिएको छ भने त्यस्ता प्लास्टिकको बोतलमा हानिकारक तत्व जस्तै बिपिए मिसाइएको हुन्छ । त्यस्तै, प्लास्टिकको बोतलको तलपट्टिको भागमा त्रिकोण आकारमा एउटा नम्बर लेखिएको हुन्छ । यदि त्यसमा एक नम्बर लेखिएको छ भने यस प्लास्टिकको बोतललाई एकपटक मात्र प्रयोग गर्न सकिन्छ । यदि तपाईं प्लास्टिकको बोतल पटक–पटक प्रयोग गर्न चाहनुहुन्छ भने बोतलको तलपट्टिको भागमा २, ४, ५ सङ्ख्या हेर्नुपर्छ । यस नम्बर भएको प्लास्टिकको बोतललाई पटक–पटक प्रयोग गर्न सकिन्छ र यसलाई सुरक्षित पनि मानिन्छ । त्यस्तै, यदि प्लास्टिकको बोतलमा ३, ६, ७ नम्बर लेखिएको छ भने यस्ता प्लास्टिकको बोतल पुनः प्रयोग गर्नुहुँदैन ।
एभ्त् वा एभ्त्भ् लेखिएको अर्थः घरमा अधिकांश प्रयोग हुने प्लास्टिकको बोतलमा यो कोड भेटिन्छ । सामान्यस्तरको गुणस्तरीय प्लास्टिक भएकोले यसमा यस्तो लेखिएको हुन्छ । कोल्ड ड्रिङ्क होस् वा पानीको बोतल जुन प्लास्टिकको डिब्बा वा बोतलमा घरको सामान ल्याउँछौं, त्यसमा यस्तो कोड भेटिन्छ । यस कोड भएको बोतललाई लामो समयसम्म प्रयोग गर्नाले स्वास्थ्यमा हानिकारक हुन सक्छ ।