गर्मीको मौसम आउनेबित्तिकै यतिबेला लामखुट्टेको प्रकोप बढ्न थालेको र यससँग सम्बन्धित रोग पनि फैलिन थालेको छ । बजारमा लामखुट्टेबाट बचाउने थुप्रै प्रकारका मस्क्युटो रेपेलेन्ट, लिक्विड, कोइल वा म्याटको रूपमा बिक्री भइरहेको र हामीले त्यसलाई घरमा पनि प्रयोग गरिरहेका छौं । तर पनि लामखुट्टे न मर्छ, न भाग्छ । यसको अर्थ हो लामखुट्टेविरुद्धको औषधि प्रभावकारी हुँदैन ।

अलग–अलग मस्क्युटो रेपेलेन्टले अलग–अलग ढङ्गले काम गर्छ । कुनैले लामखुट्टे भगाउँछ भने कुनैले मार्छ । सबैभन्दा बढी लिक्विड मस्क्युटो रेपेलेन्टको प्रयोग गरिन्छ । मस्क्युटो रेपेलेन्टमा एउटा मिश्रित लिक्विड हुन्छ जुन हलुका गर्म हुने बित्तिकै वाष्पमा परिणत हुन्छ । रिफिलभित्र तीन प्रकारको केमिकलको मिश्रण हुन्छ । १) इन्सेक्टिसाइड– यसले लामखुट्टेलाई भगाउँछ । २) स्टेबलाइजर/एन्टिअक्सिडेन्ट– यसले इन्सेक्टिसाइडलाई गर्मीको कारण अक्सिकृत हुनबाट रोक्छ । ३) परफ्युम– लिक्विडबाट दुर्गन्ध नफैलियोस् त्यसको लागि यसमा परफ्युम प्रयोग गरिन्छ ।

ट्रान्सफ्लुथ्रिन यस मिश्रणको महत्वपूर्ण भाग हुन्छ । यसले लामखुट्टेको त्वचामा स्पर्श गरेपछि लामखुट्टेमा पक्षघातको काम गर्छ । पक्षाघात भएपछि लामखुट्टेको गति सुस्त हुन्छ र उसको नर्भस सिस्टम खराब हुन्छ । तर यो मिश्रण सबै प्रकारको लामखुट्टेको लागि विषाक्त हुँदैन । लामखुट्टेमा लगातार बदलाव आइरहेको छ र कैयौं लामखुट्टेले यस्ता मिश्रणविरुद्ध प्रतिरोधक क्षमता विकसित गर्छन् ।

मस्क्युटो रेपेलेन्ट मुख्यरूपमा दुई प्रकारको हुन्छ । केमिकल रेपेलेन्ट्स– यो डिब वा डिट, पिकार्डियन वा इकार्डियन, आइआर ३५३५ जस्ता केमिकलबाट बनेको हुन्छ । यसमध्ये अधिकांश सीधै छालामा लगाउन सकिन्छ ।

स्पेटियल रेपेलेन्ट्स– यो सीधा त्वचामा लगाइँदैन, बरु वाष्पिकृत भएर काम गर्छ । उदाहरणको लागि कोइल, रेपेलेन्ट् स्प्रे, वेपोराइजर्स र म्याट ।

अचम्मको कुरा यति एडभान्स टेक्नोलोजीको बावजूद मस्क्यिुटो रेपेलेन्ट बेअसर भइरहेको छ । औषधिको जाँच गर्ने संस्थान श्रीराम टेस्टिङ लेबोरेटरी अनुसार यसको मुख्य तीन कारण हुन सक्छ ।

पहिलो– हरेक वर्ष लामखुट्टेको अलग–अलग प्रजाति फैलिन्छ जस्तै–एडिज, एनोफैलिस, क्युलैक्स, कुलिसेटा, मानसोनिया, सोरोफोरो, टाक्सोरिनसिटिस, वेमिया आदि । एकै प्रकारको रेपेलेन्ट सबैमा प्रभावी हुन सक्दैन । दोस्रो– रेपलेन्टको बढी प्रयोगबाट लामखुट्टेमा प्रतिरोधक क्षमता विकसित हुन्छ । तेस्रो–उत्पादमा एक्टिभ इन्ग्रेडिएन्टको कम मात्रा । कैयौंपटक कम्पनीले खर्च बचाउनको लागि यी उत्पादनको मिश्रणमा बदलाव गर्छन् ।

अल इन्डिया केमिस्ट फेडरेशनका कैलाश गुप्ताका अनुसार मस्क्युटो रेपेलेन्ट प्रभावी नहुनुको कारण प्रदूषण पनि हो । साथै एसी चलाउँदा पनि मस्क्यिुटो रेपेलेन्ट बढी प्रभावी हुँदैन । एसीले रेपेलेन्टको धूवाँ आफूतिर तान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here