• विश्वराज अधिकारी

प्रत्येक वर्ष करीब २ करोड व्यक्तिलाई मानव तस्करहरूले गृह देशबाट संसारका अनेक देश पु¥याउँछन् । आर्थिक प्रलोभनका कारण सोझासाझा मानिस मानव तस्करहरूको जालमा परेर अनेक देश पुग्छन् र कष्टकर जीवन बिताउन विवश हुन्छन् ।

मानव तस्करहरूले प्रायः यौन शोषण र श्रम श्रोषणका लागि सोझासाझा मानिसलाई अनेक देश पु¥याउने गरेको पाइएको छ । यौन शोषण र श्रम शोषण संसारभरि हुन्छ । गरीब देशका नागरिक ठूलो सङ्ख्यामा मानव तस्करको जालमा परेर श्रम र यौन शोषणमा परेको तथ्याङ्कले देखाएको छ ।

मानव तस्करहरूको जालमा परेर मानव तस्करीको शिकार हुन पुगेका व्यक्तिहरू जुन देश पुग्छन् र पुगेको देशको सरकार वा राज्यले उनीहरूसँग कस्तो व्यवहार गर्छ भन्ने विषय पनि महत्वपूर्ण हुन पुग्दछ । यसैगरी आफ्नो देशमा हुने मानव तस्करी रोक्न राज्य वा सरकारले कस्तो भूमिका खेलेको छ, त्यो कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।

आफ्नो देशमा हुने मानव तस्करी रोक्न कुनै देशले कस्तो भूमिका निर्वाह गरेको छ, त्यस कुरालाई आधार मानेर मानव तस्करी रोक्न प्रयत्नरत देशहरूको वर्गीकरण गरिएको छ । मानव तस्करी रोक्न प्रयत्नरत देशहरूमध्ये पहिलो तहमा पर्ने ती देश हुन्, जसले मानव तस्करी रोक्न आवश्यक कानून निर्माण गरेका हुन्छन् र कानून पालना पनि गर्छन् । अस्ट्रिया, बेल्जियम, क्यानाडा, फिनल्यान्ड, फ्रान्स, जर्मनी, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका आदि पहिलो तहमा पर्ने देश हुन् । दोस्रो तहमा ती देशहरू पर्छन्, जसले मानव तस्करी रोक्न आवश्यक कानूनको पर्याप्त व्यवस्था गरेका हुँदैनन् र भएका कानूनको पालना पनि उचित किसिमले गर्दैनन् । तर मानव तस्करी रोक्न उल्लेखनीय कार्य भने गरिरहेका हुन्छन् । बङ्गलादेश, ब्रजील, डेनमार्क, इजिप्ट, ग्रीस, हंगेरी, इराक, जापान, भारत, पाकिस्तान, नेपाल आदि दोस्रो तहमा पर्ने देश हुन् । तेस्रो तहमा ती देश पर्छन्, जसले मानव तस्करी रोक्न यथेष्ट कानून निर्माण गरेका हुँदैनन् र भएका कानूनको पालना पनि गर्दैनन् र मानव तस्करी रोक्न उल्लेखनीय प्रयास पनि गर्दैनन् । अफगानिस्तान, बेलारूस, कम्बोडिया, चीन, क्युबा, इरान, मकाउ, मलेशिया, उत्तर कोरिया, रूस, दक्षिण सुडान, सिरिया, भनेजुएला, तुर्कमेनिस्तान जस्ता देशहरू मानव तस्करी रोक्ने तेस्रो तहमा पर्दछन् ।

गृह देशबाट अर्को देशमा जाने क्रममा मानव तस्करहरूले गरेको फितलो सुरक्षा व्यवस्था एवं जोखिमपूर्ण यात्राको साधन तथा मार्गले गर्दा बर्सेनि मानव तस्करीको शिकार हुने हजारौं मानिसको दुर्घटनामा ज्यान जाने गरेको छ, हत्या हुने गरेको छ । हजारौं जङ्गलमा हराएका एवं समुद्रमा डुबेको सुनिएको छ । तीन चार सयसम्म मानिस बोक्ने सानो डुङ्गामा एक हजार भन्दा बढी व्यक्ति सवार हुँदा सयौं डुङ्गा समुद्रमा डुबेको सुनिएको छ । यसैगरी एउटा देशको सीमाबाट अर्को देशको सीमामा प्रवेश गर्दा, मालवाहक ट्रकमा समाना सरह कोचिएर बसेको कारण सयौं व्यक्तिको निस्सासिएर मृत्यु भएको पनि सुनिएको छ । लिबिया, सोमालिया र येमन त्यस्ता मुलुक हुन्, जो मानव तस्करीका लागि कुख्यात छन् । यी देशका सरकार मानव तस्करको अगाडि कमजोर छ ।

कुनै पनि नागरिक किन आफ्नो गृह देश परित्याग गरेर अर्को मुलुकमा जान खोज्छ, भन्ने गम्भीर एवं दुःखद विषयको कारण खोज्दा तीन कारण अगाडि देखा पर्छ । १. राम्रो आम्दानी र सरल जीवन यापन, २. राज्यको दमनबाट छुटकारा, र ३. स्थानीय एवं राष्ट्रिय अपराधी एवं अपराधी समूहबाट मुक्ति ।

नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश आदिबाट प्रायः राम्रो आम्दानी एवं सरल जीवन यापनका लागि अर्को देशमा पुग्ने गरेको देखिएको छ । यस्ता देशका नागरिकले गृह त्याग गर्नुको प्रमुख कारण अर्थ वा आम्दानी नै हुन्छ । केवल राम्रो आम्दानी र सरल जीवन पाउने लालसाका कारण पनि ठूलो सङ्ख्यामा नागरिकले अनेक जोखिमको सामना गरेर, ज्यान हत्केलामा लिएर अर्को देश जान गृह देश त्याग गर्दछन् ।

उत्तर कोरिया, अफगानिस्तान, इरान, भेनेजुएला, चीन, सिरिया आदि देशबाट पनि ठूलो सङ्ख्यामा मानव तस्करी हुन्छ । तर यी देशबाट बहिर्गमन गर्ने व्यक्तिहरू गृह देश त्यागेर अन्य मुलुकमा पुग्नुको कारण अर्थ नभएर सुरक्षा हुन्छ । राज्यले चलाएको दमन, मानवाधिकारको हनन, भूmटा मुद्दा आदि जस्ता ज्यान जान सक्ने स्थितिबाट जोगिन पनि ठूलो सङ्ख्यामा मानिस ज्यानको बाजी थापेर गृहदेश त्याग गर्छन् । महिलाहरूलाई शिक्षाबाट वञ्चित गर्ने अफगानिस्तानको तालिबान सरकरको त्रूmरताबाट जोगिन एवं केवल सरकारको विरोध गरेको कारण नागरिकको ज्यानै लिने, इरानको धर्मगुरुको सरकारबाट ज्यान जोगाउनेजस्ता सुरक्षाका कारण पनि गृहदेश त्याग गर्ने इच्छा नहुँदा नहुँदै पनि हजारौंको सङ्ख्यामा नागरिकले गृहदेश त्याग गर्छन् । यसरी गृहदेश त्याग गर्नेहरूले केवल सुरक्षाका लागि गृहदेश त्यागेका हुन्छन् ।

सोमालिया, नाइजेरिया, मालीजस्ता अफ्रिकी देशहरूका तथा अल सल्भाडोर, ग्वाटेमाला, होन्डुरसजस्ता दक्षिण अमेरिकी नागरिक भने गृह देशमा आपराधिक समूहले गर्ने हत्या, हिंसा, लुटपाटबाट जोगिन गृह देश त्याग गर्ने निर्णय गरेको पाइएको छ । उदाहरणका लागि माथि उल्लेख गरिएका देशमा अपराधी समूहहरू सरकारको नियन्त्रण भित्र नरहेका र कतिपय स्थानमा सरकारको उपस्थिति शून्य बराबर भएर ती आपराधिक समूहको नियन्त्रण हुने भएकोले स्थानीयहरू जोखिमपूर्ण स्थितिमा बाँच्न परेको देखिएको छ । आपराधिक समूहबाट ज्यान जोगाउन कतिपयले आफ्नो श्रीसम्पत्ति आदि गृह देशमा छोडेर, जोखिमपूर्ण यात्रा गर्दै अन्य देशमा पुगेको देखिएको छ ।

गृहदेश त्याग गरेर अन्य देशमा गई सुरक्षित जीवन बिताउने उद्देश्य राख्ने गृहदेश त्यागीहरूले सुरक्षित देशको रूपमा संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स, जर्मनी, इटाली आदिलाई गन्तव्य बनाउने गरेका छन् । यी र यस्ता देशहरूले ठूलो सङ्ख्यामा मानव तस्करीका शिकार भएका वा गृहदेश त्याग्नेहरूलाई आफ्नो देशमा शरण दिनुपरेको छ ।

दक्षिण अमेरिका र अफ्रिकाका अनेक देशबाट लाखौंको सङ्ख्यामा मानिस केवल जीउ–ज्यानको सुरक्षाका लागि सदाका लागि गृहदेश परित्याग गर्दछन् । सुरक्षा–चाहना पनि गृहदेश त्यागको एक महŒवपूर्ण कारण हुन पुगेको छ ।

गृहदेश परित्यागको प्रमुख कारण भने व्यक्तिहरूमा राम्रो आम्दानी र सरल जीवन यापनको लालसा नै हो । तर यो मात्र एक कारण हो भन्ने धेरैको बुझाइ सही होइन । राज्यले चलाएको व्यवस्थित एवं सुनियोजित आतङ्कबाट जोगिन पनि ठूलो सङ्ख्यामा मानिस गृहदेश त्याग्न विवश हुन्छन् । यदि उत्तर कोरियाले देशबाट बाहिर जान आफ्नो नागरिकलाई सरल पारिदिने हो भने त्यहाँको त्रूmर शासक र तिनका भरौटेहरूबाहेक लगभग देशका सम्पूर्ण नागरिक गृह देश परित्याग गर्ने थिए । यस्तै स्थिति इरान र अफगानिस्तानमा हुने हो भने ती देशका नागरिक बाढीजस्तो बगेर अर्को देशमा पुग्थ्ये होला । इरान, अफगानिस्तानजस्ता देशहरूमा शासकहरूले धर्मको नाममा राज्य आतङ्क नै मचाएका छन्, आफ्ना नागरिकहरूको जीवन निर्वाह कठिन पारेका छन् ।

मानव तस्करी आधुनिक मानव सभ्यताको ठूलो समस्याको रूपमा देखिएको छ । र यसलाई सजिलै समाप्त गर्न सकिने स्थिति पनि देखिंदैन । तर पनि देशभित्र रोजगारका अवसर सृजना, न्यायिक सरकारको स्थापना र अपराध नियन्त्रण गरेर भने मानव तस्करी समस्या कम पार्न सकिन्छ । आधुनिक युगको यो कलङ्कमा केही मात्रामा भए पनि नियन्त्रण कायम गर्न सकिन्छ ।

नेपालमा केवल रोजगार सृजना मात्र पनि पर्याप्त मात्रामा गर्न सके मानव तस्करी उल्लेख्य किसिमले रोक्न सकिन्छ । एउटा तथ्य के बिर्सन हुँदैन भने नेपालबाट पनि ठूलो सङ्ख्यामा मानव तस्करी हुन्छ, त्यो पनि डरलाग्दोगरी । नेपालबाट ‘तल्लो बाटो’ भनिएकोस अर्थात् मेक्सिको हुँदै अमेरिका पु¥याउने मानव तस्करहरूले धेरै नेपालीलाई ठगेको र त्यसरी नेपालबाट गैरकानूनीरूपमा अमेरिका आउने क्रममा सयौं नेपालीको ज्यान गएको दुःखदायी घटना अनेक छन् । नेपालीहरू मानव तस्करहरूको जालमा नफस्नु र आफ्नै देशमा बस्नु मानव तस्करीको शिकारबाट जोगिने एक उत्तम उपाय हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here