बजारमा दुई प्रकारका प्रिन्टर हुन्छन् । एउटा इङ्कजेट र अर्को लेजर प्रिन्ट । इङ्कजेट प्रिन्टरमा एउटा नोजल हुन्छ, जसमा कागजमा इङ्कलाई स्पे्र गरिन्छ र त्यो प्रिन्ट हुन्छ । त्यस्तै लेजरमा नोजल हुँदैन । इङ्कजेटमा कार्टिजमा इङ्क लिक्विड फर्ममा हुन्छ, लामो समयसम्म प्रयोग नभएपछि सुक्छ । त्यस्तै लेजर प्रिन्टमा इङ्क टोनर (धूलो)को रूपमा हुन्छ, यो लामो समयसम्म प्रयोग नगरे पनि सुक्दैन ।

कागजात प्रिन्टिड्ढो गुणस्तरको कुरा गर्दा लेजर प्रिन्टरले राम्रो गुणस्तर दिन्छ । लेजर प्रिन्टरको प्रिन्टिड्ढो क्वालिटी, इङ्कजेटभन्दा उत्कृष्ट हुने गर्छ ।

भनिन्छ, जब प्रिन्टर पेजमा धार वा दाग देखिन थाल्छ, त्यति बेला प्रिन्टरलाई सफा गर्नुपर्छ । प्रिन्टर रबिङ अल्कोहल, कटन स्वैब, भ्याकुम क्लिनर र सफा कपडाको मदतबाट सफा गर्नुपर्छ । कागजमा धार वा दाग देखिन्छ भने त्यसको प्लेट वा रोलर सफा गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here