जीवन स्वस्थ राख्नुपर्छ किनभने यसको असर हाम्रFे सन्तानको स्वास्थ्यमाथि पनि पर्ने गरेको छ। जसको आमाको स्वस्थ दिनचर्या छ, उनकी छोरीमा पनि डिप्रेशनको लक्षण कम हुन्छ। यद्यपि छोरामाथि यस प्रकारको कुनै असर पर्दैन।
केही वर्षदेखि किशोरहरूमा डिप्रेशन बढिरहेको छ। अमेरिकामा सन् २००५ मा ८.७ प्रतिशत किशोर डिप्रेशनको शिकार भएका छन्। यो तथ्याङ्क सन् २०१४ मा बढेर ११.३ प्रतिशत पुग्यो। त्यस्तै ५० प्रतिशत किशोरले डिप्रेशनको अलावा अन्य मानसिक विकार भएको पनि स्विकारेका छन्। युवामा विकलाङ्गताको प्रमुख कारणले पनि डिप्रेशन बढिरहेको छ।
प्रमुख शोधकर्ता वी–चेन वांगले शोधमा भनेका छन्–स्वस्थ आहार, धूमपान नगर्नु, शारीरिकरूपमा सक्रिय, सामान्य बडी मास इन्डेक्स र रक्सीसेवन नगर्दा डिप्रेशनमा कमी आउँछ। यो बुझ्नको लागि उनले अलग–अलग पेशाका २५ देखि ४५ वर्षका महिलाहरूको तथ्याङ्क एकत्र गरेका थिए।
सन् १९८९ मा सङ्कलित गरिएको तथ्याङ्क विश्लेषणको आधारमा आमाको जीवनशैली र व्यवहार उनीहरूको सन्तानको जीवनशैलीमा सोझै जोडिएको हुन्छ। यद्यपि आमा मोटो भएपछि छोरीमा डिप्रेशनको आशङ्का पनि कम रहन्छ।
पिताको डिप्रेशनले ठूलो भइरहेका सन्तानमाथि गहिरो असर पर्छ। चाहे बच्चा अनुवांशिकरूपले पितासँग जोडिएको हुन्छ वा अरूको बच्चा होस्। पिता यदि डिप्रेशनमा छ भने बच्चाले विकासको लागि सही वातावरण पाउन सक्दैन।
सन्तानले आफ्ना अभिभावकको नकल गर्ने मात्र होइन, त्यसलाई आत्मसात् पनि गर्छन्। यसको असरले किशोरावस्था र वयस्क भएपछि झनै बढी प्रभाव पर्छ।