आगामी केही वर्षपछि हामीले रातिको समयमा तारा देख्न सक्दैनौं । यसको कारण हो– प्रकाश प्रदूषण । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेन्सले गरेको अध्ययन अनुसार गत दशकमा आकाशको चमकमा १० प्रतिशतसम्म कमी आएको छ । वैज्ञानिकका अनुसार धर्ती जगमग गर्ने मानवनिर्मित प्रकाश (बल्ब, फ्लड लाइट्स आदि)का कारण आकाशको चमक फिका हुँदैछ ।

धर्तीमा बढ्दो प्रकाश प्रदूषणका कारण हाम्रFे आँखा र वायुमण्डलको प्रकाशमा निकै परिवर्तन भइरहेको छ । यसैले हाम्रFे नजरमा आकाश धमिलो देखिने गरेको छ । आकाशमा ताराको सङ्ख्या कम देखिंदैछ । जुन स्थानमा प्रकाश प्रदूषण कम छ, त्यहाँ आकाश स्पष्ट देखिन्छ ।

अध्ययन अनुसार एशिया, युरोप, उत्तरी अमेरिका, दक्षिण अमेरिका र अफ्रिकाका १९ हजार स्थानका २९ हजार व्यक्तिसँग आकाश राति सफा देखिन्छ भन्ने प्रश्न सोधिएको थियो । संसारभरिका सिटिजन साइन्टिस्टले यसबारे भनेका छन् र प्रकाश प्रदूषणबारे रिपोर्ट तयार गरिएको छ । गत १० वर्षमा आकाशको चमक १० प्रतिशतसम्म फिका भएको छ ।

जर्मन रिसर्च सेन्टरका भौतिक वैज्ञानिक क्रिस्टोफर किबाले यस अध्ययनलाई दुई प्रकारले महŒवपूर्ण बताएका छन् । पहिलो, वैश्विकस्तरमा रातिको समय आकाशको चमक फिका भएपछि अध्ययन गरिएको थियो र दोस्रFे, दुनियाँभरका देशमा रातिको प्रकाश कम गर्नको लागि तय नियम र मानक उल्लङ्घन गरिंदैछ । मानवनिर्मित प्रकाशबाट प्राकृतिक प्रकाशको क्षरण भइरहेको छ ।

किबाका अनुसार हालको दशकमा आर्टिफिशियल लाइटका कारण पर्यावरणमाथि असर भइरहेको छ । प्रकाश प्रदूषणको असर मान्छे र जनावरको जीवनचक्रमाथि पनि भइरहेको छ । जूनकीरीको प्रजाति नष्ट हुँदैछ । जनावरको सञ्चार तरीका पनि बदलिरहेको छ । पूरै दुनियाँमा यसको नियम बनाइँदैछ, जसले हामी आफ्नो आकाश हेर्न सकौं । धर्तीलाई बढी जगमग गर्नु विकास होइन, प्रदूषण हो । वैज्ञानिकको भनाइ छ, प्रकाश प्रदूषण कम गर्न प्रकाश दिने यन्त्रको दिशा, मात्रा र प्रकार सुधार्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here