-सञ्जय मित्र 

अहिले एसइई भनिन थालिएको छ, पहिले एसएलसी थियो । एसएलसी र एसइई एउटै होइनन् । एसएलसी गरेपछि आइए, आइकम, आइएल, आइएस्सी आदि पढ्न पाइन्थ्यो । यी सबै त्रिभुवन विश्वविद्यालयको कलेजमा पढाइ हुन्थ्यो । अहिले विश्वविद्यालयहरूमा स्नातक तहदेखि माथिको पढाइ मात्र हुन्छ । अहिले आइए, आइकम, आइएल, आइएस्सी भनिंदैन । यो तह नै विद्यालयमा गाभिएपछि विद्यालय तहको पठनपाठन कक्षा बार्‍हसम्म बन्न पुगेको छ ।

पहिले अहिलेको जस्तो समाजमा शिक्षाको प्रसार भइसकेको थिएन । गरीबहरू आफ्ना सन्तानलाई पढाउ“दैनथे । विपन्न वर्गको यसप्रतिको दृष्टिकोण सकारात्मक थिएन । आफू निरक्षर रहेको र पढाइमा उमेर खेर जान्छ भन्ने सोचाइले बढी नकारात्मक भाव उत्पन्न हुने गरेको थियो । बिस्तारै शिक्षाको महŒव बुझ्दै गएको छ, समाजले । पहिले जहा“ गाउ“बाट पढ्न जाने बालबालिकालाई हेपिन्थ्यो, त्यहा“ आज विद्यालय नजाने बालबालिका हेपिन्छन् । हेपाइ राम्रो हु“दै होइन तर अवस्था परिवर्तन भइसकेको छ । यद्यपि अझै पनि यस्ता परिवार छन्, जहा“ विपन्नता र अज्ञानता दुवैको बोझले थिचिएर अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय नपठाएको अवस्था छ ।

म २०४७ मा एसएलसी परीक्षामा सहभागी भएको हु“ । जन्मभूमि गेडहीमा रहेको प्राथमिक विद्यालयबाट कक्षा पा“च उत्तीणर् गरी धरहरीस्थित जय किसान माध्यमिक विद्यालयमा कक्षा ६ देखि एसएलसीसम्म पढेको हु“ । यहींबाट एसएलसीमा सहभागी भएको हु“ ।

पहिले माध्यमिक तहको विद्यालयको सङ्ख्या कम भएको र अर्को विद्यालयमा परीक्षा केन्द्र हुने भएकोले धरहरीको विद्यार्थीका लागि कटहरिया परीक्षा केन्द्र हुन्थ्यो । म गेडहीको मान्छे, परीक्षा केन्द्र भएको ठाउ“ कटहरिया कहिल्यै गएको थिइन“ । त्यति बेला कुनै काम पर्ने ठाउ“ नै नभएकोले हामीलाई अपायक लाग्थ्यो । कटहरियातिर आफ्नो आफन्त कोही थिएनन् ।

एकजना छिमेकी जगदेव ठाकुर नामको मानिसले आफ्नो घर बनाएका थिए, कटहरिया गाउ“मा । अहिले पनि बजार र गाउ“ अलग छन् । घरबाट बुबाको सल्लाह र निर्देशनमा म ओढ्ने ओछ्याउनेसहित कटहरिया गाउ“ पुगें । भोलिपल्ट परीक्षा थियो । गएर प्रवेशपत्र बुझें । प्रवेशपत्र पाएपछि परीक्षार्थी भएको चाहिं ढुक्क भयो ।

परीक्षाको डर निकै थियो । मलाई मात्र होइन, अधिकांश परीक्षार्थीमा परीक्षाको त्रास हुन्थ्यो । समय अलिकति पनि कोही खेर फाल्न चाह“दैनथे । प्रवेशपत्र लिएर डेरामा आएर पढ्न बसें । बिल्कुलै नया“ ठाउ“ र जुन घरमा डेरामा छु, उक्त परिवारका कसैलाई मैले चिनेको छैन । गाउ“कै मानिस हुन् र हु“ पनि तर दुई गाउ“ भएपछि उति आवतजावत नहु“दा पनि खासै चिनजानको अवस्था नभएको हुनुपर्छ । म जगदेव ठाकुरलाई चिन्दथें । जगदेओ काका भनेर सम्बोधन गर्दथें तर त्यस दिन राति पनि जगदेव काका आउनुभएन घर । अनि घरका बा“की सदस्यसित चिनजान नभएको हु“दा दोहोरो संवादमा निकै असहजता अनुभूति भयो । मुख्यगरी दुई सवालमा भने मलाई निकै असहज भयो ।

पहिलो कुरो खाना खान र दोस्रो सुत्न । अरूकहा“ खाना खान मलाई असजिलो लाग्छ अझै पनि । चिनजान नै नभएको परिवारमा खाना खान त बसें तर मलाई यस्तो लागिरहेको थियो कि म बोझ हु“, यस घरको लागि । मैले घरबाट नै अलिकति पकाउने भा“डाकु“डा, चामल, थाली, लोहोटा आदि लगेको थिए“ । भोलिदेखि परीक्षा हु“दैछ भन्ने त्रासपूणर् उत्साह मनमा थियो भने बिल्कुलै अपरिचित, अनजान घरमा शतप्रतिशत अपरिचितहरूसित खाना खा“दा निकै अप्ठ्यारो भएको थियो ।

सुत्नलाई एउटा कुना दिइएको थियो । पराल बिछ्याएको थियो । मैले ओढ्ने लगेको थिए“ तर सिरकचाहिं होइन । माघको महीना थियो । स्वीटर लाएरै सुतें । जगदेओ काकाको घरमा काका राति सुत्ने बेलासम्म नआउ“दा मलाई जेलको कैदीबन्दीजस्तो लागिरहेको थियो । कतै जानु कसरी ? घरका बा“की सदस्यले पनि कुनै सोधपूछ गरिरहेका थिएनन् । आफैंले घरबाट लिएर गएको लालटेनको प्रकाशमा भोलिको परीक्षाको तयारी गरिरहेको थिए“ । राति समयमैं सुत्नुपर्छ र बिहान समयमैं उठ्नुपर्छ भन्ने थियो । अब एउटा ओढ्नेको भरमा भुइ“मा बिछ्याइएको परालको बिछ्यौनामाथि एउटा ओढ्नेको भरमा रात कटाइयो ।

पहिलो दिनको परीक्षा राम्रो भयो । परीक्षा दिएर निस्केपछि मलाई खानाको चिन्ताले सतायो । राति राम्ररी खाना खाएको थिइन“ । सबै साथीचाहिं खाजा खाएर परीक्षा दिन गएको बताइरहेका थिए । आफूचाहिं भोकभोकै । राति सुताइको अवस्था पनि यस्तै थियो । सबैले आफ्नो हालत बताउ“दै परीक्षा केन्द्रबाट जहा“ सबैले परीक्षाभरिको लागि डेरा लिएका थिए, त्यतातिर गइरहेका थिए । म पनि ८/१० जनाको समूहमा थिए“ । मैले पनि आफ्नो कथा-व्यथा ओकलिहालें । एकजना साथीले भन्यो- मेरो डेरामा खाना पाकिसकेको होला । घरबाट खाना पकाउने मानिस आएको छ । हिंड, त्यसैमा मिलेर खाना खाने ।

स“गै गएर खाना खाए“ । साथीभाइको बीचमा रमाइलो हुन्छ । खाना खाएपछि ऊ मस“गै हिंड्यो मेरा डेरातिर । जब मेरो हालत देख्यो, तब त्यहा“बाट उसले केही सामान उठाएर आफ्नो डेरामा ल्यायो । उसको डेरा फराकिलो थियो । भुइ“मैं सुत्नुपथ्र्यो पराल ओछ्याएर । परालमाथि एउटा पातलो दरी वा तन्ना बिछ्याएको थियो । ओढ्नलाई सिरक पनि थियो । आहा, लाग्यो- यो पो स्वर्ग हो त ।

मनै फुरु· हुन गयो । दोस्रो खेपमा थप एक/दुई जना साथी भएर बा“की रहेको सामान पनि उठाएर ल्यायौं । दिउ“सोसम्म पनि जगदेओ काका घर फर्केका थिएनन् ।

फराकिलो कोठा थियो । ९/१० जना परीक्षार्थी एउटै कोठामा । केही अभिभावकहरू पनि, खाना पकाउने भान्से पनि । सबै गरेर हरेक रात १५-२० जना जति सुत्थ्यौं । राति पनि आनन्द हुन्थ्यो । जिस्कने, जिस्क्याउने खूब चलिरहन्थ्यो तर सा“झमा भने सबै निकै गम्भीर भएर पढ्थ्यौं । एकले अर्कोलाई नआएको सोध्ने र बताउने पनि हुन्थ्यो । लाग्थ्यो ठूलो अन्तक्र्रियालय भएको छ, त्यो घर । रमाइलो पनि फरक किसिमले । परीक्षाको अवधिभर यो रमाइलो चलिरह्यो ।

खाना खाने बेलामा परीक्षार्थीलाई पहिलो प्राथमिकता दिएर सबैले खुवाउन चाहन्थे । आफ्नो थाल धुनुबाहेक अरू कुनै भा“डा माझ्नुपर्दैनथ्यो । बाहिर कलधारा नजीकै थियो । पानी खान, जूठो भा“डा माझ्न, हात धुन र चुठ्न, नुहाउन सजिलो थियो ।

अब एउटा परीक्षा बा“की थियो । अन्तिम रात बस्नुपर्ने थियो । त्यस रात सबैको विचार भयो कि फिल्म हेरौं । भोलिपल्ट सबैजना आआफ्नो घर फर्किन्छौं, आज रमाइलो गर्नुपर्छ । अन्तिम दिन स्वास्थ्य विषय थियो । स्वास्थ्य सजिलो लाग्छ, अझै पनि विद्यार्थीहरूलाई ।

सम्सा“झै खाना खायौं र भिडियो हलतिर गयौं । एक छिनमा फिल्म शुरू भयो- सनम बेवफा । फिल्म चलिरह“दा पनि विद्यार्थी, अभिभावक र स्थानीयहरू पैसा बुझाउ“दै हेर्न आइरहे । त्यस दिन धेरै मानिस फिल्म हेर्न आए भन्ने सुनियो । सनम बेवफा सकिएपछि धेरै मानिस निस्के तर केहीले भने कि अर्को पनि फिल्म चलाउनु । हामी निस्कन लागेका थियौं तर हाम्रा अभिभावकमध्ये एकजनाले रोकेर भने- अर्को पनि फिल्म हेरौं । अनि हेर्‍यौं- तेजा ।

स्वास्थ्य विषयस“गै परीक्षा पनि सकियो । केन्द्रबाट डेरामा आउ“दा खाना पनि तयार थियो । कतिपय साथीको टायरगाडा आएको थियो, सामानसहित लैजानलाई । खाना खा“दा कुनै ठूलो भोजको अनुभूति भयो सबैलाई । अन्तिम भोज थियो । छुट्टिने बेलामा धेरैका आ“खामा बिछोडको भाव छचल्किइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here