– विश्वराज अधिकारी
यो प्रश्न सुन्दा जति सामान्य लाग्छ त्यति सामान्य भने छैन। यो एक जटिल र अति नै महत्वपूर्ण प्रश्न हो। यदि यो सामान्य प्रश्न भएको भए संसारका प्रायः सबै राष्ट्र धनी हुन्थे। अफ्रिका र एशियाका निर्धन राष्ट्रहरू पनि धनी राष्ट्रको पङ्Íिमा पर्थे। संसारमा संयुक्त राज्य अमेरिका र युरोपका राष्ट्रहरू मात्र धनी राष्ट्रको श्रेणीमा पर्ने थिएनन्। हुनत अहिले र यो पछिल्लो समयमा आएर चीन पनि एक धनी राष्ट्र हुन पुगेको छ। भारत धनी राष्ट्र हुने दौडमा छ।