हेल्थ टेक्नोलोजी ब्रान्ड एक्सप्लोरले स्मार्ट ब्रिदिङ टे«निङ डिभाइस एरोफिट प्रोको हलुका संस्करण एयरोफिट एक्टिभ भारतमा लन्च गरेको छ । कम्पनीको भनाइ छ, यो संसारको पहिलो स्मार्ट रेस्पिरेटरी टे«निङ डिभाइस हो । यस डिभाइसबाट दिनमा चार मिनेटको टे«निड्ढो उत्तिकै असर हुन्छ जति कि सातामा दुईपटक ५३ मिनेटको भिओटु (मैक्सिमम रेट अफ अक्सिजन कन्जप्शन) वर्कआउटको रहन्छ । यस डिभाइसको मूल्य भारु ११ हजार ९९० पर्छ । भनिन्छ, यसभन्दा पहिले कम्पनीले पछिल्लो महीना नै एयरोफिट प्रो पेश गरेको थियो, जसबारे दाबी गरिएको थियो कि यो दुनियाँको पहिलो स्मार्ट ब्रिदिङ टे«निङ डिभाइस हो ।

कम्पनीका अनुसार यो डिभाइस सास लिने अन्य पाटोजस्तै, श्वसन शक्तिलाई राम्रो बनाउने, सास थाम्ने क्षमता बढाउने, एनारोबिक थ्रेसहोल्ड र रिलैक्ससेशनमा पनि सहयोगी हुन्छ । एयरोफिट एक्टिभ खेलमा राम्रो प्रदर्शन र सामान्य स्वास्थ्य राम्रो बनाउने उद्देश्यले डिजाइन गरिएको छ । एयरोफिट एक्टिभ एक्सप्लोर लाइफस्टाइलको तर्फबाट बजारमा ल्याइएको एउटा निकै उत्कृष्ट र उपयोगी डिभाइस हो ।

यस डिभाइसद्वारा निकै सजिलो तरीकाबाट टे«निङ गाइडेन्स पाउन सकिन्छ र केवल तीन सेशनमा एउटा खेलाडीले आफ्नो सास लिने विधि र क्षमतामा निकै सुधार गर्न सक्छ । कम्पनीको दाबी छ कि यो डिभाइसको विशेषता भनेको यो डिभाइस सबै प्रकारका खेलका एथलिट र खेलाडीका लाागि उपयोगी छ । खेलाडीले जस्तोसुकै खेल खेल्छ वा निकै बढी मेहनत वा तालीम लिनु छ भने यो डिभाइसको प्रयोग गर्न सक्छन् । यस डिभाइसलाई दिनमा चार मिनेटको तालीमको त्यस्तै प्रभाव हुन्छ जति कि सातामा दुईपटक ५३ मिनेटको भिओटु मैक्स वर्कआउटको हुन्छ ।

यस डिभाइसलाई आफ्नो सहुलियत अनुसार एडजस्ट गर्न सकिन्छ । खेलाडीले आफ्नो क्षमता र सास लिने तरीका अनुसार यस डिभाइसलाई प्रयोग गर्न सक्छ । यसबFहेक आफ्नो पछिल्लो तालीमको तथ्याङ्क पनि यसमा हेर्न सकिन्छ । क्रमगत तालीममा निगरानी राख्नाले खेलाडीले आफ्नो खेल क्षमतामा सुधार गर्न सक्छ । यसको अलावा यो डिभाइस त्यस्ता व्यक्तिको लागि सहयोगी हुन्छ जो खेल खेल्दैन वा एथलिट होइन । यो डिभाइसले तनाव कम गर्छ, निद्राको गुणस्तर राम्रो बनाउँछ र इम्युनिटी पनि मजबुत गर्छ । कम्पनीका अनुसार डिभाइसको उपयोगले भेगस नर्भ पनि सन्तुलित हुन्छ, जसबाट व्यक्तिले राम्रो रिलैक्सेशन प्राप्त गर्न सक्छ । यो डिभाइस त्यस्ता व्यक्तिको लागि महत्वपूर्ण हो जो स्पोर्ट्स इभेन्टबीच आराम गर्न मन पराउँछ साथै आफूलाई तरोताजा पनि महसूस गर्न चाहन्छ ।

एक्सप्लोर लाइफस्टाइलका सिइओ र फाउन्डर पङ्कज बलवानीले भने– अहिलेसम्म यस डिभाइसको प्रदर्शन निकै सन्तोषजनक रहेको छ । एयरोफिट प्रो दुनियाभरिमा ४५ हजारभन्दा बढी एथलिट र सर्वसाधारणद्वारा प्रयोग गरिएको छ । यो डिभाइस प्रयोग गर्नेहरूमा विश्वस्तरका एथलिट र ओलम्पियन पनि सामेल छन् । मलाई विश्वास छ कि हामी एयरोफिट एक्टिभबाट पनि एयरोफिट प्रोसरहको सफलता पाउनेछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here