प्रस, परवानीपुर ७ मङ्सिर/

मुलुकको प्रवेशद्वार एवं आर्थिक नगरको रूपमा चिनिने वीरगंजमा ठूल्ठूला कर्पोरेट हाउससँगै केही साना पसल, व्यवसाय पनि चर्चामा रहेको पाइएको छ ।

त्यसैमध्ये यातायात व्यवस्था कार्यालय, पर्सा नजीकको हो मनकामना होटल । २३ वर्षअघि खुलेको यो साधारण होटलमा दिनहुँ तीन सयभन्दा बढी ग्राहक पुग्ने गर्छन् । धादिङ, गल्छी गाउँपालिका–४ किरानचोक स्थायी घर भएका ४७ वर्षीय माइला श्रेष्ठ भन्ने रमेश श्रेष्ठले उक्त पसल सञ्चालन गर्दैछन् । वीरगंज घुम्न आएको बेला २०५६ सालमा एउटा सानो घुम्टीबाट शुरू गरेको व्यवसाय अहिले हेर्नमा सानो लागे पनि यातायात व्यवस्था कार्यालयमा आउने ग्राहकहरूको मन जित्ने गरेको छ ।

एकचोटी पसलमा चिया, नास्ता, खाना खाएका ग्राहक अन्य होटलमा नजाने गरेको ग्राहकहरू बताउँछन् । रु २०० मा चिया, चिउरा–मासु, अन्डा, दही–चिउरा, शाकाहारी–मांसाहारीलगायत खानेकुरा बिक्री गर्ने उक्त होटल रमेश, उनको पत्नी र एकजना कर्मचारीको भरमा चल्दै आएको छ । पहिले दैनिक ५० हजारसम्म कारोबार हुने होटलमा अहिले सो क्ष्Fेत्रमा केही नयाँ होटलहरू खुलेपछि १५–२० हजारसम्म आम्दानी हुने गरेको बताए ।

अहिले वैदेशिक रोजगारमा जाने युवाहरूलाई उनले स्वदेशमैं केही गर्न सुझाव दिंदै भने– मैले २३ वर्षको अवधिमा हेटौंडामा डेढ कट्ठा जग्गा खरीद गरी घर पनि बनाइसकेको छु । तीनजना बच्चालाई हुर्काइ पढाएको पनि छु । त्यस कारण विदेशको दुःख काट्नुभन्दा आफ्नै देशमा सुखीसाथ बाँच्न सक्ने आधार पनि भएकोले त्यसतर्फ युवाहरूको सोच बदलिनुपर्ने उनको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here